सर्बिया

दक्षिणपूर्वी युरोपको देश

सर्बिया (Србија, Srbija, उच्चारण [sř̩bija] ), मध्य र दक्षिण पूर्वी युरोपमा आफ्नो भू-भाग फैलिएको सार्वभौम सम्पन्न देश हो। यो पनोनिया खाडी र बाल्कनको चौतर्फी घेरामा अवस्थित छ। यसको सिमाना उत्तरमा हङ्गेरी, उत्तरपूर्वमा रोमानिया, दक्षिणपूर्वमा बुल्गेरिया, दक्षिणमा उत्तर म्यासेडोनिया, पश्चिममा क्रोएसियाबोस्निया र हर्जगोभिना र दक्षिण पश्चिममा मोन्टेनेग्रो, कोसोभोको विवादित इलाका हुँदै अल्बानियासम्म फैलिएको छ। सर्बियाको जनसङ्ख्या झन्डै ७० लाख रहेको छ। बेलग्रेड यसको राजधानी र सबैभन्दा ठुलो सहर हो।

गणतन्त्र सर्बिया
Република Србија  (Serbian)
Republika Srbija  (Serbian)
सर्बियाको झन्डा
झन्डा
सर्बियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: Боже правде
Bože pravde

(नेपाली: "न्यायको देवता")
विश्वको नक्सामा सर्बियाको अवस्थिति (हरियो) र विवादित क्षेत्र कोसोभो[क] (हलुका हरियो) युरोपमा (गाढा खैरो)।
राजधानी
र सबैभन्दा ठुलो सहर
बेलग्रेड
४४°४८′उ॰ २०°२८′पू॰ / ४४.८००°N २०.४६७°E / 44.800; 20.467
आधिकारिक भाषाहरूसर्बियाली[ख]
जातिगत समूहहरू
(सन् २०११)
  • ८३.३% सर्बियाली
  • ३.५% हङ्गेरियाली
  • २.१% रोमा
  • २% बोस्नियाली
  • ९% अन्य / उत्तर छैन
  • (कोसोभो बाहेक)[क]
धर्म
(सन् २०११)
रैथाने(हरू)सर्बियाली
सरकारएकात्मक संवैधानिक गणतन्त्र
आलेक्सान्दर भुचिस
आना ब्रनबिच
• राष्ट्रिय सभा अध्यक्ष
इभित्सा दाचिस
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापनाको इतिहास
• यौवराज्य
सन् ७८०
• अधिराज्य
सन् १२१७
• साम्राज्य
सन् १३४६
• अटोमनद्वारा विजय प्राप्त
सन् १४५९–सन् १५५६
• क्रान्तिकारी सर्बिया
सन् १८०४
• स्वतन्त्र
सन् १८७८
• सर्बिया अधिराज्य
सन् १८८२
सन् १९१८
सन् १९९२
• स्वतन्त्रता पुन:प्राप्त
सन् २००६
क्षेत्रफल
• कोसोभो समावेश[क]
८८,३६१ किमी (३४,११६ वर्ग माइल) (१११औँ)
• कोसोभो बाहेक[क]
७७,४७४ किमी (२९,९१३ वर्ग माइल)[१]
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
Neutral decrease ६८,७१,५४७ (कोसोभो बाहेक)[२] (१०६औँ)
• घनत्व
८९ /किमी2 (२३०.५ /वर्ग माइल) (९५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
ह्रास $१३०.६ अर्ब (कोसोभो बाहेक)[क][३] (७८औँ)
• प्रति व्यक्ति
वृद्धि $१८,८४० (कोसोभो बाहेक)[क][३] (६६औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $५२ अर्ब (कोसोभो बाहेक)[क][३] (८४औँ)
• प्रति व्यक्ति
वृद्धि $७,४९७ (कोसोभो बाहेक)[क][३] (७५औँ)
गिनी (सन् २०१९)३३.३[४]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.८०६[५]
धेरै उच्च · ६४औँ
मुद्रासर्बियाली दीनार
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालिन समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३८१
इन्टरनेट डोमेन
  • .आरएस
  • .срб

ढुङ्गे युगदेखि निरन्तर बसोबास गर्दै आधुनिक सर्बियाको इलाकाले छैटौँ शताब्दीमा यसले स्लाभ जातिको बसाइँसराइको सामना गर्नुपरेको थियो। यसले मध्य युगको प्रारम्भमा विभिन्न क्षेत्रीय राज्यहरू स्थापना गरेको थियो। यसले विभिन्न कालखण्डहरूमा यसले बाइजान्टाइन, फ्रान्सिया र हङ्गेरियाली राज्यहरूको लागि उपनिवेशको रूपमा मान्यता प्राप्त थियो। सर्बियाली राज्यले सन् १२१७ मा होली सी र कुस्तुन्तुनियाबाट मान्यता प्राप्त गरेको थियो। सन् १३४६ मा सर्बियाली साम्राज्यको रूपमा यसको क्षेत्रीय चरमोत्कर्षमा पुगेको थियो। सोह्रौँ शताब्दीको बीचतिर, ओटोमनहरूले आधुनिक सर्बियाका सम्पूर्ण भागलाई आफ्नो अधीनमा लिएका थिए जसले गर्दा हब्सबर्ग साम्राज्यसँग युद्ध चलेको थियो।[६] १९औँ शताब्दीको प्रारम्भमा सर्बियाली क्रान्तिले राज्यलाई यस क्षेत्रको पहिलो संवैधानिक राजतन्त्रको रूपमा स्थापित गरेको थियो। प्रथम विश्वयुद्धमा हताहतको पछि भोयभोदिनाको भूतपूर्व हाब्सबर्ग साम्राज्यलाई सर्बियासँग एकीकृत गरिएको थियो। यस देशले अन्य दक्षिण स्लाभ राष्ट्रहरूसँग युगोस्लाभियाको सह-स्थापना गरेको थियो। यो सन् १९९० को दसकमा युगोस्लाभ युद्धसम्म विभिन्न राजनैतिक संरचनाहरूमा अस्तित्वमा रहेको थियो।[७] युगोस्लाभियाको विच्छेदको समयमा, सर्बियाले मोन्टेनेग्रोसँग एक सङ्घको गठन गरेको थियो जुन सन् २००६ मा शान्तपूर्वक रूपमा भङ्ग भएको थियो।[८] सर्बियाको स्वतन्त्रतालाई सन् १९१८ देखि पहिलो पटक सार्वभौम राज्यको रूपमा पुनर्स्थापित गरेको थियो। सन् २००८ मा कोसोभोको विधानसभाका प्रतिनिधिहरूले एकपक्षीय रूपमा स्वतन्त्रताको घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय समुदायबाट मिश्रित प्रतिक्रियाहरू प्राप्त भएपछि सर्बियाले यसलाई आफ्नै सार्वभौम क्षेत्रको भागको रूपमा दावी गरिरहेको छ।

सर्बिया एक उच्च मध्यम आय अर्थव्यवस्था हो। यो मानव विकास सूचकाङ्कमा ६४औँ अर्थात् अति उच्च स्थानमा रहेको छ। यो एकात्मक संसदीय संवैधानिक गणतन्त्र हो। यो संयुक्त राष्ट्र सङ्घ, युरोप परिषद्, युरोपमा सुरक्षा र सहकार्यका लागि सङ्गठन, कृष्ण सागर आर्थिक सहयोग परिषद्, मध्य युरोपेली स्वतन्त्र व्यापार सङ्घ, एसियाली पूर्वाधार लगानी बैङ्क र विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र हो। सन् २०१४ देखि युरोपेली सङ्घमा सन् २०२५ सम्म सहभागी हुने उद्देश्यका साथ देशले आफ्नो युरोपेली सङ्घको सहुलियत सम्झौता गर्दै आएको छ।[९] सर्बियाले सैन्य तटस्थताको नीतिलाई औपचारिक रूपमा पालन गर्दै आएको छ। यस देशले आफ्ना नागरिकहरूलाई विश्वव्यापी स्वास्थ्य सेवा र निःशुल्क प्राथमिक तथा माध्यमिक शिक्षा प्रदान गर्दछ।

इतिहास

युगोस्लाभिया विखण्डन र राजनैतिक सङ्क्रमण

  • स्लोभेनियाद्वारा स्वतन्त्रताको घोषणा: सन् १९९१ जुन २५
  • क्रोएसियाद्वारा स्वतन्त्रताको घोषणा: सन् १९९१ जुन २५

समसामयिक इतिहास

सन् २००६ मे २१ मा, मोन्टेनेग्रोले सर्बियसँगको सङ्घ अन्त्य गर्ने विषयमा जनमत सङ्ग्रह आयोजना गरेको थियो। यसको नतिजाले ५५.४% मतदाता स्वतन्त्रताको पक्षमा देखिएका थिए। जनमत सङ्ग्रहको आवश्यकता ५५% भन्दा यो केही माथि मात्र थियो। सन् २००६ जुन ५ मा सर्विया स्वतन्त्रताको घोषणापत्रबाट सर्बिया र मोन्टेनिग्रोको सङ्घ अन्त्यको घोषणा गरियो र सर्बिया सन् १९१८ पछि पहिलो पटक नयाँ स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो। त्यसै अवसरमा, सर्बियाको राष्ट्रिय सभाले सर्बियालाई यस अघिको सङ्घको कानुनी उत्तराधिकारी घोषणा गरेको थियो।[१०]

सन् २००८ फेब्रुअरी १७ मा, कोसोभोको सभाले एकतर्फी रूपमा सर्बियाबाट स्वतन्त्रताको घोषणा गरेको थियो। सर्बियाले यो घोषणाको तुरुन्तै निन्दा गरेको थियो र कोसोभोलाई स्वतन्त्र राज्यको मान्यता दिन अस्वीकार गरेको थियो। यो घोषणाप्रति अन्तर्रष्ट्रिय समुदायमा विविध प्रकारको प्रतिक्रिया आएको थियो, केहीले यसको स्वागत गरे भने केहीले एकपक्षीय कदमको निन्दा गरेका थिए।[११]

सन् २००९ डिसेम्बर २२ मा सर्बियाले आधिकारिक रूपमा युरोपेली सङ्घको सदस्य हुन आवेदन दिएको थियो।[१२] र सन् २०१२ मार्च १ मा सदस्य उम्मेदवारको मान्यता पाएको थियो।[१३][१४] सन् २०१३ जुनमा युरोपेली आयोग र युरोपेली परिषदबाट सकारात्मक सिफारिस आएपछि, सन् २०१४ जनवरीमा युरोपेली सङ्घमा जोडिन वार्ता सुरु भएको थियो।[१५]

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड