अनुष्का शेट्टी

भारतीय चलचित्र अभिनेत्री

स्वीटी शेट्टी (जन्म ७ नोभेम्बर १९८१), उनको मञ्च नाम अनुष्का शेट्टीद्वारा परिचित, एक भारतीय चलचित्र अभिनेत्री र मोडल हुन् जो मुख्य रूपमा तेलुगुतमिल चलचित्र उद्योगहरूमा काम गर्छिन्। उनले धेरै पुरस्कार प्राप्त गरिसकेकी छिन्, जसमा तीन सिनेमा पुरस्कार, एक नन्दी पुरस्कार, तमिलनाडु राज्य चलचित्र पुरस्कार र आठ नामाङ्कनहरूबाट तीन फिल्मफेयर पुरस्कार समावेश छन्। अनुष्का भारतमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री हुन्[३] र उनलाई लोकप्रिय रूपमा "दक्षिण भारतीय सिनेमाको लेडी सुपरस्टार" भनेर चिनिन्छ।[४][५][६][७]

अनुष्का शेट्टी
Anushka Shetty
सन् २०१३ मा शेट्टी
जन्मस्वीटी शेट्टी[१]
(1981-11-07) ७ नोभेम्बर १९८१ (उमेर ४२)[२]
पुत्तुर, कर्नाटक, भारत
मातृ शिक्षाप्रतिष्ठानमाउन्ट कार्मेल कलेज, बेङ्गलोर
पेशाअभिनेत्री
कार्यकालसन् २००५–वर्तमान
हस्ताक्षर

उनले सन् २००५ को तेलुगु चलचित्र 'सुपर'बाट अभिनयको सुरुवात गरेकी थिइन्, जसले उनलाई फिल्मफेयर सर्वश्रेष्ठ सहायक अभिनेत्री – तेलुगु नामाङ्कन दिलाएको थियो। अर्को वर्ष, उनले एसएस राजामौलीको 'विक्रमारकुडु'मा अभिनय गरेकी थिइन्, जुन एक प्रमुख व्यावसायिक सफलता भएको थियो। उनका थप चलचित्रहरू 'लक्ष्यम' (सन् २००७), 'सौर्यम' (सन् २००८) र 'चिन्तकयला रवि' (सन् २००८) पनि बक्स अफिसमा सफल थिए। सन् २००९ मा, शेट्टीले डार्क फ्यान्टसी 'अरुन्धती'मा दोहोरो भूमिका खेलेकी थिइन्, जसले उनलाई आलोचनात्मक प्रशंशा र धेरै पुरस्कारहरू दिलाएको थियो, जसमा उनको पहिलो सर्वश्रेष्ठ अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार - तेलुगु, सर्वश्रेष्ठ अभिनेत्रीको लागि नन्दी पुरस्कार र सर्वश्रेष्ठ अभिनेत्रीको लागि सिनेमा पुरस्कार समावेश छ। अर्को वर्ष, प्रशंसित नाटक 'वेदम'मा एक वेश्याको चित्रणको लागि शेट्टीले सर्वश्रेष्ठ अभिनेत्रीको लागि लगातार दोस्रो फिल्मफेयर र सिनेमा पुरस्कार जितेकी थिइन्।[८] चलचित्रहरूको शृङ्खलाको सफलतापछि, उनले आफूलाई तेलुगु सिनेमाको अग्रणी अभिनेत्रीको रूपमा स्थापित गरेकी छिन्।[९]

प्रारम्भिक जीवन

कर्नाटकको मङ्गलोरमा जन्मेकी, अनुष्का जातीय तुलुवा हुन् जो 'बेलिपडी उरमालु गुथु' परिवारबाट हुन्।[१०] उनका आमा बुबा प्रफुल्ल र ए.एन. विट्टल शेट्टी हुन्।[१०] उनका दुई भाईहरू गुणरञ्जन शेट्टी र साई रमेश शेट्टी छन् जो कस्मेटिक सर्जन हुन्।[१०] अनुष्काले आफ्नो स्कूली शिक्षा बेङ्गलोरमा र उनको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन माउन्ट कार्मेल कलेज, बेङ्गलोरमा गरेकी थिइन्। उनी भरत ठाकुरको नेतृत्वमा एक योग प्रशिक्षक पनि थिइन्।[११]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड