फिफा महिला विश्वकप

फिफा महिला विश्वकप एक अन्तर्राष्ट्रिय वरिष्ठ महिला फुटबल प्रतियोगिता हो जसलाई विश्व फुटबलको नियमनकारी निकाय (फ्रान्सेली: Fédération Internationale de Football Association) फेदेरास्योँ आन्तानास्योनाल द फुत्बोल आसोस्यास्योँ (फिफा)ले सञ्चालन गर्ने गर्दछ।[२] यस प्रतियोगितालाई सन् १९९१ देखि नियमित रूपमा चार वर्षको अन्तरालमा सञ्चालन गरिएको छ जहाँ यसको पहिलो प्रतियोगितालाई चीनले आयोजना गरेको थियो जसको नाम प्रारम्भिक रूपमा फिफा महिला विश्व प्रतियोगिता राखिएको थियो। प्रतियोगिताको हालको ढाँचा अन्तर्गत, विभिन्न देशका महिला राष्ट्रिय फुटबल टोलीहरू मध्ये २३ वटा राष्ट्रिय टोलीहरूले छनोट खेलहरू मार्फत प्रतियोगितामा प्रवेश गर्दछन् भने अन्तिम २४औँ स्थानमा, आयोजक राष्ट्र स्वचालित रूपमा छनोट हुन्छ।

फिफा महिला विश्वकप
स्थापना१६ नोभेम्बर १९९१; ३२ वर्ष पहिले (१९९१-११-16) (फिफा महिला विश्व प्रतियोगिता)
क्षेत्रफिफा
समूह सङ्ख्या२४
वर्तमान विजेतासंयुक्त राज्य अमेरिका अमेरिका
(४औंँ उपाधि)[१]
सबैभन्दा सफल टोलीसंयुक्त राज्य अमेरिका अमेरिका
(४औँ उपाधि)
वेबसाइटफिफा महिला विश्वकप
२०१९ फ्रान्स

हालसम्म आयोजना गरिएका ८ वटा फिफा महिला विश्वकपलाई ४ वटा देशका राष्ट्रिय फुटबल टोलीहरूले हात पार्न सफल भएका छन्। प्रतियोगिताको सर्वाधिक सफल टोली अमेरिकालाई मानिन्छ जसले हालसम्म यो प्रतियगिताको ४ वटा संस्करण जितेको छ। यस्तै अन्य विजेताहरूमा, २ उपाधिको साथ जर्मनी र एक-एक उपाधिको साथ जापाननर्वे रहेका छन्।[३]

हालसम्म ६ वटा देशहरूले यो प्रतियोगिताको आयोजना गरिसकेकाका छन्। यो फुटबल प्रतियोगितालाई चीन र संयुक्त राज्य अमेरिकाले दुई दुई पटक आयोजना गरेका छन् भने अन्य आयोजकहरूमा, क्यानडा, जर्मनी, फ्रान्स र स्विडेन समावेश छ जसले यो प्रतियोगितालाई एक एक पटक आयोजना गरेका छन्।

इतिहास

महिलाहरूको लागि पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुलाई १९७० मा, इटालीमा भएको थियो जुन फिफा महिला विश्वकप समानको खेल थियो।[४] एक वर्ष पश्चात् यस पछिको अर्को अनौपचारिक खेल, मेक्सिकोमा भएको थियो जहाँ डेनमार्कले आयोजक मेक्सिकोलाई हराउँदै उपाधि हात पारेको थियो।[५][६][७] सन् १९८० को मध्य तिर, मुन्दियालितो (अनुवाद: "सानो विश्वकप") इटालीमा भएको थियो जहाँ यस प्रतियोगिताको ४ संस्करणको लागि आयोजना गरिएको थियो। प्रतियोगिताको उपाधि इटाली र इङ्ल्यान्डले समान दुई दुई पटक जितेका थिए।[८]

धेरै देशहरूले सन् १९७० को दशकमा महिला फुटबल माथिको प्रतिबन्ध हटाएका थिए जसले गर्दा युरोप र उत्तर अमेरिका भरि नयाँ राष्ट्रिय टोलीहरूको स्थापना भएको थियो।[९] पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सन् १९७५ मा एसियामा र युरोप सन् १९८४ मा, आयोजना गरिसकेपछि एलेन विलेले महिला खेल प्रवर्द्धन गर्नका लागि फिफा काङ्ग्रेसबाट अझ राम्रो प्रयास चाहेको घोषणा गरेकी थिइन्।[१०] सन् १९८८ मा चीनमा आमन्त्रित प्रतियोगिताको आयोजना हुने निश्चित भएपछि विश्वव्यापी रूपमा फिफा महिला विश्वकप सम्भाव छ या छैन भन्ने बारेमा यस प्रतियोगितालाई परिक्षणको रूपमा लिइएको थियो जहाँ यसको उपाधि नर्वेले कब्जा गरेको थियो।[११] बाह्र राष्ट्रिय टोलीले यस प्रतिस्पर्धामा भाग लिएका थिए जसमा युरोपेली फुटबल सङ्घका ४, एसियाली फुटबल महासङ्घका ३ र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ, दक्षिण अमेरिकी फुटबल सङ्घ, अफ्रिकी फुटबल सङ्घ र अोसेनिया फुटबल सङ्घका दुई राष्ट्रहरू समावेश थिए। चीन र क्यानडा बीचको प्रतियोगिताको उद्घाटन खेलमा ४५,००० दर्शकहरूले रङ्गशालामा उपस्थित भएका थिए। प्रत्येक खेलमा, २० हजार भन्दा बढी दर्शकलाई आकर्षित गरेको यस प्रतियोगितालाई सफल मानिएको थियो।[१२]युरोपेली विजेता रहेको नर्वेले फाइनलमा स्विडेनलाई १-० ले हराएको थियो भने ब्राजिलले पेनल्टी सुटआउटमा आयोजक राष्ट्र चीनलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो। यो प्रतिस्पर्धालाई सफल मानिएको थियो र ३० जुन फिफाले आधिकारिक महिला विश्वकपको स्थापनालाई अनुमोदन गरेको थियो, जुन सन् सन् १९९१ मा चीनमा पुन: आयोजित हुने वाला थियो।[१३] पहिलो फिफा महिला विश्वकपमा, बाह्र टोलीले सहभागिता दर्ता गरेका थिए। यस पटक संयुक्त राज्य अमेरिकाले फाइनलमा नर्वेलाई २-१ ले हराउँदै पहिलोपटक उपाधि हात पारेको थियो। मिसेल आकर्सले दुई गोल मार्फत अमेरिका विजेता बनेको थियो।

सन् १९९५ को संस्करणमा, आयोजक राष्ट्र स्विडेनले खेलको ढाँचालाई परिवर्तन गर्दै खेलको समयमा विश्राम समयलाई गरेको थियो। तथापि विश्रामलाई पछि, कटौती गर्दै खेल पश्चाच् मात्र दिइने व्यवस्था गरिएको थियो।[१४] समूह चरणमा १७ गोल गर्न सफल भएको नर्वेले सन् १९९५ संस्करणको फाइनल खेलमा, जर्मनीलाई २-० ले पराजित गर्दै उपाधि उचालेको थियो। [१५]

सन् १९९९ को संस्करणमा, चीन र अमेरिका फाइनल खेल प्रवेश गरेका थिए। उक्त खेलमा, अमेरिकी रक्षापङ्क्तिकी खेलाडी ब्रान्डी चास्टाइनले पेनाल्टी मार्फत ऐतिहासिक निर्णायक गोल गर्दै अमेरिकी टोलीलाई उपाधि प्राप्त गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।[१६] रोज बउल रङ्गशालामा भएको फाइनल खेललाई ९०,१८५ दर्शकहरू प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए जुन महिला खेलकुद कार्यक्रमको हालसम्मकै सर्वाधिक ठूलो उपस्थिति हो।[१७]

सन् १९९९ र सन् २००३ को फिफा महिला विश्वकप अमेरिकामा सम्पन्न भएको थियो। सन् २००३ को प्रतियोगितालाई चीनले आयोजना गर्ने भनिएता पनि सार्स (एक प्रकारको रोग) का कारण यसलाई जर्मनीले आयोजना गरेको थियो।[१८] क्षतिपूर्तिको रूपमा, चीन स्वचालित रूपमा प्रतियोगितामा छनोट भएको थियो भने यसले अर्को संस्करण अर्थात् सन् २००७ को फिफा विश्वकपलाई आयोजना गरेको थियो।अक्टोबर २००७ मा गरिएको मतदान स्वरूप, सन् २०११ को फिफा महिला विश्वकपलाई जर्मनीले आयोजना गरेको थियो। सन् २०१५ को फिफा विश्वकपमा, सहभागी १६ टोलीलाई २४ मा वृद्धि गरिएको थियो।

सन् २०१५ फिफा महिला विश्वकपको बेलामा, ब्राजिलकी फोर्मिगो र जापानकी होमारे सावा छैटौँ पटक फिफा महिला विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए जहाँ यस उपलब्धिलाई हालसम्म पुरुष वा महिला खेलाडीले हासिल गर्न सकेका छैनन्। अमेरिकी फुटबल खेलाडी क्रिस्टिना पियर्सले ४० वर्षको उमेरमा विश्वकपमा खेल खेलेकी थिइन्।सन् २०१५ मा, फिफाले सन् २०१९ को फिफा विश्वकपको आयोजनाको जिम्मेवारी फ्रान्सलाई सुम्पेको थियो।[१९]

पारितोषिक

प्रतियोगिताको हालको पारितोषिकलाई सन् १९९८ मा, पहिलो विश्वकपको लागि तयार पारिएको थियो। यसको बनावट घुमाउरो पाराको छ जहाँ फुटबलको प्रतिमा यसको सबैभन्दा माथिल्लो भागमा राखिएको छ। यसले खेलकुद, गतिशीलता र अन्तर्राष्ट्रिय महिला फुटबलको सौर्न्दर्य कब्जा गर्ने लक्ष्य राख्दछ। सन् २०१० मा यसलाई सोलीको आकारको आधारमा पुनर्वनोट गरिएको थियो। यसको तल्लो अथवा आधार भागमा, प्रतियोगिताको प्रत्येक अघिल्लो विजेताको नाम कोरिएको छ। पारितोषिकको उचाई ३७ सेन्टिमिटर (१९ इन्च) रहेको झ भने यसको वजन ३.६ किलोग्राम वा १० पाउन्ड रहेको छ।यसलाई २३-क्यारेटको पहेँलो र सेतो सुन सहित चमकदार चाँदीद्वरा बनाइएको छ भने सन् २०१५ मा, यसको अनुमानित मुल्य ३०,००० अमेरिकी डलर रहेको थियो। यसको विपरीत, पुरुषहरूको विश्वकपको पारितोषिक १८-क्यारेट सुनद्वारा बनाइएको छ जसमा प्रयोग गरिएको मूल्यवान धातुको मूल्य १५०,००० अमेरिकी डलर रहेको छ। प्रत्येक महिला विश्व विजेता टोलीले यसलाई गृह देशमा लैजानका लागि एक नयाँ विजेताको पारितोषिक निर्माण गरिएको छ, जबकि पुरुष प्रतियोगिताको लागि एकमात्र पारितोषिक रहेको छ जसलाई फिफाले आफुसँग सुरक्षित राखेको छ भने फिफाले यस समानको प्रतिकृति पारितोषिकलाई विजेताहरूले गृह देशमा लैजानका लागि अनुमति दिएको छ।

सन् २००७ देखि, विजेताहरूलाई फिफाको तक्माद्वारा सम्मान गरिन्छ जसलाई अर्को प्रतियोगिताको विजेताको निर्णय नभएसम्म विजेता टोलीको वर्दीमा लगाइन्छ।

ढाँचा

छनोट खेल

छनोट प्रतियोगिता ६ फिफा महाद्वीपीय क्षेत्रहरू (अफ्रिका, एसिया, उत्तर, मध्य अमेरिका र क्यारिबियन, दक्षिण अमेरिका, ओसिनिया, युरोप) भित्र आयोजना गरिन्छ, र उनीहरूको सम्बन्धित फुटबल महासङ्घहरूद्वारा आयोजना गरिन्छ। यसको छनोट खेलमा सम्बद्ध सबै सङ्घका राष्ट्रिय टोलीहरू सहभागी हुन्छन्। युरोपेली फुटबल सङ्घका, एसियाली फुटबल महासङ्घ, उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ, दक्षिण अमेरिकी फुटबल सङ्घ, अफ्रिकी फुटबल सङ्घ र अोसिनिया फुटबल सङ्घका राष्ट्रहरूले यसमा भाग लिन पाउनेछन्।फिफाले सङ्घमा आबद्ध टोलीको सापेक्ष बलको आधारमा प्रत्येक महाद्वीपीय क्षेत्रलाई राष्ट्रिय टोलीको सङ्ख्या प्रदान गर्ने निर्णय गर्दछ। आयोजक राष्ट्र प्रतियोगितामा स्वचालित रूपमा छनोट हुन्छ। सन् २०१५ फिफा महिला विश्वकप देखि, प्रवेशीहरूको सङ्ख्यालाई १६ बाट २४ पुर्‍याइएको थि भने यसलाई हाल ३२ मा, वृद्धि गरिएको छ।

अन्तिम प्रतियोगिता

जर्मनी र स्विडेन बीचको खेल, सन् २००३ फिफा महिला विश्वकप

अन्तिम प्रतियोगितामा सामान्यतया १२ देखि २४ राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गर्दछन्। खेलमा, दुईवटा चरण हुन्छ जसमा समूह चरण र निस्कासन चरण समावेश छन्।[२०]

समूह चरणमा टोलीहरूलाई चारवटा समूहमा विभाजन गरिन्छ। टोलीहरू राउन्ड रोबिन प्रणालश्र अन्तर्गत एकअर्कासँग प्रतिस्पर्धा गर्दछन् जहाँ प्रत्येक टोलीको लागि ३ खेल छुट्याइएको हुन्छ। प्रत्येक समूह खेलको अन्तिम चरणमा सबै चार टोलीहरू बीचको निष्पक्षता बचाउन एकै समयमा तालिकाबद्ध गरिएको हुन्छ। सन् २०१५ को संस्करणमा २४ वटा टोलीहरू मध्ये खेलमा जित हासिल गरेका उक्त समूहको पहिलो र दोस्रो टोलीहरूलाई अघिल्लो चरणमा लगिएको थियो। यस चरणलाई निस्कासन चरण भनेर पनि चिनिन्छ जहाँ बाँकी १६ टोलीहरू मध्येका विजेता ८ टोलीहरू क्वाटरफाइनलका लागि छनोट हुन्छन्। सन् १९९४ देखि, एक जीतको लागि ३ अङ्क प्रदान गरिँदै आएको छ जहाँ खेल बराबरी भएमा १ र खेल गुमाएमा कुनै पनि अङ्क प्राप्त हुँद‌न।

प्रत्येक समूहको प्रत्येक टोलीको वरियता निम्न प्रकारले निर्धारण गरिएको छ:

  1. समूह चरणको खेलमा सर्वाधिक अङ्क
  2. समूह चरणको खेलमा सर्वाधिक गोल अन्तर
  3. समूह चरणको खेलमा सर्वाधिक गोल
  4. यदि माथिका मापदण्डहरू लागू गरेपछि कुनै पनि टोलीहरू समान स्तरमा रहन्छन् भने उनीहरूको वरियता निम्न अनुसार निर्धारण गरिन्छ:[२०]

समान स्तरका टोलीहरू बीच प्रतियोगितामा सर्वाधिक अङ्क

    1. समान स्तरका टोलीहरू बीच प्रतियोगितामा सर्वाधिक गोल
    2. समान स्तरका टोलीहरू बीच प्रतियोगितामा सर्वाधिक गोल
  1. यदि माथिका मापदण्डहरू लागू गरेपछि कुनै पनि टोलीहरू समान स्तरमा रहन्छन् भने उनीहरूको वरियतालाई रेखाचित्रले निर्धारण गर्दछ

निस्कासन चरण एकल निस्कासन प्रतियोगिता हो जसमा टोलीहरू एक-अर्कासँग प्रतिस्पर्धा गर्दछन्। आवश्यक भएको खण्डमा अतिरिक्त समय र पेनल्टी सुटआउट्स प्रयोग गरि विजेतालाई निर्धारण गरिन्छ। यो १६ को चरणबाट (दोस्रो चरण वा समूह चरण पछिको चरण) सुरु हुन्छ। यसपछि क्वाटर फाइनल, सेमीफाइनल, तेस्रो स्थानको खेल (सेमीफाइनलमा पराजित भएका टोलीहरू) र फाइनल खेल हुन्छ।[२०]

उपस्थिति

 प्रतिस्पर्धाखेलहरूउपस्थितिस्रोत
 जम्माऔसतउच्च
१९९१ चीन२६५१०,०००१८,३४४६५,०००[२१]
१९९५ स्विडेन२६११२,२१३४,३१६१७,१५८[२१]
१९९९ अमेरिका३२१,२१४,२०९३७,९४४९०,१८५[२१]
२००३ अमेरिका३२६७९,६६४२१,२४०३४,१४४[२१]
२००७ चीन३२१,१९०,९७१३७,२१८५५,८३२[२१]
२०११ जर्मनी३२८४५,७५१२६,४३०७३,६८०[२१][२२]
२०१५ क्यानडा५२१,३५३,५०६२६,०२९५४,०२७[२३]
२०१९ फ्रान्स५२१,१३१,३१२२१,७५६५७,९००[२४]
 अस्ट्रेलिया
 न्युजिल्यान्ड[२५] २०२३
६४घोषणा हुन बाँकीघोषणा हुन बाँकीघोषणा हुन बाँकी

टिप्पणी:

  • सन् २००३ को फिफा महिला विश्वकपलाई चीनले आयोजना गर्ने निर्णय गरिएको थियो तथापि, चीनमा सार्सको महामारी पछि आयोजनाको जिम्मेवार अमेरिकालाई सुम्पिएको थियो।
  • २०१५ फिफा महिला विश्वकपले दर्शको उपस्थितिको आधारमा पुरुष विश्वकपका प्रतियोगिता बाहेकमा अन्य फिफाका प्रतियोगिताहरूलाई उछिन्न सफल भएको थियो।[२३]

आयोजक र नतिजा

#वर्षआयोजकबिजेतागोल अन्तरउप बिजेतातेस्रो स्थानगोल अन्तरचौथो स्थानटिमहरु
१९९१  चीन संयुक्त राज्य अमेरिका२–१ नर्वे स्विडेन४–० जर्मनी१२
१९९५  स्विडेन नर्वे२–० जर्मनी संयुक्त राज्य अमेरिका२–० चीन१२
१९९९  संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका०–० (अ.स)
(५–४ पेना.)
चीन ब्राजिल०–०[A]
(५–४ पेना.)
नर्वे१६
२००३  संयुक्त राज्य अमेरिका जर्मनी२–१ (अ.स) स्विडेन संयुक्त राज्य अमेरिका३–१ क्यानडा१६
२००७  चीन जर्मनी२–० ब्राजिल संयुक्त राज्य अमेरिका४–१ नर्वे१६
२०११  जर्मनी जापान२–२ (अ.स)
(३–१ पेना.)
संयुक्त राज्य अमेरिका स्विडेन२–१ फ्रान्स१६
२०१५  क्यानडा संयुक्त राज्य अमेरिका५–२ जापान इङ्ल्यान्ड१–० (अ.स) जर्मनी२४
२०१९   फ्रान्स संयुक्त राज्य अमेरिका२–०
नेदरल्यान्ड

स्विडेन
२–१
इङ्ल्यान्ड
२४

A अतिरिक्त समयमा खेलाइएन।[२६]

समग्रमा, ३६ राष्ट्रहरूले कम्तिमा एक पटक फिफा महिला विश्वकप प्रतियोगितामा खेल खेलेका थिए जसमध्ये ४ राष्ट्रहरूले यसको उपाधि चुम्न सफल भएका छन्। चौथो उपाधिको अमेरिकी राष्ट्रिय महिला फुटबल टोल सर्वाधिक सफल टोली हो भने यसले प्रत्येक विश्वकपमा खेल्ने लिने एक मात्र राष्ट्र हो। टोली लगातार सन् २०११, सन् २०१५ र सन् २०१९ को उपाधि हात पारेको छ। [२७]

उत्कृष्ट नतिना ल्याउन सफल राष्ट्रहरूको नक्सा

शीर्ष चारमा पुग्ने टोलीहरू

शीर्ष चारमा पुग्ने टोलीहरू
टोलीउपाधिउप-विजेतातेस्रो स्थानचौथो स्थानजम्मा
 संयुक्त राज्य अमेरिका४ (१९९९१, १९९९, २०१५, २०१९)१ (२०११)३ (१९९५, २००३, २००७)
 जर्मनी२ (२००३, २००७)१ (१९९५)२ (१९९१, २०१५)
 नर्वे१ (१९९५)१ (१९९१)२ (१९९९, २००७)
 जापान१ (२०११)१ (२०१५)
 स्विडेन१ (२००३)३ (१९९१, २०११, २०१९)
 ब्राजिल१ (२००७)१ (१९९९)
 चीन१ (१९९९)१ (१९९५)
 नेदरल्यान्ड१ (२०१९)
 इङ्ल्यान्ड१ (२०१५)१ (२०१९)
 क्यानडा१ (२००३)
 फ्रान्स१ (२०११)

प्रसारण र राजश्व

सन् २०१७ सम्म, सन् २०१५ फिफा महिला विश्वकपको फाइनल खेलले अमेरिकामा सर्वाधिक अवलोकनको किर्तिमानी कायम गरेको थियो[२८] जहाँ यसले सोही वर्षको एनबिएको फाइनल र स्टानले कपलाई समेत उछिन्दै २ करोड ३० लाख भन्दा बढी दर्शकहरूलाई आकर्षित गरेको थियो। प्रतियोगिताको इतिहासमा यो, स्पेनी भाषाको सर्वाधिक हेरिएको प्रसारण बन्न सफल भएको थियो।[२९] विश्वव्यापी रूपमा यसलाई ६५ करोड भन्दा बढी दर्शकहरूले प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए।[३०]

सन् २०१५ को संस्करणले ७ करोड ३० लाख राजश्व उत्पन्न गरेको थियो। तुलनात्मक रूपमा, प्रतियोगिताले अनुमानित ६.१ अर्ब अमेरिकी डलर उत्पन्न गरेको थियो।.[३१]

पुरस्कारहरू

प्रत्येक विश्वकपको अन्त्यमा, छनोट गरिएका खेलाडी तथा टोलीहरूका उनीहरूको उपलब्धिका लागि पुरस्कार प्रदान गरिन्छ। हाल ७ वटा विधामा पुरस्कार प्रदान हुने गरेको छ।

  • सुनको भकुण्डो प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ जसलाई विभिन्न मतको आधारमा छनोट गरिन्छ। यसलाई पहिलो पटक सन् १९९१ मा प्रदान गरिएको थियो, चाँदीको भकुण्डोपित्तलको भकुण्डोलाई क्रमशः उत्कृष्ट दोस्रो र तेस्रो खेलाडीलाई प्रदान गरिन्छ।
  • सुनको जुत्ता शीर्ष गोलकर्तालाई प्रदान गरिन्छ यसलाई पनि पहिलो पटक सन् १९९१ मा नै प्रदान गरिएको थियो। चाँदी र पित्तलको जुत्ता क्रमशः दोस्रो र तेस्रो शीर्ष गोलकर्ताहरूलाई प्रदान गरिन्छ।
    • यदि दुई वा सो भन्दा बढी खेलाडीले समान सर्वाधिक गोल गर्छन् भने यसलाई निम्न विधिको प्रयोग गरि उनीहरू मध्ये एक जनालाई छानिन्छ:
      • सर्वाधिक गोल गर्नमा सहयोग।
      • कम समय खेलेको।
  • सुनको पञ्जा खेलको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिन्छ जसलाई फिफाको प्राविधिक अध्ययन समूहले निर्धारण गर्दछ। यसलाई सन् २००७ मा, प्रदान गरिएको थियो।
  • फिफा उत्कृष्ट युवा खेलाडीको पुरस्कार २१ वर्ष भन्दा मुनिको खेलाडीको लागि प्रदान गरिन्छ जसलाई फिफाको प्राविधिक अध्ययन समूहले निर्धारण गर्दछ। यसलाई पहिलो पटक सन् २०११ मा, प्रदान गरिएको थियो।
  • अनुशासित खेल पुरस्कार खेलमा अनुशासित ढङ्गबाट खेल खेल्ने टोलीलाई प्रदान गरिन्छ। यसलाई फिफाले स्थापना गरेको अङ्क प्रणाली अनुसार निर्धारण गरिन्छ। यसलाई पहिलो पटक सन् १९९१ मा, प्रदान गरिएको थियो।
  • उत्कृष्ट टोली, खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको टोलीलाई प्रदान गरिने एक पुरस्कार हो। यसलाई फिफाको प्राविधिक अध्ययन समूहले निर्धारण गर्दछ।
  • सपनाको टोली,फिफा डटकमका प्रयोगकर्ताहरूद्वारा छनोट गरिएको उत्कृष्ट खेलाडीहरू समावेश टोली हो। सन् २०१५ मा, पहिलो पटक यसछनोट गरिएको थियो।

अन्तिम प्रतियोगिताको १ हप्ता पछि, प्रदान गरिने अर्को पुरस्कार:

  • प्रतियोगिताको उत्कृष्ट गोल, प्रतियोगितामा प्रहार गरिएका १२ उत्कृष्ट गोलहरूलाई समावेश गरिन्छ जसलाई फिफा डटकमका प्रयोगकर्ताहरूले छनोट गर्दछन् भने ती मध्ये एक सर्वोत्कृष्ट गोललाई फिफाको वेब प्रवन्धकले छनोट गर्दछन्।

पूर्व पुरस्कार:

  • मनोरञ्जनात्मक टोली पुरस्कार खेलमा सर्वाधिक मनोरञ्जन प्रदान गर्ने टोलीलाई दिइन्थ्यो जसलाई साधारण मतका आधारमा निर्धारण गरिन्छ। यसलाई सन् २००३ र सन् २०९७ मा, प्रदान गरिएको थियो।

किर्तिमानी र तथ्याङ्क

शीर्ष गोलकर्ताहरू

ब्राजिलकी मार्ता सर्व समयकी महिला विश्वकपकी सर्वाधिक गोलकर्ता हुन्।
मार्ता पछिकी जर्मनेली खेलाडी बिर्गित प्रिन्ज सर्वाधिक गोलकर्ता हुन्।
वरियताखेलाडीगोल
मार्ता१७
बिर्गित प्रिन्ज१४
एबी वामबाच
मिसेल आकेर्स१२
क्रिस्तियान११
सन वेेन
बेतिना विगमान

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड