रेड (टेलर स्विफ्टको गीत)

"रेड" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन स्विफ्टको चौँथो स्टुडियो एल्बम रेड लागि रेकर्ड गराइएको थियो। यो गीत २ अक्टोबर २०१२ का दिन संयुक्त राज्य अमेरिकामा बिग मेसिन रेकर्डस् द्वारा रेडको दोस्रो प्रचारक एकलको रूपमा सार्वजनिक गरिएको थियो भने यो गीत २१ जुन २०१३ का दिन रेड साङ्गीतिक सङ्गालको पाँचौँ एकलको रूपमा सार्वजनिक गरिएको थियो।[१] यस गीतलाई लोक र पप गीतको श्रेणीमा समायोजन गरिएको छ।

"रेड"
टेलर स्विफ्टको एकल
सार्वजनिक२१ जुन २०१३ (2013-06-21)
ढाँचा
  • सिडी एकल
  • डिजिटल डाउनलोड
स्टुडियो८ सेप्टेम्बर २०११ (2011-09-08)
किसिम
  • कन्ट्रि सङ्गीत
लम्बाई:४०
लेबलबिग मेसिन
गीतकार(हरू)टेलर स्विफ्ट
रेकर्ड निर्माता(हरू)
  • ड्यान हफ
  • नेथन च्यापमेन
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"हाइवे डण्ट केयर"
(२०१३)
"रेड"
(२०१३)
"एभ्रिथिङ ह्याज चेञ्ज्ड"
(२०१३)
साङ्गीतिक भिडियो
"रेड" युट्युबमा हेर्नुहोस्

यश गीतले सङ्गीत विश्लेषकहरू द्वारा ध्रुवीकरण समीक्षा प्राप्त गरेको थियो। यो गीत संयुक्त राज्य अमेरिकाको आधिकारिक सङ्गीत तालिका बिलबोर्ड हट १००मा शीर्ष ७ मा पर्दै तालिका प्रवेश गरेको थियो र हट डिजिटल सङको तालिकामा शीर्ष स्थानमा पर्ने सफल भएको थियो। संयुक्त राज्यको हट कन्ट्रि सङको तालिकामा पनि यो गीत दोस्रो स्थानमा रहेको थियो। [२] यस गीत १२५ बिट प्रति मिनेटको अवधिका रचिएको छ जहाँ स्विफ्टको स्वर F♯३ देखि C♯५ सम्म फैलिएको छ।

साङ्गीतिक श्रव्य दृश्य

यस गीत आधिकारिक साङ्गीतिक श्रव्य दृश्य ३ जुन २०१३ का दिन स्विफ्टको आधिकारिक युट्युब मार्फत सार्वजनिक गरिएको थियो।[३] यस श्रव्य दृश्यमा स्विफ्टको साङ्गीतिक सङ्गालो रेडको विभिन्न स्थानहरूमा कैद गरिएको दृश्यहरू समावेश छन् जहाँ स्विफ्टको गीतहरूको प्रत्यक्ष अवलोकन गर्नका लागि मानिसहरू जम्मा हुन्छन् र भने उक्त भीडको आवाज गीतको पृष्ठभूमिमा राखिएको छ। अगष्ट २०१९ का अनुसार यश गीतलाई युट्युबमा १६९ मिलियन दर्शकहरूले हेरेका छन्। [४]

प्रत्यक्ष प्रस्तुति

यो गीत रेड विश्व भ्रमणका बेला सूचीको तेस्रो गीतको रूपमा प्रदर्शन गरिएको थियो। यस गीतलाई कोलम्बस र पासाडेनामा क्रमशः १९८९ विश्व भ्रमण र रेपुटेसन विश्व भ्रमणका बेला आश्चर्यजनक गीतहरूको रूपमा प्रस्तुत गरिएको थियो। ९ सेप्टेम्बर २०१९ मा स्विफ्टले यो गीतलाई फ्रान्सको पेरिसमा आयोजित एक कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। [५]

पुरस्कार

वर्षसंस्थापुरस्कार/कार्यनतिजासन्दर्भ
सन् २०१४सिएमटी सङ्गीत पुरस्कारवर्षको उत्कृष्ट महिला साङ्गीतिक श्रव्य दृश्यमनोनित[६]
वर्षको उत्कृष्ट साङ्गीतिक श्रव्य दृश्यमनोनित
बिएमआई पुरस्कारवर्षको उत्कृष्ट प्रकाशकविजयी[७]
शीर्ष ५० गीतका लागि सङ्गीत पुरस्कारविजयी

सङ्गीत तालिका

साप्ताहिक तालिका

तालिका (सन् २०१२–१३)शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[८]३०
 क्यानडा (क्यानडेली हट १००)[९]
 क्यानडा (क्यानडा कन्ट्री)[१०]१७
 फ्रान्स (एसएनइपी)[११]१०३
 आयरल्यान्ड (आयरल्यान्डेेेली एकल तालिका)[१२]२५
 जापान (जापान हट १००)[१३]४३
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[१४]१४
 स्पेन (प्रो म्युजिक)[१५]४६
युके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[१६]२६
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१७]
 संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)[१८]
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[१९]

वर्ष-समाप्ति तालिका

तालिका (सन् २०१३)स्थान
 संयुक्त राज्य अमेरिका हट कन्ट्र सङ (बिलबोर्ड)[२०]४४
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[२१]४३
तालिकम (सन् २०१४)स्थान
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[२२]९९

प्रमाणपत्र

देशहरूप्रमाणपत्रबिक्री
 अस्ट्रेलिया (एरिया)गोल्ड
[२३]
+ ३५,०००
 जापान (आरआइएजे)गोल्ड

[२४]

+ १,००,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए)२× प्लेटिनम

[२५]

+ २०,००,०००

सार्वजनिक इतिहास

देशमितिढाँचालेबल
 संयुक्त राज्य अमेरिका२ अक्टोबर २०१२[२६]डिजिटल डाउनलोडबिग मेसिन रेकर्ड्स
२४ जुन २०१३[२७]कन्ट्रि रेडियो

सन्दर्भ सामग्री

बाह्य कडीहरू

  • छेलर स्विफ्टको आधिकारिक जाल स्थल: एकल, (शब्द सहित)
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड