सिद्धार्थनगर नगरपालिका

सिद्धार्थनगर (पूर्व तथा हालसम्म चलनचलतीमा रहेको नाम: भैरहवा[५]) नेपालको लुम्बिनी प्रदेशमा पर्ने रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको जिल्लाको प्रशासनिक सदरमुकाम, नगरपालिका तथा प्रमुख उद्यौगिक नगर हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट २६५ किलोमिटर (१६५ माइल) पश्चिममा अवस्थित छ। गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी यो सहरबाट लगभग २५ किलोमिटर (१६ माइल) पश्चिममा अवस्थित छ।[६] यो सहर भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लाको भारतीय सहर सुनौलीसँग जोडिएको छ।[३] यो सहर नेपाल र भारतसँगको सीमा व्यापारमा वीरगन्ज नाकापछिको दोस्रो ठुलो नाका हो।[७]

सिद्धार्थनगर
भैरहवा
भैरहवा प्रवेशद्वार
भैरहवा प्रवेशद्वार
उपनाम: 
भैरहवा
सिद्धार्थनगर is located in लुम्बिनी प्रदेश
सिद्धार्थनगर
सिद्धार्थनगर
नक्सामा सिद्धार्थनगरको अवस्थिति
सिद्धार्थनगर is located in नेपाल
सिद्धार्थनगर
सिद्धार्थनगर
सिद्धार्थनगर (नेपाल)
निर्देशाङ्क: २७°३०′उ॰ ८३°२७′पू॰ / २७.५००°N ८३.४५०°E / 27.500; 83.450 ८३°२७′पू॰ / २७.५००°N ८३.४५०°E / 27.500; 83.450
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
नगर पञ्चायतवि.सं. २०२४ माघ २२[१]
समावेश गाउँ पञ्चायतमुजौली, बगाहा र पडसरी (आंशिक) र पक्लिहवा (पूर्ण)
समावेश गाउँ पञ्चायतबनगाई गाउँ सभा
सम्मिलित मितिवि.सं. २०२६ आसार २[२]
नामकरणगौतम बुद्ध[३]
सरकार
 • मेयरहरि प्रसाद अधिकारी (नेकपा एमाले)
 • उप मेयरउमा काफ्ले (नेकपा (एस))
क्षेत्रफल
 • जम्मा३६.०३ किमी (१३.९१ वर्ग माइल)
न्यूनतम उचाई
११० मिटर (३६० फिट)
जनसङ्ख्या
 • जम्मा६३४८३
 • घनत्व१८००/किमी (४६००/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङमुसलमान[३]
भाषा
 • मुख्य भाषाहरूनेपाली, अवधीभोजपुरी
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७१
वेबसाइटwww.siddharthanagar.org.np

रुपनदेही जिल्लाको तत्कालिन मुजौली, बगाहा र पडसरी गाउँ पञ्चायतको आंशिक भाग र पक्लिहवा गाउँ पञ्चायतको सम्पूर्ण क्षेत्रलाई मिलाएर वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत घोषणा गरिएको थियो।[१] नेपाली साहित्यकार तथा समाजसेवी कोमलदत्त तिवारीको प्रयासमा नगरको नाम 'सिद्धार्थनगर' नामकरणको प्रस्ताव नगर पञ्चायतबाट सिफारिस गरि जिल्ला पञ्चायतबाट पारित तथा सिफारिस भइसकेपछि तत्कालीन श्री ५ को सरकारद्वारा वि.सं. २०३३ चैत २[८] गतेदेखि लागु हुने गरि लालमोहर बक्स भएपछि तत्कालीन भैरहवाको नाम सिद्धार्थनगर कायम गरिएको थियो। आधिकारिक तथा सरकारी कामकाजमा हालको नाम प्रयोगमा रहे पनि आम जनमानसले यसलाई भैरहवा नै भनेर चिन्छन्।[९]

नामकरण

भैरवको नाउँबाट भैरव र कालान्तरमा स्थानीय जनमानसहरूद्वारा 'भैरवा' भन्दै जाँदा यसमा हवा (स्थान) जोडेर भैरहवा भन्न थालिएको हो।[९][१०] नगर पञ्चायत बनेको लगभग ९ वर्षपछि यो स्थानको नामलाई गौतम बुद्धको वाल्यकालको नाम सिद्धार्थ गौतमको नाममा यो नगर क्षेत्रको नाम सिद्धार्थनगर राखिएको हो।[११]

नगर प्रशासनिक इतिहास

राणाकालीन समयमा तत्कालीन शिवराज (वर्तमान: रुपनदेही जिल्ला)[१२][१३]को सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ सालमा भैरहवामा सारिएका थियो।[१४] वि.सं. २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पुष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि रुपनदेही जिल्ला गठन भएपछि सदरमुकामको रूपमा भैरहवालाई नै कायम गरिएको थियो।[१५]

भैरहवा[१६] रुपन्देही जिल्लाको प्रशासनिक सदरमुकाम हो जुन वर्तमान समयमा सिद्धार्थनगर नगरपालिकाको वडा नं. ७ भित्र पर्दछ। यो स्थल नै भैरहवा गाउँको पुरानो थलो हो।[१७] वि.सं. १९९० सालसम्म सामान्य घरहरू तथा स-साना वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि यस नगरमा नयाँ बस्ती विकास तथा मानिसहरू यहाँ आएर बसोबास गर्ने गतिमा तीव्रता आएको थियो।[१८]

जनसङ्ख्या

नगर पञ्चायतको रूपमा स्थापना भएको भैरहवा र पछि आएर तत्कालीन सरकारद्वारा यसका छिमेकी गाउँहरू यस नगर क्षेत्रभित्र गाभेपछि ती सबै स्थानको नेपालको वि.सं. २०६८ को जनगणना अनुसार समग्रमा सम्मिलित गर्दा सिद्धार्थनगरको जनसङ्ख्या ६३,४८३ पुगेको छ। यस नगरमा कुल १७,००० घरधुरी रहेका छन् भने कुल जनसङ्ख्यामध्ये ३१,८१० महिला र ३१,६७३ पुरुष रहेका छन्।[४]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड