चन्द्रिका कुमारतुङ्गा

चन्द्रिका कुमारतुङ्गा (सिंहली: චන්ද්‍රිකා බණ්ඩාරනායක කුමාරතුංග,तमिल: சந்திரிகா பண்டாரநாயக்க குமாரதுங்க; जन्म २९ जुन १९४५) एक श्रीलङ्काली राजनीतिज्ञ हुन् जसले १२ नोबेम्बर १९९४ देखि १९ नोबेम्बर २००५ सम्म श्रीलङ्काको पाँचौ राष्ट्रपतिको रूपमा सेवा गरेकि थिइन् । अहिलेको मिति सम्म उनी देशको एक मात्र महिला राष्ट्रपति हुन्। उनी २००५ सम्म श्रीलङ्का फ्रिडम पार्टी को नेता समेत भाएकी थिइन्। [१][२] २०१५ मा उनी राष्ट्रिय एकता तथा पुननिर्माण कार्यालयको अध्यक्ष चयन भइन् ।[३]

चन्द्रिका कुमारतुङ्गा
पाँचौ श्रीलङ्काको राष्ट्रपति
कार्यकाल
१२ नोबेम्बर १९९४ – १९ नोबेम्बर २००५
प्रधानमन्त्रीसिरिमावो बन्दरानाइके
रत्नश्री विक्रमनायके
रणिल बिक्रमासिंघे
महिन्दा राजपाक्ष
पूर्वाधिकारीDingiri Banda Wijetunga
उतराधिकारीमहिन्दा राजपाक्ष
११औँ श्रीलङ्काको प्रधानमन्त्री
कार्यकाल
१९ अगस्ट १९९४ – १२ नोबेम्बर १९९४
राष्ट्रपतिDingiri Banda Wijetunga
पूर्वाधिकारीरणिल बिक्रमासिंघे
उतराधिकारीसिरिमावो बन्दरानाइके
श्रीलङ्का फ्रिडम पार्टीको नेता
कार्यकाल
१९९४–२००६
पूर्वाधिकारीसिरिमावो बन्दरानाइके
उतराधिकारीमहिन्दा राजपाक्ष
व्यक्तिगत विवरण
जन्म
चन्द्रिका बन्दरानाइके

(1945-06-29) २९ जुन १९४५ (उमेर ७८)
कोलम्बो, ब्रिटिस सिलोन
राजनीतिक दलश्रीलङ्का फ्रिडम पार्टी
जीवन साथीविजय कुमारातुंगा (१९७८–१९८८)
सन्तान(हरू)
अभिभावक(हरू)एस.डब्लु.आर.डी बन्दरानाइके (पिता)
सिरिमावो बन्दरानाइके (आमा)
निवासहोरगोल्ला वालुवा
हस्ताक्षर
वेबसाइटOfficial website

प्रारम्भिक जीवन र परिवार

चन्द्रिका र श्रीलङ्काली कुटनीतिज्ञ तिस्सा विजेयेरत्ने, पेरिसमा १९७० को पूर्वार्ध

चन्द्रिका बन्दरानाइकेको जन्म जुन २९, १९४५ मा कोलम्बोमा भएको थियो। उनको परिवार अर्को वर्ष रोसमेड प्लेस , कोलम्बोमा बसाई सर्यो ।

उनका पिता एस.डब्लु.आर.डी बन्दरानाइके अक्सफार्डबाट दीक्षित थिए, जो उनी जन्मेको समयमा स्थानीय प्रशासन मन्न्री थिए। 

शिक्षा

चन्द्रिकाको शिक्षा सेन्ट ब्रिजेट कन्भेन्ट , कोलम्बोमा भयो र रोमन क्याथोलिक याक्युनस विश्वविद्यालयमा कानुनको अध्ययनको लागि भर्ना भइन् । तर, उनले पढाई नसक्दै याक्युनस छोडेर छात्रवृत्तिमा पढ्न फ्रान्स गईन । उनले १९६८ देखि १९७३ सम्म पढेर विकास अर्थशास्त्रमा पी.एच.डी गरिन् ।[४][५] उनी धाराप्रवाह सिन्हाला भाषा, अङ्ग्रेजी भाषाफ्रान्सेली भाषा बोल्न सक्थिन्।[६]

सुरुको राजनीति

उनी १९७२ मा श्रीलङ्का फर्किन। उनकी आमा दोश्रो पटक श्रीलङ्काको प्रधानमन्त्री बनेकी थिइन् र सामाजिक विकासको बृहत कार्यक्रममा १९७१ मा कम्युनिस्ट बाधा भोग्नु परेको थियो।[७] श्रीलङ्का फर्केपछि उनी आफ्नी पिताले सुरु गरेको र अहिले आमाले नेतृत्वको कार्यक्रमको सक्रिय सदस्य बनिन ।१९७४ मा उनी महिला सङ्घको कार्यकारी समितिको सदस्य बनिन ।

शक्तिमा उदय

जेभीपी बिद्रोहको अन्त्य पछि , चन्द्रिका १९९०मा देशव्यापी भ्रमण गरेर राजनीतिमा लागिन्। १९९३ मा उनी पश्चिमी प्रादेशिक परिषदको निर्वाचनमा उनी मुख्य मन्त्रीमा बिजयी भइन् । 

प्रधानमन्त्री

१९९४ को निर्वाचन पछि, उनी श्रीलङ्का फ्रिडम पार्टीको नेता बनिन। यो निर्वाचनमा उनी गम्पाहा जिल्लाबाट अगस्ट १९९४ मा निर्वाचित भइन् । सिलोन वर्कर्स पार्टीको सहयोगमा १९ अगस्ट १९९४ मा उनको गठबन्धनले चन्द्रिका प्रधानमत्री को सरकार बन्यो जहाँ उनको आमा समेत मन्त्रिपरिषद्को सदस्य थिइन् ।[८] तत्काल नोबेम्बरमा राष्ट्रपति निर्वाचनको आह्वान गरियो।

राष्ट्रपति

राष्ट्रपति निर्वाचनमा उनको बिपक्षी गामिनी दिसानायाके थिए। तर लिट्टेको आत्मघाती बम विष्फोटमा दिसनायाकेको हत्या भएपछि उनकी बिधवा पत्नी श्रीमा दिसनायाकेले उनको मनोनयन फिर्ता लिइन्। १९९४ को राष्ट्रपतिय निर्वाचनमा चन्द्रिका ६२.२८ % मत ल्याउदै विजयी भइन् । १९९४ नोबेम्बरमा श्रीलङ्काको प्रथम महिला राष्ट्रपति भएपछि, उनले प्रधानमन्त्रीको आफ्नो उत्तरधिकारीको रूपमा आफ्नी आमा सिरिमावो बन्दरानाइकेलाई नियुक्त गरिन् ।

व्यक्तिगत जीवन

चन्द्रिकाको विवाह चलचित्रकर्मी तथा राजनीतिज्ञ विजय कुमारतुङ्गासँग १९७८ मा भएको थियो, जसको १६ फेब्रुअरी १९८८ मा हत्या भयो।

सम्मान 

चन्द्रिका कुमारतुङ्गालाई २०१८ मा फ्रेन्च पदक कमान्डर अफ लिजन अफ अनरले सम्मानित गरियो।[९]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड