हजरत अली
अली इब्न अबी तालिब (अरबी: علي ابن أبي طالب,जन्म:१३ सेप्टेम्बर ६०१ – २९ जनवरी ६६१) इस्लाम धर्मका नबी मुहम्मदका काकाका छोरा र ज्वाईँ र सहाबी थिए। जसले सन् ६५६ देखि ६६१ सम्म खलिफाको (प्रमुख) रूपमा सम्पूर्ण इस्लाम विश्वभर शासन गरेका थिए। सुन्नी इस्लामका अनुसार उनी चौथो रसिदुन खलिफा हुन्। शिया इस्लामका अनुसार उनी मुहम्मदका उत्तराधिकारी र मुहम्मदको पहिलो इमाम हुन्। उनी अबु तालिब इब्न अब्दुुल मुत्तालिब र फतिमा बिन्त असदका छोरा तथा फतिमाका श्रीमान र हसन र हुसेनका बुबा थिए। उनी अहल अल-किसा र अहल अल-बैतका एक सदस्य थिए।
अमिरुल मुमिनिन इमाम हजरत अली इब्न अबी तालिब علي ابن أبي طالب | |||||
---|---|---|---|---|---|
सूची
| |||||
चौँथो खलिफा सुन्नी इस्लाम | |||||
रशिदुन खिलाफत | ६५६–६६१[४] | ||||
पूर्वाधिकारी | उसमान इब्न आफफान | ||||
उत्तराधिकारी | हासान इब्न अली | ||||
प्रथम इमाम शिया इस्लाम | |||||
इमामत | ६३२–६६१ | ||||
उत्तराधिकारी | हसन इब्न अली | ||||
जन्म | अन्दाजी १५ सेप्टेम्बर ६०१ (१३ रजब २१ हिजरी सन्)[४] मक्का, हेजाज, अरब उपद्वीप[४][५] | ||||
मृत्यु | अन्दाजी २९ जनवरी ६६१ (२१ रमजान ४० हिजरी सन्) (उमेर ५९)[६][७] कुफा, इराक, रशिदुन खिलाफत | ||||
Burial | |||||
दाम्पत्य सङ्गिनी |
| ||||
सन्तान |
| ||||
| |||||
स्थानीय नाम | عَلِيّ ٱبْن أَبِي طَالِب | ||||
वंश | आहल अल-बइत | ||||
वंश | बनु हाशिम | ||||
वंश | कुराइश | ||||
बाबु | आबु तालिब इब्न अब्दुल मुत्तालिब | ||||
आमा | फतिमा बिन्त असाद | ||||
धर्म | इस्लाम | ||||
हस्ताक्षर | |||||
मृत्युको कारण | अली हत्याकाण्ड | ||||
निवास | इमाम अली मस्जिद, नजाफ, इराक ३१°५९′४६″N ४४°१८′५१″E / ३१.९९६१११°N ४४.३१४१६७°E ४४°१८′५१″E / ३१.९९६१११°N ४४.३१४१६७°E | ||||
स्मारक | इमाम अली मस्जिद, नजाफ प्रदेश, इराक | ||||
अन्य नाम |
| ||||
चिनारीको कारण | ज्ञान, प्रज्ञा, वीरता, साहसिकता, नेतृत्व, आध्यात्मिकता, दार्शनिकता, न्यायविचार | ||||
उल्लेखनीय कार्य | मुसहाफ अली, अल- जाफर, नाहनुल बालागा, गुरार अल-हिकाम वा दुरार अल-कलिम, दीवान अल-इमाम अली इब्न अबी तालिब, सहिफा अल-अलबिया | ||||
विपक्षी |
| ||||
आफन्त | मुहम्मद ﷺ (काकाका छोरा र ससुरा) | ||||
सैन्य कार्यजीवन | |||||
निष्ठा |
| ||||
सक्रिय सेवा अवधि | ६२३–६३२ ६५६–६६१ | ||||
युद्ध |
|
अरबी नाम | |
---|---|
व्यक्तिगत (इसम) | अली |
पैत्रिक (नसाब) | अली इब्न अबी तालिब इब्न अब्दुफ मुत्तलिब इब्न हाशिम इब्न आब्द मनाफ इब्न कुमाई इब्न किलाब |
डाकनाम (कुनिया) | अबुल हसन[४] |
उपाधि (लक्काब) | अबु तुराब |
एक बालकको रूपमा पैगम्बर मुहम्मद उनको हेरचाह गरेका थिए। पैगम्बर मोहम्मदका नजिकका नातेदारहरूले निमन्त्रणामा लगभग ९ देखि ११ वर्षको उमेरमा अली इस्लाममा पहिलो विश्वासी पत्र बनेका थिए।[८] त्यसपछि उनले सार्वजनिक रूपमा यवम अल-इन्जारको निमन्त्रणा स्वीकार गरेपछि मुहम्मदले उनलाई आफ्नो भाइ र उत्तराधिकारी बनाएका थिए। उनले मुहम्मदलाई लाइलात अल-मबितको रातमा हिजरत गर्न सहयोग गरेका थिए। मदिनामा बसाइँसरी मुसलमानहरू बीच भ्रातृत्व स्थापना गरेपछि, मुहम्मदले उनलाई आफ्नो भाइको रूपमा रोजेका थिए। उनी मदिनाका अधिकांश युद्धहरूमा ध्वजावाहक र आफ्नो बहादुरीको लागि प्रसिद्ध बनेका थिए। मुहम्मदको पहिलो उत्तराधिकारी जस्तो अधिकारको मुद्दाले मुसलमानहरू बीच एक ठूलो दरार सिर्जना गरेको थियो। त्यसकारण मुसलमानहरू शिया र सुन्नी समूहहरूमा विभाजित भएका थिए।
अबुु तालिब र फातिमा बिन असदको पुत्रको रूपमा कयौँ शास्त्रीय इस्लामीहरूको अनुसार इस्लाममा सबैभन्दा पवित्र स्थान मक्काको काबामा जन्म ग्रहण गर्ने अली एकमात्र व्यक्ति हुन्।[९] अली इस्लाम धर्म ग्रहण गर्ने पहिलो बालक थिए भने केही लेखकहरूकाा अनुसार उनी प्रथम मुसलमान थिए। अलीले मुहम्मदलाई आफ्नो सुरुवाती दिनहरूबाटै संरक्षण गर्न थालेका थिए भने मुस्लिम समुदायद्वारा लडिएको लगभग सबै युद्धहरूमा उनले भाग लिएका थिए। [४][१०]मदिनामा बसाइँसराइ गरेपछि उनले मुहम्मदकी छोरी फतिमासँग विवहा गरेका थिए। [११] खलिफ उसमान इब्न अफानको हत्या पछि सन् ६५६ मा मुहम्मदको सहाबाहरूले उनलाई खलिफाको रूपमा नियुक्त गरेका थिए। अलीको शासनकालमा गृहयुद्ध भएको थियो भने सन् ६६१ मा कुफाको जामा मस्जिदमा प्रार्थनाकाा लागि गएको बेला खारजी इब्न मुल्जिमले उनीमाथि आक्रमण गरि उनको हत्या गरेका थिए।[१२]
राजनीतिक र आध्यात्मिक रूपमा शिया र सुन्नी दुवै समुदायहरूका लागि अली एक महत्त्वपूर्ण व्यक्ति हुन्। अलीको बारेमा लेखिएको कयौँ जीवनी र स्रोतहरू साम्प्रदायिक रेखाहरूद्वारा पक्षपाति भएतापनि उनी एक सच्चा मुसलमान थिए भन्ने कुरामा सबैको मतैक्य रहेको छ। [१३][१४][१५]