प्रयागराज

उतर प्रदेशको एक महानगर

प्रयागराज, (विगतमा इलाहाबाद)[९] उत्तर भारतको उत्तर प्रदेशको पूर्वी भागमा स्थित एक नगर तथा इलाहाबाद जिल्लाको प्रशासनिक मुख्यालय हो। यसको प्राचीन नाम प्रयाग हो। यसलाई 'तीर्थराज' (तीर्थस्थलहरूको राजा) पनि भनिन्छ। हिन्दू मान्यता अनुसार, यहाँ ब्रह्माले सृष्टि कार्य पूर्ण भएपछि प्रथम यज्ञ गरेका थिए। हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो सम्मेलन महाकुम्भ हुने यो चार स्थलहरूमध्येको एक हो, बाँकी तीन हरिद्वार, उज्जैन तथा नासिक हो। हिन्दू धर्मग्रन्थहरूमा वर्णित प्रयाग स्थल पवित्रतम नदी गङ्गायमुनाको सङ्गममा स्थित छ। यहाँ सरस्वती नदी गुप्त रूपले सङ्गममा मिल्छ, अतः यो स्थानलाई त्रिवेणी सङ्गम भन्ने गरिन्छ जहाँ प्रत्येक बाह्र वर्षमा कुम्भ मेला लाग्छ।[१०]

इलाहाबाद
प्रयागराज
घडीको दिशामा शीर्ष बायाँदेखि: अल सेन्ट्स गिर्जाघर, खुसरु बाग, इलाहाबाद उच्च अदालत, सङ्गम नजिकैको नयाँ यमुना बाँध, सिभिल लाइन्स, इलाहाबाद विश्वविद्यालय, अल्फ्रेड बगैचामा रहेको इलाहाबाद सार्वजनिक पुस्तकालय र आनन्द भवन
घडीको दिशामा शीर्ष बायाँदेखि: अल सेन्ट्स गिर्जाघर, खुसरु बाग, इलाहाबाद उच्च अदालत, सङ्गम नजिकैको नयाँ यमुना बाँध, सिभिल लाइन्स, इलाहाबाद विश्वविद्यालय, अल्फ्रेड बगैचामा रहेको इलाहाबाद सार्वजनिक पुस्तकालय र आनन्द भवन
उपनामहरू: 
सङ्गम सहर,[१] प्रधानमन्त्रीको नगर,[२]
भगवानको द्वार[३]
इलाहाबाद is located in भारत
इलाहाबाद
इलाहाबाद
उत्तर प्रदेशमा इलाहाबादको स्थान
इलाहाबाद is located in उत्तर प्रदेश
इलाहाबाद
इलाहाबाद
इलाहाबाद (उत्तर प्रदेश)
निर्देशाङ्क: २५°२७′उ॰ ८१°५१′पू॰ / २५.४५०°N ८१.८५०°E / 25.450; 81.850 ८१°५१′पू॰ / २५.४५०°N ८१.८५०°E / 25.450; 81.850
देश भारत
राज्यउत्तर प्रदेश
क्षेत्रइलाहाबाद
जिल्लाइलाहाबाद
सरकार
 • प्रकारनगर परिषद
 • अङ्गइलाहाबाद नगरपालिका परिषद
 • मेयरअभिलासा गुप्ता (भाजपा)
 • मण्डलीय आयुक्तआशिष कुमार गोयल
 • जिल्लाधिकारीभानुचन्द्र गोस्वामी
 • प्रहरी महानिरीक्षक (इलाहाबाद क्षेत्र)मोहित अग्रवाल
 • प्रहरी अधीक्षकनितिन तिवारी
क्षेत्रफल
 • नगर८२ किमी (३२ वर्ग माइल)
उन्नतांश
९८ मिटर (३२२ फिट)
जनसङ्ख्या
 (२०११)[५]
 • नगर१,११२,५४४
 • क्रम३६औँ
 • घनत्व१४०००/किमी (३५०००/वर्ग माइल)
 • महानगर१,२१६,७१९
 • महानगर क्रम
४०औँ
वासिन्दाहरूइलाहाबादी
भाषा
 • आधिकारीहिन्दी[७]
 • थप आधिकारिकउर्दू[७]
 • क्षेत्रीयअवधि[८]
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक क्रमाङ्क सङ्ख्या
२११००१-१८
टेलिफोन कोड+९१-५३२
सवारी दर्ताUP-70
लैङ्गिक अनुपात८५२ /१०००
वेबसाइटOfficial district website

इलाहाबादमा राज्य सरकारको महत्त्वपूर्ण कार्यालयहरू स्थित छन्, जस्तै इलाहाबाद उच्च अदालत, प्रधान महालेखाधिकारी (एजी अफिस), उत्तर प्रदेश राज्य लोक सेवा आयोग, राज्य प्रहरी मुख्यालय, उत्तर मध्य रेलवे मुख्यालय, केन्द्रीय माध्यमिक शिक्षा बोर्डको क्षेत्रीय कार्यालय र उत्तर प्रदेश माध्यमिक शिक्षा परिषदको कार्यालय रहेको छ।

नामकरण

सहरको वर्तमान नाम अकबरद्वारा सन् १५८३ मा इलाहाबाद राखिएको थियो। इलाहाबादको अर्थ अरबी भाषाको शब्द 'इलाह' (अकबरद्वारा चलाइएको नयाँ धर्म दीन-ए-इलाहीको सन्दर्भबाट, अल्लाहको लगि) र फारसी भाषाको शब्द 'आबाद' (अर्थात बसाइएको)– यानि 'ईश्वरद्वारा बसाइएको', वा 'ईश्वरको सहर' हुन्छ।

जनसङ्ख्या

सन् २०१३ को जनगणना अनुसार इलाहाबाद सहरको वर्तमान जनसङ्ख्या १,३४२,२२९ रहेको छ। जनसङ्ख्याको आधारमा यो भारतको ३२औँ ठूलो सहर हो।[११] इलाहाबादको क्षेत्रफल लगभग ७० किमी (२७ वर्ग माइल)[१२] छ र यो समुद्र सतहदेखि ९८ मी (३२२ फिट) उचाईमा अवस्थित छ।

हिन्दी भाषी इलाहाबादीहरूको बोली अवधी हो, तर अधिकांश सहरी क्षेत्रमा खडी बोली नै बोलिन्छ। इलाहाबादमा सबै धर्मका मानिसहरू बसोबास गर्छन्। यहाँ हिन्दू धर्मावलम्बीको कुल जनसङ्ख्या ८५% र मुस्लिमको ११% छ। यस बाहेक सिख, इसाई र बौद्ध धर्मावलम्बीको बसोबास पनि रहेको छ।

नगर प्रशासन

अस्पताल

इलाहाबाद सहरमा हेरै ठुला अस्पतालहरू छन् :

  • स्वरुप रानी नेहरु अस्पताल
  • मोतीलाल नेहरु अस्पताल
  • कमला नेहरु अस्पताल
  • फीनिक्स हस्पिटल
  • जीवन ज्योति अस्पताल
  • नाजरथ अस्पताल
  • सिटी अस्पताल
  • भोला अस्पताल
  • पार्वती अस्पताल
  • कमला मेमोरियल अस्पताल
  • उत्तर मध्य रेलवे अस्पताल
  • तेजबहादूर सप्रू अस्पताल
  • वातसल्य अस्पताल
  • अमभोला अस्पताल
  • अल्का अस्पताल
  • चिल्ड्रेन अस्पताल

होटल

इलाहाबादमा सबै वर्गहरूको लागि ठुला होटल, धर्मशाला तथा गेस्ट हाउस इत्यादि छन् :

  • होटल कान्हाश्याम
  • इलाहाबाद रीजेन्सी होटल
  • हर्ष होटल
  • ग्रैण्ड कान्टीनेन्टल होटल
  • सम्राट होटल
  • मिलान होटल
  • एन सी कान्टीनेन्टल होटल
  • एन सी होटल
  • यात्रिक होटल
  • सूर्या होटल
  • कोको होटल
  • फिनारे होटल
  • कल्पतरु होटल
  • कोहिनूर होटल
  • प्रसीडेन्सी होटल
  • रेजीना होटल
  • प्रयाग होटल
  • काशी होटल

ऐतिहासिक दर्शनीय स्थल

  • इलाहाबाद किला
  • स्वराज भवन
  • आनन्द भवन
  • इलाहाबाद उच्च न्यायालय
  • रानी महल
  • आल सेण्ट्स कैथैड्रिल

दर्शनीय धार्मिक स्थल

  • संगम
  • हनुमान मन्दिर
  • शंकर विमान मण्डपम्
  • हनुमत् निकेतन
  • सरस्वती कूप
  • समुद्र कूप
  • मनकामेश्वर मन्दिर
  • शिवकुटी
  • भारद्वाज आश्रम

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड