पाकिस्तानको प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री (उर्दु: وزِیرِ اعظم پاکستان) (उच्चारण:वजीरे अजम) पाकिस्तान सरकारको प्रमुख तथा राष्ट्रको प्रमुख कार्यकारी हुन्।

इस्लामी गणतन्त्र पाकिस्तानको प्रधानमन्त्री
पाकिस्तानका प्रधानमन्त्रीको प्रतीक
बहालवाला
इमरान खान
१८ अगस्त २०१८ देखि
सम्बोधन
स्थितिसरकारको प्रमुख
संक्षिप्त नामप्रम
सदस्य
प्रतिवेदन पेश
निवासप्रधानमन्त्री निवास[५]
आसनइस्लामाबाद राजधानी क्षेत्र
नियुक्तिकर्तापाकिस्तानको निर्वाचन आयोगबाट आम निर्वाचन
राष्ट्रिय सभामा सम्पन्न अधिवेशनबाट बहुसङ्ख्यक सदस्यहरूको बिचमा विश्वास जगाउन नियुक्ति गर्ने योग्यताको आधारमा
अवधि५ वर्षे, नवीकरण
गठन साधनपाकिस्तानको संविधान
प्रथम पदाधिकारीलियाकत अली खान
(सन् १९४७–१९५१)
गठन14 अगस्ट 1947; ७६ वर्ष पहिले (1947-०८-14)
उपखारेज, पाकिस्तानका उप-प्रधानमन्त्री
तलब१६ लाख ८० हजार (१२,२६,४०० नेपाली रूपैयाँ) वार्षिक[१]
वेबसाइटpmo.gov.pk

प्रधानमन्त्रीले सरकारको कार्यकारी शाखाको नेतृत्व, आर्थिक वृद्धिको निगरानी, राष्ट्रिय सम्मेलनको नेतृत्व गर्दछन् भने यस पदमा रहने व्यक्ति मन्त्रिपरिषदको पनि अध्यक्ष हुन्छन् र आणविक शस्त्रागारहरूमा सेनापति अख्तियारवाला हुन्छन्। प्रधानमन्त्रीले राष्ट्रको नेतृत्वमा र आन्तरिक र विदेश नीतिको सबै मामिलाहरूमा नियन्त्रणमा राख्छन्। प्रधानमन्त्री राष्ट्रिय सम्मेलनका सदस्यहरूद्वारा निर्वाचित हुन्छन् र सामान्यतया संसदमा बहुमत दलका नेता पनि हुन्छन्। पाकिस्तानको संविधानले प्रधानमन्त्रीमा कार्यकारी अधिकार प्रदान गरेको छ। मन्त्रिपरिषद् नियुक्ति गर्न र कार्यकारी शाखा चलाउनको लागि प्रधानमन्त्री जिम्मेवार हुन्छ।

संवैधानिक रूपमा प्रधानमन्त्रीले महत्वपूर्ण विषयहरूमा पाकिस्तानका राष्ट्रपतिको मुख्य सल्लाहकारको रूपमा काम गर्दछन् र सैनिक नेतृत्वको प्रत्येक शाखामा नियुक्ति गर्नका साथै संयुक्त अध्यक्ष प्रमुखहरू मार्फत सेनाको नियन्त्रण सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्दछन्। प्रधानमन्त्रीका शक्तिहरू हरेक शाखाद्वारा जाँच र सन्तुलनको एक प्रणालीको साथ उल्लेखनीय रूपमा विकसित भएको छ। युद्ध कानून लागू भएको कारण सन् सन् १९६०–७३, सन् १९७७–८५ र सन् १९९९–२००२ को अवधिमा प्रधानमन्त्रीको पद खाली थियो। यी प्रत्येक अवधिमा, राष्ट्रपतिले नेतृत्व गरेको तानाशाहीमा सैन्य नेतृत्वमा प्रधानमन्त्रीको अधिकार रहेको थियो।

२५ जुलाई २०१८ मा सम्पन्न राष्ट्रव्यापी आम चुनावहरूको नतीजा पछि पूर्व क्रिकेट खेलाडी इमरान खान १८ अगस्त देखि प्रधानमन्त्रीको पद रहेका छन्।[८]

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

ढाँचा:पाकिस्तानी प्रधानमन्त्रीढाँचा:पाकिस्तान सरकार

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड