कालिदास

संस्कृत भाषाका कवि र नाटककार

कालिदास ("कालीको दास" संस्कृत: कालिदास) संस्कृत भाषाका सबैभन्दा महान् कविनाटककार थिए। कालिदासको शाब्दिक अर्थ "कालीको सेवक" भन्ने बुझिन्छ। कालिदास शिवका पनि भक्त थिए। उनले पौराणिक कथाहरू र दर्शनलाई आधार मानेर रचनाहरू गरेका छन्। कलिदास आफ्नो अलंकार युक्त सुन्दर, सरल र मधुर भाषाका लागि विशेष रूपले जानिन्छन्। उनको ऋतु वर्णन अद्वितीय मानिन्छ। उनका उपमाहरू अनुपम छन्। सङ्गीत तिनको साहित्यको प्रमुख अङ्ग छ र रसको सृजन गर्नमा तिनको कुनै उपमा छैन। उनले आफ्नो शृंगार रस प्रधान साहित्यमा पनि साहित्यिक सौन्दर्यका साथ साथ आदर्शवादी परम्परा र नैतिक मूल्यहरूको समुचित ध्यान राखेका छन्। तिनको नाम अमर छ र तिनको स्थान वाल्मीकि र व्यासको परम्परामा हो। उनी द्वारा लेखिएको कविता तथा नाटकहरू कहिले लेखिएको यकिन नभएता पनि पाँचौ शताब्दीमा लेखिएको अनुमान गर्न सकिन्छ।[१]

कालिदास
कालिदास
कालिदास
जन्मचौथौ शताब्दी
मृत्युपाँचौ शताब्दी
गुप्त साम्राज्य, अनुमानित उज्जैन अथवा श्रीलङ्कामा
पेशाकविनाटककार
राष्ट्रियताभारतीय
विधासंस्कृत नाटक, शास्त्रीय साहित्य
विषयमहाकाव्य, हिन्दु पुराण
उल्लेखनीय कार्यहरूअभिज्ञान शाकुन्तलम्, रघुवंशम्, मेघदूतम्, विक्रमोर्वशीयम्, कुमारसंभवम्
जीवनसाथीपौराणिक कथा अनुसार उनको विवाह एक राजकुमारी सँग भएको थियो जसको नाम विद्योतमा रहेको थियो।

प्रारम्भिक जीवनी

पूर्वीय संस्कृत महाकाव्यको विकास क्रममा महाकवि कालिदास दोस्रो चरणका कलात्मक महाकाव्य परम्पराका विशिष्ट प्रतिभा हुन्। प्राचीन महाकाव्यकारहरू मध्ये यिनको अति उच्च स्थान रहेको देखिन्छ। यिनको समय र जीवनीका बारेमा विभिन्न विद्वान्का विभिन्न मतहरू पाइन्छन्। ती मतमध्ये अधिकांश विद्वानहरूले इसाको चौथो शतब्दीको उत्तरार्धमा कालिदासको जन्म भएको बताएका छन् र यही मत नै उपयुक्त मानिएको छ। ए. बी. किथ, पं.महावीरप्रसाद द्विवेदी र डा. रमाशङ्कर त्रिपाठी आदि विद्वानहरूले चौथो शताब्दी नै कालिदासको समय रहेको प्रमाणित गरेका छन्।[२]। इसाको ४७२ तिरको शिला लेखमा कालिदासको नाम अङ्कित भएको हुनाले यो मत प्रामाणिक देखिन्छ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड