एट्लेटिको म्याड्रिड

क्लुब आत्लेतिको दे माद्रिद (स्पेनी: Club Atlético de Madrid) वा सामान्यतया आत्लेतिको माद्रिद, एक बहुचर्चित स्पेनी फुटबल क्लब हो। क्लब स्पेनको राजधानी माद्रिदमा आधारित छ। यो क्लब स्पेनी फुटबलको प्रथम दर्जाको फुटबल लिग ला लिगामा प्रदर्शन गर्दछ। क्लबको गृह मैदान माद्रिदको इस्तादियो मेत्रोपोलितानो हो जसको दर्शक क्षमता ६८,४५६ रहेको छ।[२] यसको स्थापना २६ अप्रिल १९०३ मा भएको थियोे।[७]

आत्लेतिको दे माद्रिद[१]
पुरा नामक्लुब आत्लेतिको दे माद्रिद
उपनाम(हरू)
  • Los Colchoneros
  • Los Rojiblancos
स्थापना26 अप्रिल 1903; १२० वर्ष पहिले (1903-०४-26) Athletic Club Sucursal de Madridको रूपमा
मैदानवान्डा मेट्रोपोलिटानो
मैदान क्षमता६८,४५६[२]
मालिकमिगुयल एन्जेल गिल मारिन[३] (५१%)
इदान ओफर (३०%)
एनरिके सेरिजो (१९%)[४][५][६]
प्रमुखएनरिके सेरिजो
मुख्य प्रशिक्षकदिएगो सिमओन
लिगला लिगा
सन् २०२०–२१ला लिगा, प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

यो सबैभन्दा धेरै पुरस्कार प्राप्त गर्ने स्पेनी फुटबल क्लबहरू मध्ये एक हो।[८] यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ३० वटा भन्दा उपाधिहरू जित्न सफल भएको छ। सन् १९२९ को ला लिगाको उद्घाटन संस्करणको देखि यसले लगातार सहभागिता जनाउँदै आएको छ।[९] घरेलु प्रतियोगिताको उपाधिको कुरा गर्ने हो भने यसले हाल सम्म १० पटक ला लिगाको उपाधि जित्न सफल भएको छ। यो बार्सेलोना र रेआल माद्रिद पछिको सबैभन्दा सफल स्पेनी क्लब हो।[१०] राष्ट्रिय कप प्रतियोगिता कोपा देल रेमा यसले ला लिगाको समान १० पटक उपाधि जित्न सफल भएको छ भने यो उक्त प्रतियोगितामा ९ पटक फाइनलमा पुगेको थियो। लिग र कप गरी बीस राष्ट्रिय उपाधि जित्नुको बाहेक, क्लबले दुई पटक स्पेनी सुपर कप उपाधि जितेको छ।[११]

महादेशीय स्तरमा यो शीर्ष आठ सबैभन्दा सफल युरोपेली टोलीहरू मध्ये एक हो।[१२]क्लबले युइएफए च्याम्पियन्स लिगमा १४ पटक सहभागी भई प्रतिस्पर्धा गरिसकेको छ। यसले सन् १९६२ मा, युरोपेली कप विनर्स कप जितेको थियो भने यसले सन् १९६२ र सन् १९६३ मा, उक्त प्रतियोगिताको उप विजेता बनेको थियो।[१३] क्लब बहुप्रतिष्ठित युइएफए च्याम्पियन्स लिगमा ३ पटक वा सन् १९७४, सन् २०१४ र सन् २०१६ मा उप विजेता बनेको थियो तथापि, यसले हालसम्म उक्त प्रतियोगिताको विजेता भने बन्न सकेको छैन। यसले सन् २०१०, सन् २०१२ र सन् २०१८ मा, युरोपेली फुटबल महासङ्घको दोस्रो दर्जाको क्लब स्तरीय फुटबल प्रतियोगिता युइएफए युरोपा लिगको उपाधि जित्न सफल भएको छ।[१४][१५][१६][१७] यसले सन् २०१०, सन् २०१२ र सन् २०१८ मा युइएफए सुपर कप जितेको थियो भने यसले सन् १९७४ मा अन्तरमहादेशीय प्रतियोगिताको उपाधि पनि जितेको थियो।

क्लबको वर्तमान महिला महिला टोलीले हाल स्पेनी महिला फुटबलको प्रथम दर्जाको लिग प्रिमियरा दिभिसन फिमिनिनामा प्रतिस्पर्धा गर्दछ।[१८] क्लबको महिला टोली सबैभन्दा सफल टोलीहरू मध्ये एक हो। यसले उक्त प्रतियोगिता सन् १९८९–९० मा आत्लेतिको बिला दे माद्रिदको रूपमा जितेको थियो। उक्त टोलीले सन् २०१६–१७, सन् १०१७–१८, र सन् २०१८–१९ मा गरी चार पटक यस प्रतियोगिता जित्न सफल भएको थियो भने यसले सन् २०१५–१६ संस्करणको कोपा दे ला रेइना दे फुतबलको उपाधि पनि जितेको थियो। [१९][२०]

सामाजिक स्तरमा, योसँग हाल १,२०,००० भन्दा बढी सदस्यहरू रहेका छन्।[२१] जुन २०१४ को एक सर्वेक्षण अनुसार प्रशंसक स्तरमा, यो स्पेनका धेरै समर्थकहरू सहित तेस्रो फुटबल क्लब हो।[२२] खेलकुद तहमा यो युरोपको पहिलो समूहमा सूचीबद्ध छ। १८ मार्च २०२० को युइएफए गुणाङ्कहरूको वर्गीकरणमा यो दोस्रो स्थानमा रहेको छ। [२३][२४]आर्थिक हिसाबले यो युरोपेली क्लबहरूको सूचीमा १३औँ औँ स्थानमा रहेको छ र प्रति संस्करण यसले ३० करोड ४४ लाख ४ हजार युरो कमाउँदछ।[२५]

इतिहास

लिग विवरण

उपाधिहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड