विकिपिडिया:हटक्याट

हटक्याट एउटा जाभास्क्रिप्ट प्रोग्राम हो । यसको प्रयोग गरेर दर्ता भएका प्रयोगकर्ताहरूले सजिलैसँग विकिपिडियाका लेखहरूको श्रेणीलाई हटाउन, परिवर्तन गर्न तथा जोड्न सक्दछन् । यस प्रोग्रामले श्रेणीकरण गर्दा स्वत: सुझाव समेत दिने गर्छ ।

हटक्याट प्रयोग गर्दाको उदाहरण

कसरी सुचारू गर्ने

यो उपकरणको प्रयोगको लागि सर्वप्रथम तपाईंले आफ्नो खाता प्रवेश गरेको हुनुपर्छ ।हटक्याटलाई सुचारु अथवा बन्द गर्न पहिले तपाईंले आफ्नो खातामा प्रवेश गर्नु पर्ने हुन्छ । त्यस पश्चात तपाईंले माथिल्लो छेउमा मेरा अभिरुचिहरूमा क्लिक गरेर त्यहाँ उपकरणहरू भन्ने बक्समा क्लिक गर्नुपर्नेछ । त्यहाँ तपाईंले तल्लो भागको सम्पादनको बिचमा हटक्याट देख्नु हुनेछ । चेक बक्समा क्लिक गरेर अब तपाईंले त्यसलाई सुचारु अथवा बन्द गर्न सक्नुहुनेछ । अब तपाईंले संग्रह बटनमा क्लिक गरेर त्यसलाई सुरक्षित गर्नसक्नुहुनेछ । सुरक्षित गरिसके पश्चात एउटा हरियो तपाईंको अभिरुची संग्रह भएको छ भनेर सूचना आउनेछ । अब तपाईंले यसको प्रयोग लेखहरूमा गर्न सक्नुहुनेछ ।

कसरी प्रयोग गर्ने

कुनै पनि लेख पूर्णरुपले खुलिसकेपछी, हटक्याट स्वत: श्रेणी तिर लम्किन्छ । यदि त्यो लेखमा श्रेणी बनेको छ भने हटक्याटले सजिलै श्रेणीलाई हटाउन, परिवर्तन गर्न तथा जोड्न सक्छ । हटक्याट पेजको सबैभन्दा मुनी हुन्छ ।

नयाँ लिङ्कहरू निम्न हुनेछ:

  • "(−)" श्रेणी पछी: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: मेटिन्छ ।
  • "(±)" श्रेणी पछी: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: परिमार्जित गर्ने गरि खुल्छ ।
  • "(+)" अन्ततिर श्रेणीको सुचीमा: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: जोड्ने गरि खुल्छ ।
  • "(++)" अगाडी तिर: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: जोड्ने,मेट्ने वा परिमार्जित गर्ने गरि खुल्छ ।

यदि हटक्याटले कुनै श्रेणी स्वत: पहिचान गर्न सकेन भने तपाईंले त्यसको निर्माण गर्न सक्नुहुनेछ ।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड