स्पेसएक्स

स्पेसएक्स (अङ्ग्रेजी: SpaceX) एक निजी अमेरिकी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनी हो जसको मुख्यालय क्यालिफोर्नियामा रहेको छ। यसको स्थापना उद्यमी एलन मस्कद्वारा सन् २००२ मा अन्तरिक्ष परिवहन लागत कम गर्ने र मङ्गल ग्रहको उपनिवेशणको उद्देश्यले भएको थियो।[२][३][४] स्पेस एक्स ले कयौं गाडीहरू, स्टारलिङ्क उपग्रह मण्डल, ड्रागन कार्गो स्पेस क्राफ्टको विकास गरेको छ र इन्टरनेसनल स्पेस स्टेसनमा मानिसलाई पुर्‍याएको छ।

SpaceX KSC LC-39A hangar (23791728242).jpg
SpaceX KSC LC-39A hangar (23791728242)
स्पेसएक्स
उद्योगAerospace
स्थापितमे ६, २००२; २१ वर्ष पहिले (२००२-०५-06)[१]
स्थापनाकर्ताएलन मस्क
केन्द्रीय कार्यालय
क्यालिफोर्निया, अमेरिका
३३°५५′१५″N ११८°१९′४०″W / ३३.९२०७°N ११८.३२७८°W / 33.9207; -118.3278 ११८°१९′४०″W / ३३.९२०७°N ११८.३२७८°W / 33.9207; -118.3278
मुख्य व्यक्ति
उत्पादनहरू
सेवाहरूOrbital rocket launch
मालिकएलन मस्क ट्रष्ट
(54% equity; ७८% माताधिकार)
कर्मचारी सङ्ख्या
८,००० (मे २०२०)
वेबसाइटwww.spacex.com

सन् २००८ मा स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १" को प्रक्षेपण गरेको थियो।

इतिहास

२०१९ मा उत्तर अमेरिकी एरोस्पेस रक्षा समुदाय (नोराड) र एयरफोर्स स्पेस कमाण्डलाई स्पेसएक्स स्टारसिपको क्षमताको बयान गर्दै मस्क

२००१ मा, एलन मस्क गैरनाफामुलक संस्था मार्स सोसाइटी (अनुवाद: मङ्गल ग्रह समाज)मा संलग्न भएका थिए। उनी मङ्गल ग्रहमा बिरुवाको हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाट प्रभावित भए र त्यो परियोजनामा आफैले पैसा दिने कुरामा छलफल गरे।[५] २००१ अक्टोबरमा, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाट हरितगृह पेलोड अन्तरिक्षमा पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन र कोस्मोत्रास कम्पनीसंग छलफल गरे; यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे र एक जना रुसी प्रमुख डिजाइनरसंग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमा, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास संग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो। [६] आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाट,[७] मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेसएक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मा स्थापना गरे।[८] २०२१ अनुसार, उनी कम्पनीको सिइओ र मुख्य इन्जिनियर (Chief Engineer) पनि छन्।[९]

तीन असफल प्रक्षेपणपछि, २००८ मा चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमा पुग्ने यो पहिलो निजी तरल-इन्धन रकेट थियो।[१०] त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यवसायिक आपूर्ति सेवा कार्यक्रम (अङ्ग्रेजी: Commercial Resupply Services program) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो।[११] २०१२ मा, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो।[१२] पुनर्प्रायोज्य रकेटको लक्ष्यमा काम गर्दैगर्दा, २०१५ मा, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो।[१३] अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममा भएको थियो।[१४] २०१८ मा, स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमा राखिएको थियो।[१५][१६] २०१७ मा, स्पेसएक्सले अर्को पिढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्योI बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ।[१७] २०१८ मा, स्पेसएक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो ।[१८] २०२० मा, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो-२ प्रक्षेपण गर्यो, र स्पेसएक्स मानवलाई कक्षमा लैजान्र र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलो निजी कम्पनी बन्यो।[१९]

२०१५ मा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस (अनुवाद:उपग्रह इन्टरनेट पहुँच) प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो ।[२०] यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमा प्रक्षेपण गरियोI २०१९ मे मा परिक्षण स्याटेलाइटको दोस्रो खेप र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमा पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिएI [२१] दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छI [२२][note १]

करार

नासा

कट्स

व्यवसायिक कार्गो

व्यवसायिक क्रु

राष्ट्रिय सुरक्षा

अन्तरिक्ष पर्यटन

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड