हिमाल

हिमाल एकप्रकारको भूबनोट हो जुन सीमित परिधि भित्र वरपरको क्षेत्र भन्दा अग्लो हुन्छ। हिमाल प्राय गरेर डाँडा (hill) भन्दा बढि भिरालो हुन्छ। हिमाल र डाँडाको बिचमा अन्तर छुट्याउने खासै कुनै सर्वमान्य तरिका त छैन तर धैरेजसो हिमालहरू अग्ला शिखरहरूका कारण सजिलै छुट्टिने गर्दछन्। हिमालले एसिया महादेशको ५४%, उत्तर अमेरिकाको ३६%, युरोपको २५%, दक्षिण अमेरिकाको २२%, अष्ट्रेलियाको १७% र अफ्रिकाको ३% क्षेत्र ओगटेको छ। संसारमा १० मध्ये एक जना मानिस हिमाली क्षेत्रमा बसोबास गर्दछ। संसारका धेरैजसो ठुला नदीहरूको मुहान हिमाली क्षेत्रमा भेटिन्छन्। त्यस्तै संसारको आधा जसो जनसङ्ख्याको मुख्य पानीको स्रोतको लागि हिमाली क्षेत्रमा निर्भर छन्।

सगरमाथा तथा हिमालय हिमाली शृङ्खला

उचाइ

सामान्यतया हिमालहरूको उचाइ समुन्द्र सतहबाट नाप्ने गरिन्छ। हिमालयको औसत उचाइ समुन्द्र सतहबाट ५,००० मिटर छ भने एण्डिजको ४,००० मिटर। धेरैजसो हिमाली शृङ्खलाको औसत उचाइ २,००० देखि २,५०० मिटर सम्म हुन्छ। संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा हो जुन ८,८४८ मिटर अग्लो छ र यो संसारको सबैभन्दा अग्लो हिमाली शृङ्खला हिमालयमा पर्दछ।

हिमालको उचाइ समुन्द्र सतहबाट बाहेक अन्य तरिकाले पनि नाप्न सकिन्छ। एउटा तरिका हो, पृथ्वीको केन्द्रबाट कुनैपनि हिमालको टाकुरो सम्मको दूरी। पृथ्वीको केन्द्रबाट नाप्दा भूमध्य रेखाको नजीकै परेका हिमालहरू अग्ला हुन जान्छन् किनभने पृथ्वीको केन्द्रबाट भूमध्य रेखा अन्य क्षेत्र भन्दा टाढा पर्दछ। त्यसैले यो तरिकाले नाप्दा भूमध्य रेखाको नजीकै पर्ने ईक्वेडोरको चिम्बेराजो सबैभन्दा अग्लो हुन जान्छ। त्यस्तै हिमालको आफ्नो आधारबाट टाकुरो सम्म नाप्दा हवाई स्थित माउना केआ सबैभन्दा अग्लो हुन जान्छ। यसरी नाप्दा यसको उचाइ ९,००० मिटर भन्दा बढि हुन्छ। तर यसको धेरैजसो भाग प्रशान्त महासागरमा डुबेको छ।यसरि नइ नेपाळ

चित्र दिर्घा

हिमाली जन जीवन

सम्बन्धित लेखहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड