माइक्रोसफ्ट विन्डोज

विकिमिडिया श्रेणी

माइक्रोसफ्ट विन्डोज वा सामान्यतया विन्डोज सञ्चालन प्रणाली एक स्वामित्व चित्रात्मक सञ्चालन प्रणाली परिवारहरूको एक समूह हो, जसलाई अमेरिकी इन्टरनेट निगम माइक्रोसफ्टले विकास तथा र बिक्री गरेको छ। प्रत्येक परिवारले संगणकीय उद्योगको एक निश्चित क्षेत्रको पूरा गर्दछ। सक्रिय माइक्रोसफ्ट विन्डोज परिवारहरूमा विन्डोज एनटी र विन्डोज आइओटी समावेश छन् जसले उप-परिवारहरूलाई समाहित गर्ने काम गर्दछ। निष्क्रिय माइक्रोसफ्ट विन्डोजका परिवारहरूमा विन्डोज ९ एक्स, विन्डोज मोबाइल र विन्डोज फोन समावेश छन्।

माइक्रोसफ्ट विन्डोज
कम्पनी / निर्मातामाइक्रोसफ्ट
श्रोत नमुना
  • बन्द स्रोत
  • स्रोत उपलब्ध
प्रारम्भिक जारी मितिनोभेम्बर 20, 1985; ३८ वर्ष पहिले (1985-११-20), १.० संस्करण (असमर्थित)
हालको संस्करणसन् २००४ (१९०४१.३३१) जुन १८, २०२० (३ वर्ष पहिले) (२०२०-०६-18)
हालको पुर्वावलोकन१०.०.२०१५२ जुन २४, २०२० (३ वर्ष पहिले) (२०२०-०६-24)
बजार लक्ष्यव्यक्तिगत संगणक
उपलब्ध१३८ भाषाहरू[१]
अपडेट तरिका
  • विन्डोज अद्यावधिक
  • विन्डोज समयसापेक्ष अद्यावधिक
  • विन्डोज भण्डार
  • विन्डोज सेवक अद्यावधिक सेवा
प्याकेज म्यानेजरविन्डोज स्थापक [२]
समर्थित प्ल्याटफर्मआइए-३२, एक्स८६-६४, आर्म, आर्म६४
पूर्व: एक्स८६, डेक अल्फा, मिप्स, [पावर पिसी, इटानियम
कर्नेल प्रकार
  • विन्डोज एनटी परिवार: उन्नत
  • विन्डोज सिई: उन्नत
  • विन्डोज ९एक्स र अघिल्लो: अखण्ड (एमएस-डस)
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेसविन्डोज शेल
अनुमतिपत्रव्यापारिक स्वामित्व सफ्टवेयर
आधिकारिक वेबसाइटmicrosoft.com/windows

माइक्रोसफ्टले २० नोभेम्बर १९८५ मा विन्डोज नामको सञ्चालन प्रणालीलाई एमएस-डसको रूपमा प्रस्तुत गरेको थियो। माइक्रोसफ्ट विन्डोजले ९०% बजार साझेदारीका साथ विश्वको व्यक्तिगत सुखाङ्ख्यको बजारमा प्रभुत्व जमाएको थियो जहाँ यसले एप्पलद्वारा सन् १९८४ मा निर्माण गरिएको म्याक (सञ्चालन प्रणाली) लाई उछिनेको थियो।माइक्रोसफ्टले लिसा र म्याकिन्तोस जस्ता सञ्चालन प्रणालीमा लागू गरिएको चित्रात्मक प्रयोगकर्ता दृश्यचित्रलाई एप्पलले अनुचित अतिक्रमणको संज्ञा दिएको थियो, तथापि, उक्त मुद्दाको फैसला माइक्रोसफ्टको पक्षमा भएको थियो। व्यक्तिगत सुशाङ्ख्यहरूमा, विन्डोज हाल पनि सबैभन्दा लोकप्रिय सञ्चालन प्रणाली हो। यद्यपि एन्ड्रोइड स्मार्टफोनको बिक्रीमा ठूलो वृद्धि भएका कारण सन् २०१४ मा, माइक्रोसफ्टले एन्ड्रोइडले सञ्चालन प्रणाली बजारको अधिकांश भाग कब्जा गरेको स्वीकार्य गरेको थियो। सन् २०१४ मा, बिक्री भएको विन्डोज उपकरणहरूको सङ्ख्या बिक्री भएको एन्ड्रोइड उपकरणहरूको भन्दा २५% ले कम रहेको थियो। दुई सञ्चालन प्रणालीहरू परम्परागत रूपमा फरक फरक मञ्चहरूलाई लक्षित गर्ने हुँदा यो तुलना, यद्यपि पूर्ण रूपले प्रासङ्गिक नहुन सक्छ। अझै, विन्डोजको सर्भर प्रयोगको तथ्याङ्कले (जुन प्रतियोगीहरूसँग तुलनात्मक छन्) यस सञ्चालन प्रणाली तेस्रो स्थानमा रहेको देखाउँदछ।

फेब्रुअरी २०२० सम्म, व्यक्तिगत सुशाङ्ख्य, ट्याबलेट र अन्य उपकरणहरूको लागि विन्डोजको सबैभन्दा भर्खरको संस्करण विन्डोज १० हो। सर्भर कम्प्युटरहरूको सबैभन्दा नयाँ संस्करण विन्डोज सर्भरको संस्करण १९०८ हो।

बजार साझेदारी र बिक्री

बजार साझेदारीको अवलोकन
डेस्कटपको आधारमा, नेट एप्लिकेसन्स [३]र स्ट्याट्सकाउन्टरको प्रतिशत[४]। मार्च २०२० को तथ्याङ्क।

मोबाइल बजार साझेदारी संयुक्त संस्करणमा धेरै कम अर्थात् ०.१% मुनि रहेको छ।[५][६]

डेस्कटक सञ्चालन प्रणालीनेट एप्लिकेसन्सस्ट्याट्सकाउन्टर
पुरानो संस्करणहरू०.००%०.०३%
विन्डोज एक्सपी१.२३%१.०७%
विन्डोज भिस्टा०.११%०.४३%
विन्डोज ७२६.२३%१६.३५%
विन्डोज ८०.६२%०.९२%
विन्डोज ८.१३.६९%३.४७%
विन्डोज १०५७.३४%५४.७३%
सबै संस्करणहरू८९.२२%७७.१०%

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:सञ्चालन प्रणाली

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड