...रेडि फर इट?

टेलर स्विफ्टको गीत

"...रेडि फर इट?"[१][२] अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। एल्बमको विज्ञापन एकलको रूपमा गीतलाई ३ सेप्टेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो। गीतले सङ्गीत आलोचकहरू द्वारा सकारात्मक समीक्षाहरू प्राप्त गरेको थियो भने आलोचकहरूले स्विफ्टको अघिल्लो एकल "लुक ह्वाट यु मे मि डु" भन्दा यस गीत सुधारिएको आएको धारण व्यक्त गरेका थिए।[३][४] व्यवसायीक रूपमा यस गीत अस्ट्रेलिया, क्यानडा, हङ्गेरी, मलेसिया, न्युजिल्यान्ड, स्कटल्यान्ड, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाको आधिकारिक चार्टहरूमा शीर्ष दश भित्र पर्न सफल भएको थियो। यो गीत लेबनान र आयरल्यान्डका चार्टहरूमा शीर्ष २० भित्र समावेश भएको थियो।

"...रेडि फर इट?"
टेलर स्विफ्टको एकल
सार्वजनिक२४ अक्टोबर २०१७ (2017-10-24)
ढाँचा
  • डिजिटल डाउनलोड
  • स्ट्रिमिङ
स्टुडियोम्याराथन स्टुडियो
किसिम
  • पप
  • इलेक्ट्रोपप
लम्बाई:२८
लेबलबिग मेसिन
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
  • अली पयामी
टेलर स्विफ्ट एकल कालक्रम
"लुक ह्वाट यु मेड मी डु"
(२०१७)
"...रेडि फर इट?"
(२०१७)
"इन्ड गेम"
(२०१७)
साङ्गीतिक भिडियो
"...रेडि फर इट?" युट्युबमा हेर्नुहोस्

पदोन्नति र सार्वजनिक

स्विफ्टले यस गीतको सानो अंश फ्लोरिया विरुद्ध अलाबामा राज्यको फुटबल खेलमा सार्वजनिक गरेकी थिइन्।[५] त्यहि दिनमा स्विफ्टले यो गीत विज्ञापन एकलको रूपमा उनको आउँदै छैटौँ एल्बम रेपुटेसनमा समावेश हुने घोषणा गरेकी थिइन्।[६] यो गीतलाई डिजिटल डाउनलोडमा ३ सेप्टेम्बर २०१७ मा उपलब्ध गराइएको थियो।[७] यो गीत २४ अक्टोबर २०१७ मा रिदमिक समकालीन रेडियो चार्टमा शीर्ष स्थानमा आएको थियो।[८]

लेखन र रचना

चार्ट प्रस्तुति

संयुक्त राज्य अमेरिकाको आधिकारिक चार्ट कम्पनी बिलबोर्ड हट १००मा गीत शीर्ष ४अौँ आउँदै चार्ट प्रवेश गरेको थियो भने गीत त्यस स्थानबाट माथि बढ्न सकेन। यस गीत स्विफ्टको बिलबोर्ड हट १०० मा शीर्ष दशमा आउने २२अौँ गीतको रूपमा स्थापित भएको थियो।[९] यस गीत डिजिटल सङ चार्टमा शीर्ष स्थानमा आएको थियो भने यस गीत डिजिटल सङ चार्टको शीर्ष स्थानमा आउने स्विफ्टको १३अौँ गीत बनेको थियो र तात्कालिक समयमा यस गीतका १३५,००० प्रतिलिपीहरू बिक्री भएका थिए।[१०] यस गीत सार्वजनिक भएको पहिलो हप्तामा १९ मिलियन स्ट्रीमहरूसँग स्ट्रीमिङ गीत चार्टमा पनि प्रवेश गरेको थियो। यस गीतले संयुक्त राज्य अमेरिकामा ५९०,००० प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।

...रेडि फर इट? गीत अस्ट्रेलियाका आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा ३ अौँ स्थानमा आउँद‌ै स्विफ्टको व्यक्तिगत गीतहरू मध्ये एरिया चार्टको शीर्ष ५ मा आउने १२अौँ गीतको रूपमा स्थापित भएको थियो।[११]

क्यानडाको आधिकारिक चार्ट कम्पनी क्यानडेली हट १०० मा गीत ७अौँ स्थान सम्म पुगेको थियो। संयुक्त अधिराज्यको आधिकारिक चार्ट कम्पनीमा गीत ७अौँ स्थानमा आएको थियो भने क्यानडा र संयुक्त अधिराज्यका चार्टहरूमा रेपुटेसन एल्बमको गीतको रूपमा चार्ट प्रवेश शीर्ष दशमा आउने दोस्रो गीत बनेको थियो। यो गीत न्युजिल्यान्डको चार्टमा ९अौँ स्थान र स्कटल्याण्डको चार्टमा ३अौँ स्थानमा पर्न सफल भएको थियो।

सङ्गीत भिडियो

उत्पादन र सार्वजनिक

"...रेडि फर इट?" गीतको आधिकारिक भिडियो २१ अगस्त २०१७ मा छायाङ्कन गरिएको थियो भने यस गीतको आवाज मात्र ३ सेप्टेम्बर २०१७ मा सार्वजनिक गरिएको थियो जसले तात्कालिक समयमा ४५ मिलियन अवलोकन प्राप्त गरेको छ। २३ अक्टोबर २०१७ मा स्विफ्टले भिडियोको सानो अंश सार्वजनिक गरेकी थिइन्।[१२] यस गीतको पूर्ण भिडियो २६ अक्टोबर २०१७ मा सार्वजनिक गरिएको थियो भने यस भिडियोमा निर्देशन जोसेफ केनले गरेका हुन्। यस भिडियो विज्ञान परिकल्पना र एनिमेको सन्दर्भमा निर्माण गरिएको छ। यस भिडियो सार्वजनिक भएको पहिलो दिनमै २०.४ मिलियन अवलोकन प्राप्त गरेको थियो।[१३][१४] जनवरी २०१९ का अनुसार यस गीतलाई युट्युबमा २३० मिलियन पटक हेरिएको छ।

सार

प्रत्यक्ष प्रस्तुति

टेलर स्विफ्टले "...रेडि फर इट?" गीत पहिलोपटक ११ नोभेम्बर २०१७ मा स्याटर्‍डे नाइट लाइभको ४३अौँ श्रृङ्खलामा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन् भने उनले त्यस गीत सँगसँगै "कल इट ह्वाट यु वान्ट" गीतको पनि प्रस्तुति दिएकी थिइन्।[१५][१६] स्विफ्टले १ डिसेम्बर २०१७ मा इङ्गलउड, क्यालिफोर्नियामा आयोजित जङ्गल बल २०१७ कार्यक्रममा पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१७] त्यस कार्यक्रमको दुई दिन पश्चात् क्यालिफोर्नियाको सेन होजेमा आयोजना गरिएको एक कार्यक्रममा पनि स्विफ्टले प्रस्तुति दिएकी थिइन्।[१८][१९][२०] त्यस कार्यक्रमको पछिल्लो हप्ता स्विफ्टले तीन फरकफरक स्थानमा गीतको प्रस्तुति दिएकी थिइन् जुन सिकागो, न्यू योर्क र लण्डनमा आयोजना गरिएको थियोे।

यस गीतलाई स्विफ्टले आफ्नो रेपुटेसन विश्व भ्रमणका बेलामा पनि विभिन्न स्थानहरूमा प्रस्तुति दिएकी थिइन्।[२१]

समायोजन

यस गीतको समायोजन संस्करणमा समायोजन गर्ने काम अमेरिकी सङ्गीतकार ब्लडपपले गरेका हुन् जुन १० डिसेम्बर २०१७ मा सार्वजनिक गरिएको थियोे।[२२] गीतको एस समायोजन संस्करणले आलोचकहरू द्वरा सकारात्मक समीक्षा प्राप्त गरेको थियो। उक्त समायोजन संस्करण सार्वजनिक भएको चार दिन पछि समायोजन गीतको एक पूर्ण सार भएको भिडियो स्विफ्टको युट्युब खातामा राखिएको थियो जसमा गीतको वास्तविक भिडियो पनि समावेश गरिएको थियो। जनवरी २०१८ का अनुसार यस भिडियोले युट्युबमा ८.६ मिलियन अवलोकन पाएको छ।

कर्मचारीहरू

  • टेलर स्विफ्ट – स्वर, लेखक र पृष्ठभूमि स्वर
  • म्याक्स मार्टिन – निर्माता, किबोर्ड
  • सेलब्याक – निर्माता, किबोर्ड र प्रोग्रामिङ
  • अली पेमी – निर्माता, किबोर्ड र प्रोग्रामिङ
  • रेन्डि मिरिल – मास्टरिङ
  • जोन हेन्स – समायोजन इन्जिनियर
  • ब्लडपप - समायोजक

चार्ट

साप्ताहिक चार्ट

चार्ट (२०१७–१८)शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[२३]
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[२४]२६
 क्यानडा (क्यानडेली हट १००)[२५]
 क्यानडा (क्यानडा एसी) बिलबोर्ड[२६]४४
 क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[२७]
 क्यानडा (क्यानडा हट एसी)[२८]१२
 क्रोएसिया (एचआरटी)[२९]५१
चेक गणतन्त्र (रेडियो शीर्ष १००)[३०]१८
चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[३१]२६
 फ्रान्स (एसएनइपी)[३२]१६४
 जर्मनी (आधिकारिक जर्मन चार्ट)[३३]४७
ग्रिस ग्रिस डिजिटल सङ (बिलबोर्ड)[३४]
 हङ्गेरी (सिङ्गल टप ४०)[३५]
 हङ्गेरी (प्रवाहित शीर्ष ४० सङ्गीत)[३६]२२
आयरल्यान्ड (आइआरएमए)[३७]१२
इजरायल (मिडिया फरेस्ट)[३८]
इटाली (एफआइएमआइ)[३९]६५
लेबनान (लेबनान टप २०)[४०]२०
 मलेसिया (आरआइएम)[४१]
नेदरल्यान्ड्स (एकल शीर्ष १०० गीत)[४२]७६
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[४३]
 नर्वे (भिजि-लिस्ता)[४४]३२
 पोल्यान्ड (पोल्यान्डेेेली एयरप्ले शीर्ष १००)[४५]४६
 पोर्तगाल (एएफपी)[४६]३०
स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[४७]
स्लोभाकिया (एकल डिजिटल टप गीत)[४८]२५
 स्पेन (प्रो म्युजिका)[४९]७०
 स्विडेन (सर्भिजटपलिसन)[५०]३२
स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[५१]४१
युके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[५२]
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[५३]
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[५४]२६
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[५५]१०
 संयुक्त राज्य अमेरिका डान्स क्लब गीत (बिलबोर्ड)[५६]३४
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[५७]१२
 संयुक्त राज्य अमेरिका रिदमिक (बिलबोर्ड)[५८]३७

प्रमाणपत्र र बिक्री

देशप्रमाणपत्रकम्पनी
 अस्ट्रेलिया (एरिया)२× प्लेटिनम
[५९]
१४०,०००
बेल्जियम (बिइए)प्लेटिनम
[६०]
३०,०००
 क्यानडा (म्युजिक क्यानडा)२× प्लेटिनम
[६१]
१६०,०००
 स्विडेन (जिएलएफ)गोल्ड
[६२]
२०,०००
स्विट्जरल्यान्ड (आएएफपीआइ स्विट्जरल्यान्ड)२× प्लेटिनम
[६३]
६०,०००
 संयुक्त अधिराज्य (बिपिआइ)गोल्ड
[६४]
२००,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए)२× प्लेटिनम
[६५]
२,०००,०००

सार्वजनिक इतिहास

क्षेत्रमितिढाँचासंस्करणलेबलसन्दर्भ
विभिन्न३ सेप्टेम्बर २०१७
  • डिजिटल डाउनलोड
वास्तविकबिग मेसिन[६६]
 संयुक्त राज्य अमेरिका२४ अगस्त २०१७रिदमिक समकालीन
विभिन्न१० डिसेम्बर २०१७डिजिटल डाउनलोडब्लडपप समायोजन[६७]

सन्दर्भ सामग्री

बाह्य कडीहरू

गीतको सार

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड