द सतानिक वरेसस्

सलमान रुशदीद्धारा लिखित उपन्यास

द सतानिक वरेसस् सलमान रुस्दीद्धारा लिखित उपन्यास हो। स्याटनिक वर्सेस सलमान रुश्दीको चौथो उपन्यास हो। यो सन् १९८८ जुन १ मा पहिलो पटक प्रकाशित भएको थियो। उपन्यास मोहम्मदको जीवनबाट प्रेरित छ। आफ्ना अघिल्ला पुस्तकहरूमा जस्तै रुश्दीले यस उपन्यासमा पनि जादुई यथार्थवाद प्रयोग गरी, समकालीन घटनाहरू र व्यक्तिहरूमा निर्भर भई पात्रहरुको चरित्र सिर्जना गरेका छन्। शीर्षकले कुरानमा भएका शैतानी स्लकोलाई जनाउँछ; यसले तीन मेक्काका देवीलाई जनाउँछ: ओल्ट, उज्जा र मानत।[१] कथाको अंशहरु इतिहासकार अल-वाकिदी र अल-तबारीको कथामा आधारित छन्।

बेलायतमा, द शैतानिक भर्सेसले सकारात्मक समीक्षा पायो। सन् १९८८को बुकर प्राइज नामक पुरस्कार छनोटमा अन्तिम सम्ममा पुग्न सफल भएको थियो (जुन पिटर क्यारीको अस्कर र लुसिंडासँग पराजित भएको थियो) र सन् १९८८ को ह्वाइटब्रेड पुरस्कार जित्न सफल भएको थियो। उपन्यास बाट ठूलो विवाद उत्पन्न भयो; मुसलमानहरूका अनुसार उपन्यासले ईश्वरनिन्दा, ईश्वर प्रतिको विश्वासको खिसी गरेको आरोप लगाएका छन्। मुस्लिमहरूको आक्रोशको परिणाम स्वरूप सन् १४ फेब्रुअरी १९८९ मा इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्ला रुहल्लाह खोमेनीले रुश्दीको मृत्युको लागि आह्वान जारी जारी गरिएको थियो। परिणामस्वरूप बेलायत सरकारले पुलिसको सुरक्षामा राखिएको रुश्दीलाई मार्ने प्रयास भने असफल भएको थियो। र अनुवादक हितोशी इगराशीको पनि यसै घटना सँग रही हत्या भएको थियो।

भारतमा मुस्लिमहरु प्रति कटाक्ष भएको भनि प्रतिबन्धित गरिएको छ।[२][३]

समग्रमा पुस्तकलाई राम्रो मानिएको छ। सन् २००३ को समिक्षामा रुस्दीको यस उपन्यासलाई कलाकारिक उपल्ब्धि भनी, समिक्षिक ह्यारोल्ड ब्लुमले उल्लेख ‍गरेका छन्। टिमोथी ब्रेननले पुस्तकलाई आप्रवासीका अनुभव रहेका सँगै विभिन्न पक्ष बाट विश्लेषण गरेका छन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड