पुराण

ब्रह्म पुराणहरू

  1. ब्रह्म पुराण
  2. ब्रह्माण्ड पुराण
  3. ब्रह्मवैवर्त पुराण
  4. मार्कण्डेय पुराण
  5. भविष्य पुराण

विष्णु पुराणहरू

  1. विष्णु पुराण
  2. श्रीमद्भागवत् पुराण
  3. नारदेय पुराण
  4. गरुड पुराण
  5. पद्म पुराण
  6. अग्नि पुराण

शिव पुराणहरू

  1. शिव पुराण
  2. लिङ्ग पुराण
  3. स्कन्द पुराण
  4. वायु पुराण

महापुराणहरू

पुराणहरूको नामश्लोक संख्याटिप्पणी
अग्नि पुराण१५,१२३ श्लोकहरूअग्निलाई मूल प्रतिपाद्य विषय बनाइएको यस पुराणमा शिवस्वरूपको विशेष वर्णन गरिएको पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निका सम्बन्धमा पनि यसमा चर्चा गरिएको पाइन्छ । यसमा रहेको व्यापक दृष्टि र ज्ञान भण्डारका कारण यस पुराणको आफ्नै किसिमको विशेष महत्त्व रहेको छ । यसमा विशेषतः दशावतार, सृष्टि, मन्त्रशास्त्र, वास्तुशास्त्र, भूगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, अलङ्रकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरू अन्तर्वस्तुका रूपमा आएका छन् । यसको पारायण ५/६ दिनमा गर्ने विधान छ । [१]
भागवत् पुराण१८,००० श्लोकहरूयो पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसको प्रमुख वर्ण्य विषय भक्तियोग हो । यो अन्य सबै पुराणको निचोड हो । यसलाई पूर्वीय वाङ्मयको मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक वेदव्यास हुन् । यसका वक्ता बालयोगी शुकदेव स्वामी हुन् भने श्रोता परीक्षित हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथम स्कन्धमा भक्ति, ज्ञान, वैराग्यको वर्णन; द्वितीय स्कन्धमा ब्रह्माण्डको उत्पत्ति; तृतीय स्कन्धमा उद्धवद्वारा श्रीकृष्णका बाल चरित्रको अध्ययन; चतुर्थ स्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चम स्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको स्थिति; षष्ठ स्कन्धमा देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा; सप्तम स्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादको कथा; अष्टम स्कन्धमा गजेन्द्रमोक्ष, मन्वन्तर र वामन अवतारको कथा; नवम स्कन्धमा राजवंश वर्णन र श्रीराम कथा; दशम स्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादश स्कन्धमा यदुवंश संहार वर्णन एवं अध्यात्म दर्शन र द्वादश स्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूको वर्णन गरिएको पाइन्छ ।[१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-०७ मिति यसको अनुष्ठान-समय सात दिन हो यसलाई सप्ताह भनिन्छ । [२] भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएको यस पुराणलाईभक्ति आन्दोलनको संज्ञा दिन पनि सकिन्छ ।[३]
भविष्य पुराण१४,५०० श्लोकहरूयसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलाई वातावरणीय पुराण भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । [१]
ब्रह्म पुराण१०,००० श्लोकहरूसृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यस पुराणको मूल विषय हो । यस पुराणमा पृथु राजाको चरित्र, सूर्य एवं चन्द्रवंश वर्णन, श्रीकृष्ण चरित्र, चिरञ्जीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको सुन्दर चित्रण गरिएको छ । यस पुराणमा ब्रह्मलाई सर्वेपरि मानिएको छ । यसको अनुष्ठान ५ या ७ दिनमा गर्ने प्रावधान छ । [४][२] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०३ मिति
ब्रह्माण्ड पुराण१२,१०० श्लोकहरूयसको प्रतिपाद्य मूल विषय विश्व ब्रह्माण्डको सृष्टिक्रम वर्णन गर्नु रहेको छ । यसको अनुष्ठान समय ५ या ७ दिन रहेको बताइएको छ ।[१] ललित सहस्रनाम यसमा छ ।
ब्रह्मवैवर्त पुराण१८,००० श्लोकहरूब्रह्म उत्पत्ति, स्थिति एवं प्रलय प्रतिपादनका साथै ब्रह्मले अवतार लिएका विशेष क्षेत्रहरूको वर्णन र मानव कल्याण यसको मूल प्रतिपाद्य विषय रहेको पाइन्छ । ७ या ९ दिनमा यसको अनुष्ठान गर्ने विधान छ । [१]
गरुड पुराण१९,००० श्लोकहरूयस पुराणमा गरुड श्रोताका रूपमा र नारायण वक्ताका रूपमा रहेका छन् । सर्ग वर्णन, देवार्चन, तीर्थ वर्णन, भुवन वृत्तान्त, मन्वन्तर, वर्णधर्म, मृत्यु वर्णन, स्वास्थ्य विज्ञान, अष्टाङ्ग योग,आयुर्वेद, विविध शास्त्र, वेदाङ्ग आदिका बारेमा विषद व्याख्या गरिएको यस पुराणको अनुष्ठान ७ या ९ दिनमा पूर्ण गर्ने विधान छ ।
हरिवंश पुराण१६,००० श्लोकहरूइतिहासको रूपमा मानिएको यो पुराण १८ महापुराण भित्र पर्दैन । यो १८ आैपपुराणभित्र पर्दछ । सन्तानको इच्छा गर्ने व्यक्तिहरूले यसको अनुष्ठान गर्छन् । यसमा विशेष गरी हरिको वंशवर्णन गरिएको छ ।
कूर्म पुराण१७,००० श्लोकहरू
लिङ्ग पुराण११,००० श्लोकहरू
मार्कण्डेय पुराण९,००० श्लोकहरूदेवी महात्म्यम्, शक्तिको वर्णन
मत्स्य पुराण१४,००० श्लोकहरूउदाहरण
नारद पुराण२५,००० श्लोकहरूउदाहरण
पद्म पुराण५५,००० श्लोकहरूउदाहरण
शिव पुराण२४००० श्लोकहरूउदाहरण
स्कन्द पुराण८१,१०० श्लोकहरूसबैभन्दा लामो
वामन पुराण१०,००० श्लोकहरूसबै पुराण
वराह पुराण१०,००० श्लोकहरू
वायु पुराण२४,००० श्लोकहरू
विष्णु पुराण२३,००० श्लोकहरू

सन्दर्भ

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड