कुष्ठरोग

=कुष्ठराेग याैटा संसर्गजन्य राेग हाे यसलाइ सुस्तराेग पनी भन्न सकीन्छ,यसकाे पहिलाे प्रवेश द्वार भनेकाे मानिसकाे नाक र हावा वा प्रत्यक्क्ष सम्पर्कनै हुन्,जुन अनियन्त्रीत व्यवस्थापनमा रहेकाेछ(बिष्णुहरीलामिछाने)

कुष्ठरोग
विभाग:Infectious diseases Edit this on Wikidata
आवृत्ति:Lua error in मोड्युल:PrevalenceData at line 28: attempt to perform arithmetic on field 'lowerBound' (a nil value).

कुष्ठ रोग, जसलाई हान्सेन्स् रोग (HD) पनि भनिन्छ, एक जीर्ण संक्रमण हो जुन माइकोब्याक्टेरियम लेप्रे[१]माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिसजीवाणु (ब्याक्टेरिया)को कारणले हुन्छ।[२] संक्रमण हुँदा सुरूसुरूमा कुनै लक्षण देखा पर्दैन र सामान्यतया 5 देखि 20 वर्षसम्म यस्तै रहिरहन्छ।[१] देखा पर्ने लक्षणहरूमा स्नायुहरू, श्वासप्रश्वास मार्ग, छाला, र आँखामा ग्रेन्युलोमा हुनु पर्दछन्।[१] यसको परिणाम स्वरूप पीडा महसुस गर्ने क्षमता कम हुन सक्छ र त्यसकारण बारम्बार चोटपटक लाग्नाले हात खुट्टाका भागहरू गुम्न सक्छन्।[३] कमजोरी हुने र दृष्टि कमजोर हुने पनि हुन सक्छन्।[३]

दुई मुख्य खालका रोगहरू छन् जुन कति सङ्ख्यामा जीवाणुहरू उपस्थित छन् भन्ने कुरामा आधारित हुन्छन्: पौसिबेसिलरी र मल्टिबेसिलरी।[३] यी दुईवटा प्रकारलाई शरीरमा कतिवटा वास्तविक रङ गुमेको, लाटिएको दाग-धब्बा छ भन्ने कुराको आधारमा छुट्याइन्छ; पौसिबेसिलरीमा पाँच वा सोभन्दा कम हुन्छ भने मल्टिबेसिलरीमा पाँचवटाभन्दा बढी हुन्छ।[३] निदानलाई छालाको बायोप्सीद्वारा एसिड-फास्ट बसिल्ली फेला पारेर वा पोलिमरेस चेन रिएक्सन मार्फत DNA पत्ता लगाएर निश्चित गरिन्छ।[३] यो गरीबीमा रहने मानिसहरूलाई बढी हुने गर्छ र सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना थोपाहरूको माध्यमबाट सर्छ भनी विश्वास गरिन्छ।[३] यो त्यति धेरै संक्रामक छैन।[३]

उपचार तथा महामारी

कुष्ठ रोग उपचारद्वारा निको हुन्छ।[१] पौसिबेसिलरी कुष्ठ रोगको उपचारको लागि 6 महिनासम्म ड्यापसोने (dapsone) र रिफाम्पिसिन (rifampicin) औषधिहरू सेवन गर्नुपर्छ।[३] मल्टिबेसिलरी कुष्ठ रोगको उपचारको लागि 12 महिनासम्म रिफाम्पिसिन (rifampicin), ड्यापसोने (dapsone), र क्लोफेजिमाइन (clofazimine) सेवन गर्नुपर्छ।[३] यी उपचारहरू विश्व स्वास्थ्य सङ्गठनद्वारा नि:शुलक प्रदान गरिन्छ।[१] केही सङ्ख्यामा अन्य एन्टिबायोटिहरू पनि प्रयोग गरिन सक्छ।[३] सन् 2012 मा विश्वभरमा, कुष्ठ रोगको 1,89,000 जना दीर्घकालीन र 2,30,000 जना नयाँ बिरामी विद्यमान थिए।[१] दीर्घकालीन बिरामीहरूको सङ्ख्यामा सन् 1980 को दशकको तुलनामा धेरै गिरावट भएको छ जुन समयमा यो सङ्ख्या लगभग 52 लाख थियो।[१][४][५] धेरैजसो नयाँ बिरामीहरू 16 राष्ट्रमा देखा पर्ने गर्छन्, जसमध्ये भारतमा आधाभन्दा बढी नयाँ बिरामी रहेको पाइन्छ।[१][३] विगत 20 वर्षमा, 1 करोड 60 लाख मानिसहरूलाई कुष्ठ रोगको उपचार प्रदान गरी निको पारिएको छ।[१]

इतिहास

कुष्ठ रोगले मानव जातिलाई हजारौँ वर्ष देखि प्रभावित गर्दै आएको छ।[३] यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द लेप्राको आधारमा राखिएको हो, जसको अर्थ हो "कत्लादार", र "हान्सेन्स् रोग" नाम चिकित्सक जेर्हार्ड अर्मउर हान्सेन (Gerhard Armauer Hansen)को नामबाट राखिएको हो।[३] कुष्ट रोग लागेका मानिसहरूलाई लेपर कोलोनीहरू मा राखेर छुट्याउने चलन अझैपनि भारत, हजारभन्दा बढी;[६] चीन, सय वरपर;[७] र अफ्रिका लगायतका ठाउँहरूमा प्रचलित छ।[८] यद्यपि, धेरैजसो कोलोनीहरू (बस्ती) बन्द भएका छन्।[८] कुष्ठ रोगलाई धेरै पहिले देखि सामाजिक कलङ्कसँग जोडिँदै आएको छ,[१] जुन कारणले गर्दा बिरामी स्वयंले यो बारे जानकारी गराएर प्रारम्भिक चरणमै उपचार प्राप्त गर्न हिचकिचाउँछ। कुष्ठ रोगद्वारा प्रभावितहरू प्रति जागरुकता देखाउनको लागि सन् 1954 देखि विश्व कुष्ठ रोग दिवस सुरू गरिएको थियो।[९]

सन्दर्भहरू

ref name=New2008>"New Leprosy Bacterium: Scientists Use Genetic Fingerprint To Nail 'Killing Organism'", ScienceDaily, २००८-११-२८, अन्तिम पहुँच २०१०-०१-३१ 

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड