गोर्जियस (टेलर स्विफ्टको गीत)

"गोर्जियस" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसन लागि रेकर्ड गराइएको थियो। यस गीतलाई रेपुटेसन एल्बमको एकलको गीतको रूपमा सन् २० अक्टोबर २०१७ मा बिग मेसिन रेकर्डस्द्वारा सार्वजनिक गरिएको थियो। यस गीतले अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १०० मा १३ औँ स्थान र बेलायती आधिकारिक चार्ट कम्पनीमा १५ औँ स्थान ओगट्न सफल भएको थियो। सन् १२ जनवरी २०१८ मा यस गीत चौँथो युरोपेली एकल र रेपुटेसन एल्बमको पाँचौँ एकल गीतको रूपमा सार्वजनिक भएको थियो।

"गोर्जियस"
टेलर स्विफ्टको एकल
सार्वजनिक१२ जनवरी २०१८
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
किसिमपप
लम्बाई:२९
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"न्यु इयर्स डे"
(२०१७)
"गोर्जियस"
(२०१८)
"डेलिकेट"
(२०१८)

पृष्ठभूमि र सार्वजनिक

१३ अक्टोबर २०१७ मा आयोजना गरिएको एक समारोहमा स्विफ्टले उनका विभिन्न देशमा रहेका १००अौँ अनुयायीहरू माझ उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।[१][२] १९ अक्टोबरमा स्विफ्टले आफ्नो व्यक्तिगत इन्टाग्रामा खाता मार्फत रेपुटेसनको नयाँ एकल गीतको रूपमा "गोर्जियस" गीत सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्।[३][४] बिलबोर्डले व्याख्या गरे अनुसार यस गीतको केही भागहरूमा बच्चाको आवाज हालिएको थियो। यस गीतलाई त्यस अर्को दिन बिज्ञापन एकलको रूपमा सार्वजनिक गरिएको थियो र त्यही दिन गीतको सार लेखिएको एक भिडियो पनि प्रसारण गरिएको थियो।[५] यो गीत स्विफ्टले खास गरी उनको प्रेमी जो एलनको सम्बोधनमा लेखेकी हुन्।[६] यस गीतमा बच्चाको आवाज पनि समावेश गराइएको थियो जुन गायक जोम्स रोनल्डकी छोरीको थियो भन्ने कुरा पछि खुलाइएको थियो।[७] जनवरी २०१९ का अनुसार यस गीतको आधिकारिक सार लेखिएको भिडियोले युट्युबमा ९५ मिलियन अवलोकन प्राप्त गरेको छ।

रचना

टेलर स्विफ्टलले यस गीतलाई रेकर्ड निर्माताहरू म्याक्स मार्टिन र सेलब्याकको साझेदारीमा रचना गरेकी हुन्।[८] यस गीतलाई एक पप सङ्गीत गीतको रूपमा वर्णन गरिएको छ। यस गीत मार्फत स्विफ्टले आफ्नो प्रेमीलाई उनको माया र मायाको रुचिको वर्णन गरेकी छन्।[९] युएसए टुडेका मेभ म्याकडेर्मोटका अनसार यस गीतको राखिएको पृष्ठभूमि आवाज केइटी पेरीको केही गीतसँग मिल्दो जुल्दो छ। एलि पत्रिका अनुसार यस गीत एक युवकलाई दर्शाउन खोजिएको छ जुन हाल स्विफ्टका प्रेमी बेलायती अभिनेता जो एलन हुन्।[१०] यस गीत ९२ बिट प्रति मिनेटको अवधिका रचिएको छ जहाँ स्विफ्टको स्वर c३ देखि f५ सम्म फैलिएको छ।[११]

चार्ट प्रस्तुति

संयुक्त राज्यको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १००मा यस गीतले १३अौँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो र त्यसको साथसाथै यस गीतले स्ट्रिमिङ सङ चार्टमा १६.९ मिलियन पटक बजाएपछि चार्टमा १६अौँ ओगट्न सफल भएको थियो भने तात्कालिक समयमा यसले गीतले ६८.००० प्रतिलिपीहरू बिक्री गरेको थियो। यो गीत डिजिटल सङ चार्टमा शीर्ष स्थान हासिल गर्ने स्विफ्टको व्यक्तिगत १४अौँ गीत बनेको थियो।[१२] अस्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा यस गीत ९अौँ स्थानमा आउन सफल भएको थियो।[१३]

बेलायतको आधिकारिक चार्टमा यस गीत १५अौँ स्थानमा आउन सफल भएको थियो।

प्रत्यक्ष प्रस्तुति

स्विफ्टले गोर्जियस गीत क्रमश बि९६ सिकागो र २०१७ पेप्सी जङ्गल बेस गरी दुई छुट्टाछुट्टै कार्यक्रममा ७ डिसेम्बर २०१७ मा पहिलो पटक प्रस्तुति दिएकी थिइन्।[१४] स्विफ्टले लण्डनमा आयोजित जङ्गल बेल २०१७ नाम एक कार्यक्रममा पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१५][१६] यस गीतलाई स्विफ्टले आफ्नो रेपुटेसन विश्व भ्रमणका बेलामा विभिन्न देशका सहरहरूमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१७]

कर्मचारीहरू

  • टेलर स्विफ्ट – स्वर, लेखक र पृष्ठभूमि स्वर
  • म्याक्स मार्टिन – सह- गीतकार, निर्माता, प्रोगामिङ, सामग्री व्यवस्थापन
  • सेलब्याक – रेकर्ड निर्माता, किबोर्ड
  • माइकल एलबर्ट – इन्जिनियर
  • सर्बन गिनि – समायोजन
  • जोन हेन्स – समायोजनमा सहयोग
  • रेन्डि मिरिल – मास्टरिङ

चार्ट

चार्ट (२०१७–१८)शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[१८]
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[१९]३२
बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[२०]
बेल्जियम (अल्ट्राटिप वलोनिया)[२१]१७
 क्यानडा (क्यानडेली हट १००)[२२]
 क्यानडा (क्यानडा हट एसी)[२३]४५
चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[२४]२४
 जर्मनी (आधिकारिक जर्मन चार्ट)[२५]४५
 हङ्गेरी (सिङ्गल टप ४०)[२६]
 हङ्गेरी (प्रवाहित शीर्ष ४० सङ्गीत)[२७]२३
 आयरल्यान्ड (आरआइएमए)[२८]१८
 इटाली (एफआइएमआई)[२९]६६
 जापान (जापान हट १००)[३०]५२
 लेबनान (लेबनान टप २०)[३१]१५
 मलेसिया (आरआइएम)[३२]
नेदरल्यान्ड्स (एकल शीर्ष १०० गीत)[३३]६०
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[३४]१९
 नर्वे (भिजि-लिस्ता)[३५]२८
फिलिपिन्स (फिलिपिन्स हट १००)[३६]१३
 पोर्तगाल (एएफपी)[३७]४०
स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[३८]१२
स्लोभाकिया (एकल डिजिटल टप गीत)[३९]१७
स्लोभेनिया(स्लोटप ५०)[४०]२६
स्वीडेन (टप लिस्टा)[४१]४१
स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[४२]४६
युके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[४३]१५
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[४४]१३

प्रमाणपत्र

देश (कम्पनी)प्रमाणपत्रबिक्री
 अस्ट्रेलिया (एरिया)[४५]प्लेटिनम
७०,०००
 संयुक्त अधिराज्य (बिपिआई)[४६]सिलभर
२००,०००
 संयुक्त राज्य अमेरिका (आआइएए)[४७]गोल्ड
५००,०००

सार्वजनिक इतिहास

क्षेत्रमितिढाँचालेबलसन्दर्भ
विभिन्न२० अक्टोबर २०१७
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ मिडिया
बिग मेसिन
 संयुक्त अधिराज्य१२ जनवरी २०१८समकालीन हिट रेडियो[४८]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड