मेटा
मेटा एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ। यो कम्पनीको स्थापना मार्क जुकरबर्गद्वारा हार्वर्ड कलेजमा अध्ययन गर्ने आफ्ना समकालीन साथीहरू एडुआर्डो स्याभरिन, एन्ड्रयु म्याककोलम, डस्टिन मोस्कोभिज र क्रिस ह्युज्ससँग मिलेर मूल रूपले द फेसबुक डटकम- वर्तमान फेसबुक, लोकप्रिय विश्वव्यापी सामाजिक सञ्जाल वेबसाइटको रूपमा स्थापित गरेका थिए। यसलाई अमेजन, एप्पल र गुगलसँगै ठूला पाँच प्राविधिक कम्पनीहरूमध्ये एकको रूपमा मान्ने गरिएको छ। फेसबुक संसारकै सबैभन्दा धनी कम्पनीहरूमध्ये एक हो। जनवरी २०१९ मा कम्पनीको बजार मूल्य ५८२ अर्ब अमेरिकी डलर पुगेको थियो।[७]
पूर्व नाम | फेसबुक निगम (२००४–२०२१) |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक |
व्यावसायिक रूप |
|
आइएसआइएन | US30303M1027 |
उद्योग | |
स्थापित | फेब्रुअरी ४, २००४ | क्याम्ब्रिज, म्यासेचुसेट्स
स्थापनाकर्ताहरू |
|
केन्द्रीय कार्यालय | , अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी (निषेधित राष्ट्रहरू बाहेक) |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
राजश्व | अमेरिकी$५५.८३८ अर्ब (सन् २०१८) |
परिचालन आय | अमेरिकी$२४.९१३ अर्ब (सन् २०१८) |
खुद आम्दानी | अमेरिकी$२२.१११ अर्ब (सन् २०१८) |
कुल सम्पत्ति | अमेरिकी$९७.३३४ अर्ब (सन् २०१८) |
कुल इक्विटी | अमेरिकी$८४.१२७ अर्ब (सन् २०१८) |
कर्मचारी सङ्ख्या | ४३,०३०[१] (सेप्टेम्बर ३०, २०१९) |
वेबसाइट | एबाउट.फेसबुक.कम |
पद टिप्पणी / स्रोतहरू [२][३][४][५][६] |
फेसबुकले अन्य उत्पादन र सेवाहरू समेत प्रदान गर्ने गर्दछ। फेसबुक निगमले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलसलाई अधिग्रहण गरेको छ भने यसले स्वतन्त्र रूपमा म्यासेञ्जर, दृश्य र पोर्टलको निर्माण गरेको छ।
इतिहास
फेसबुकले सन् २०१२ फेब्रुअरी १ मा प्रथम सार्वजनिक निष्कासन[८](आइपिओ) गर्ने आवेदन दायर गरेको थियो।[९] प्रारम्भिक वक्तव्यमा कम्पनीले ५० करोड अमेरिकी डलर सङ्कलन गर्ने प्रयास गरिरहेको जनाइएको थियो। ८४.५ करोड सक्रिय मासिक प्रयोगकर्ता र फेसबुक वेबसाइटमा २७ करोड दैनिक मन पराइइने र टिप्पणी हुने गरेको दस्तावेजमा उल्लेख गरिएको थियो।[१०] प्रथम सार्वजनिक निष्कासन पछि जुकरबर्गसँग फेसबुक निगममा २२% स्वामित्व भाग र ५७% मतदान सेयर रहनेछ।[११]
बिमालेखकहरूले फेसबुकको प्रतिकित्ता सेयर मूल्य ३८ अमेरिकी डलर तोकेको थियो तर कम्पनीले प्रतिकित्ता सेयरको मूल्य १०४ अमेरिकी डलर पाएको थियो जुन त्यससमयको कुनैपनि नयाँ सार्वजनिक कम्पनीको लागि सबैभन्दा बढी प्रतिकित्ता सेयर मूल्याङ्कन थियो।[१२] प्रथम सार्वजनिक निष्कासन भन्दा ठीक एक दिन अगावै २०१२ मे १६ को दिन बजारमा उच्च मागको कारण प्रारम्भमा नियोजित गरिएको भन्दा २५% धेरै सेयर बेच्ने फेसबुक निगमले घोषणा गरेको थियो।[१३] प्रथम सार्वजनिक निष्कासनबाट फेसबुक निगमले $१६० करोड उठाउन सफल भएको थियो जुन अमेरिकी इतिहासको तेस्रो ठुलो लगानी (एटिएन्डटी वायरलेसभन्दा थोरै अगाडि र जनरल मोटर्स र भिजा कम्पनीभन्दा पछाडी) बन्न पुगेको थियो।[१४][१५] धितोपत्रको मूल्यले कम्पनीलाई अमेरिकी बजारमा केही ठूला कम्पनीहरू बाहेक अमेजन, म्याकडोनाल्ड्स, वाल्ट डिज्नी र क्राफ्ट हाउस जस्ता दिग्गज कम्पनीहरूलाई पछाडी धकेल्दै उच्च बजार पुँजीकरण कायम गर्न सफल भएको थियो जसको फलस्वरूप जुकरबर्गको स्वामित्वमा रहेको सेयरको मूल्य $१९० करोड पुगेको थियो।[१४][१५]