फर्डिनान्ड मार्कोस जुनियर

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जूनियर [१] [२] ( अङ्ग्रेजी: /ˈmɑːrkɔːs/, [३] Tagalog: [ˈmaɾkɔs] ; जन्म: १३ सेप्टेम्बर १९५७), सामान्यतया बोङबोङ मार्कोस ( BBM ) भनेर चिनिन्छ, एक फिलिपिनो राजनीतिज्ञ हुन्। उनले २०१० देखि २०१६ सम्जम सिनेटरको रुपमा काम गरे। उनी पूर्व राष्ट्रपति, तानाशाह, र क्लेप्टोक्रेट [४] फर्डिनान्ड मार्कोस सिनियर र पूर्व प्रथम महिला इमेल्डा रोमुआल्डेज मार्कोसका दोस्रो सन्तान र एक्लो छोरा हुन्। [१]

सन् १९८० मा, २३ वर्षको उमेरमा मार्कोस जूनियर इलोकोस नोर्टे को उप गभर्नर बने। त्यतिबेला उनका पिताले फिलिपिन्समा मार्शल कानुनबाट शासन गरिरहेका थिए। [५] त्यसपछि उनी सन् १९८३ मा इलोकोस नोर्टेको गभर्नर बने। १९८६ फेब्रुअरीमा जनक्रान्तिले उनको परिवारलाई सत्ताबाट हटाएपछी हवाईमा निर्वासनमा [६] रहे। [७] सन् १९८९ मा आफ्नो बुबाको मृत्यु पछि, राष्ट्रपति कोराजोन एक्विनोले अन्ततः मार्कोस परिवारका बाँकी सदस्यहरूलाई विभिन्न आरोपहरूको सामना गर्न फिलिपिन्स फर्कन अनुमति दिए। [८]

उनले र उनकी आमा हाल संयुक्त राज्य अमेरिका र यसका क्षेत्रमा आफ्नो बुबाको तानाशाहीबाट मानव अधिकार दुरुपयोग पीडितहरूलाई क्षतिपूर्ति वापत् ३५३ मिलियन अमेरिकी डलर तिर्न अदालतको आदेशलाई अवहेलना गरेकोमा गिरफ्तारीको सामना गर्दै हुनुहुन्छ। [९]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड