उदारवाद
उदारवाद मनुष्यलाई विवेकशील प्राणी मान्दै सामाजिक संस्थाहरूलाई मानिसहरूको सूझबूझ र सामूहिक प्रयासको परिणाम मान्ने विचारधारा हो। उदारवादको उत्पति १७औँ शताब्दीको प्रारम्भबाट देखिन्छ। जन लकलाई उदारवादको जनक मानिन्छ। प्रारम्भिक सिद्धान्तकारहरूमा एडम स्मिथ र जेरमी बेन्थमको नाम विशेष रूपबाट उल्लेखनीय छ।[१]
उदारवाद स्वाधीनता, कानुनी राज्य र विधिक समानता मा आधारित एक राजनैतिक तथा नैतिक दर्शन हो। [२][३][४] उदारवादले सिमित सरकार, व्यक्तिको आधारभूत अधिकार (नागरिक तथा मानव अधिकार सहित ) पूँजीवाद, स्वतन्त्र व्यापार , खुला बजार, प्रजातन्त्र,धर्मनिरपेक्षता, लैङ्गिक समानता, अभिव्यक्तिको स्वतन्त्रता , प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रतालाई समर्थन गर्छ। [५][६][७][८][९][१०][११]पहेँलो उदारवादसँग जोडिएको राजनैतिक रङ हो। [१२][१३][१४]
१६८८ को गौरवपूर्ण क्रान्ति,[१५] १७७६ को अमेरिकी क्रान्ति र १७८९ को फ्रान्सेली राज्यक्रान्तिका नेताहरूले तानाशाही अत्याचार र थिचोमिचो विरुद्ध ससस्त्र विद्रोहलाई उचित सिद्ध गर्न उदारवादी दर्शनको प्रयोग गरेका थिए। उदारवाद द्रुत गति मा फैलन मुख्यतः फ्रान्सेली राज्य क्रान्तिपछि सुरु भयो। १९ औँ शताब्दीमा युरोप र ल्याटिन अमेरिकी राष्ट्राहरूमा उदारवादी सरकारहरू देखा परे।
शाब्दिक अर्थ तथा परिभाषा
दर्शन
मुख्य सार
शाष्त्रिय तथा आधुनिक
उदार आर्थिक सिद्धान्त
उदार महिलावादी सिद्धान्त
सामाजिक उदार नीति
अराजक पूँजीवादी सिद्धान्त
इतिहास
आलोचना तथा समर्थन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन को फाइनान्सियल टाइम्स को रिपोर्ट अनुसार ,"उदारवाद अप्रयुक्त भैसकेको छ।" उनले विश्वका धेरै मानिसहरू बहुसंस्कृति, आप्रवास र द्वियौनिकता मानिसहरूको हक अधिकारको विरुद्ध रहेको दाबी गरे। [१६]