एकात्मक राज्य

एकात्मक राज्य एउटा एकल संस्थाको रूपमा शासित राज्य हो जसमा केन्द्रीय सरकार अन्ततः सर्वोच्च हुन्छ।[१] केन्द्रीय सरकारले प्रशासनिक विभाजनहरू (उप-राष्ट्रिय एकाइ) सिर्जना (वा समाप्त) गर्न सक्छ। त्यस्ता एकाइहरूले केन्द्रीय सरकारले प्रत्यायोजन गर्ने शक्तिहरू मात्र प्रयोग गर्छन्।[२] राजनैतिक शक्तिलाई प्रादेशिक वा स्थानीय सरकारहरूलाई कानुनद्वारा प्रत्यायोजन गर्न सकिने भए तापनि केन्द्रीय सरकारले हस्तान्तरित सरकारका कार्यहरूलाई रद्द गर्न वा आफ्नो शक्तिमा कटौती (वा विस्तार) गर्न सक्छ।

  एकात्मक राज्य

सङ्घीय राज्यहरू भनेर पनि चिनिने सङ्घीयताको ठीक विपरीत एकात्मक राज्यहरू हुन्छन्। विश्वका धेरै जसो राज्यहरू (१९३ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूमध्ये १६६) सरकारको एकात्मक प्रणाली रहेको छ।[३]

सङ्घीयतासँगको तुलना

सरकारको एकात्मक प्रणालीलाई सङ्घीयताको विपरीत मान्न सकिन्छ। सङ्घीयतामा प्रदेश/प्रादेशिक सरकारले लिखित संविधानमार्फत समान कार्यदलका रूपमा केन्द्र सरकारसँग शक्ति बाँडफाँट गर्छ। त्यसका लागि दुवैको सहमति संशोधन आवश्यक हुन्छ। यसको अर्थ, उप-राष्ट्रिय एकाइहरूको अस्तित्व र शक्तिको अधिकार प्रदेशहरूलाई प्रदान गरिएको हुन्छ जसलाई केन्द्र सरकारले एकपक्षीय रूपमा परिवर्तन गर्न सक्दैन।[४]

तथापि, सङ्घीयता र विकेन्द्रीकरणबीच समानता रहेको छ। सङ्घीयता जस्तै एकात्मक राज्यभित्रको विकास सममित हुन सक्छ। सबै उप-राष्ट्रिय एकाइहरूमा समान शक्ति र हैसियत वा असममित हुन्छ। उप-राष्ट्रिय एकाइहरू आफ्नो शक्ति र स्थितिमा फरक-फरक हुन्छन्। धेरै एकात्मक राज्यहरूमा केही हदसम्म स्वायत्तता भएको कुनै क्षेत्र छैन। त्यस्ता देशहरूमा उप-राष्ट्रिय क्षेत्रहरूले आफ्नै कानुनको निर्णय गर्न सक्दैनन्। [५]उदाहरणका लागि रोमानिया, आयरल्यान्ड र नर्वे यस अन्तर्गत पर्दछ। स्वालबर मुख्य भूमिभन्दा पनि कम स्वायत्तता छ। यो सरकारद्वारा सिधै नियन्त्रित छ र यसको कुनै स्थानीय नियम छैन।

क्षेत्रीय एकीकरण र विच्छेदनको मार्ग

एकात्मक गणतन्त्र राज्य र एकात्मक राजतन्त्र राज्य

सार्वभौम सम्पन्न राष्ट्र वा अन्तरसरकारी सङ्गठनबाट आंशिक मान्यता प्राप्त राष्ट्रहरू

एकात्मक गणतन्त्र

एकात्मक राजतन्त्र

संयुक्त अधिराज्यउत्तर आयरल्यान्ड एकात्मक राज्यको उदाहरणहरू हुन्। स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा केही हदसम्म स्वायत्त शक्ति रहेको छ, तर त्यस्तो शक्ति संयुक्त अधिराज्यको संसदद्वारा प्रत्यायोजन गरिन्छ, जसले एकपक्षीय रूपमा परिवर्तन वा विघटन, समाप्त गर्ने कानुन लागू गर्न सक्छ। त्यसै गरी, स्पेनमा पनि केन्द्र सरकारमार्फत शक्तिहरू प्रत्यायोजन गरिन्छ।

...

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड