मेटा

सामाजिक सञ्जाल वेबसाइट फेसबुक सञ्चालन गर्ने अमेरिकी बहुराष्ट्रीय इन्टरनेट कम्पनी

मेटा एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो जुन मेन्लो पार्क क्यालिफोर्नियामा अवस्थित छ। यो कम्पनीको स्थापना मार्क जुकरबर्गद्वारा हार्वर्ड कलेजमा अध्ययन गर्ने आफ्ना समकालीन साथीहरू एडुआर्डो स्याभरिन, एन्ड्रयु म्याककोलम, डस्टिन मोस्कोभिज र क्रिस ह्युज्ससँग मिलेर मूल रूपले द फेसबुक डटकम- वर्तमान फेसबुक, लोकप्रिय विश्वव्यापी सामाजिक सञ्जाल वेबसाइटको रूपमा स्थापित गरेका थिए। यसलाई अमेजन, एप्पलगुगलसँगै ठूला पाँच प्राविधिक कम्पनीहरूमध्ये एकको रूपमा मान्ने गरिएको छ। फेसबुक संसारकै सबैभन्दा धनी कम्पनीहरूमध्ये एक हो। जनवरी २०१९ मा कम्पनीको बजार मूल्य ५८२ अर्ब अमेरिकी डलर पुगेको थियो।[७]

मेटा निगम
पूर्व नाम
फेसबुक निगम (२००४–२०२१)
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
  • श्रेणी क: न्याजड्याकFB
  • न्याजड्याक-१०० भाग
  • एसएन्डपी १०० भाग
  • एसएन्डपी ५०० भाग
  • श्रेणी ख: असूचिकृत
आइएसआइएनUS30303M1027 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योग
स्थापितफेब्रुअरी ४, २००४; २० वर्ष पहिले (२००४-०२-04) क्याम्ब्रिज, म्यासेचुसेट्स
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालय,
अमेरिका
सेवा क्षेत्र
विश्वव्यापी (निषेधित राष्ट्रहरू बाहेक)
मुख्य व्यक्ति
उत्पादनहरू
राजश्ववृद्धि अमेरिकी$५५.८३८ अर्ब (सन् २०१८)
परिचालन आय
वृद्धि अमेरिकी$२४.९१३ अर्ब (सन् २०१८)
खुद आम्दानी
वृद्धि अमेरिकी$२२.१११ अर्ब (सन् २०१८)
कुल सम्पत्तिवृद्धि अमेरिकी$९७.३३४ अर्ब (सन् २०१८)
कुल इक्विटीवृद्धि अमेरिकी$८४.१२७ अर्ब (सन् २०१८)
कर्मचारी सङ्ख्या
४३,०३०[१] (सेप्टेम्बर ३०, २०१९)
वेबसाइटएबाउट.फेसबुक.कम
पद टिप्पणी / स्रोतहरू
[२][३][४][५][६]

फेसबुकले अन्य उत्पादन र सेवाहरू समेत प्रदान गर्ने गर्दछ। फेसबुक निगमले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलसलाई अधिग्रहण गरेको छ भने यसले स्वतन्त्र रूपमा म्यासेञ्जर, दृश्य र पोर्टलको निर्माण गरेको छ।

इतिहास

फेसबुकले सन् २०१२ फेब्रुअरी १ मा प्रथम सार्वजनिक निष्कासन[८](आइपिओ) गर्ने आवेदन दायर गरेको थियो।[९] प्रारम्भिक वक्तव्यमा कम्पनीले ५० करोड अमेरिकी डलर सङ्कलन गर्ने प्रयास गरिरहेको जनाइएको थियो। ८४.५ करोड सक्रिय मासिक प्रयोगकर्ता र फेसबुक वेबसाइटमा २७ करोड दैनिक मन पराइइने र टिप्पणी हुने गरेको दस्तावेजमा उल्लेख गरिएको थियो।[१०] प्रथम सार्वजनिक निष्कासन पछि जुकरबर्गसँग फेसबुक निगममा २२% स्वामित्व भाग र ५७% मतदान सेयर रहनेछ।[११]

बिमालेखकहरूले फेसबुकको प्रतिकित्ता सेयर मूल्य ३८ अमेरिकी डलर तोकेको थियो तर कम्पनीले प्रतिकित्ता सेयरको मूल्य १०४ अमेरिकी डलर पाएको थियो जुन त्यससमयको कुनैपनि नयाँ सार्वजनिक कम्पनीको लागि सबैभन्दा बढी प्रतिकित्ता सेयर मूल्याङ्कन थियो।[१२] प्रथम सार्वजनिक निष्कासन भन्दा ठीक एक दिन अगावै २०१२ मे १६ को दिन बजारमा उच्च मागको कारण प्रारम्भमा नियोजित गरिएको भन्दा २५% धेरै सेयर बेच्ने फेसबुक निगमले घोषणा गरेको थियो।[१३] प्रथम सार्वजनिक निष्कासनबाट फेसबुक निगमले $१६० करोड उठाउन सफल भएको थियो जुन अमेरिकी इतिहासको तेस्रो ठुलो लगानी (एटिएन्डटी वायरलेसभन्दा थोरै अगाडि र जनरल मोटर्स र भिजा कम्पनीभन्दा पछाडी) बन्न पुगेको थियो।[१४][१५] धितोपत्रको मूल्यले कम्पनीलाई अमेरिकी बजारमा केही ठूला कम्पनीहरू बाहेक अमेजन, म्याकडोनाल्ड्स, वाल्ट डिज्नी र क्राफ्ट हाउस जस्ता दिग्गज कम्पनीहरूलाई पछाडी धकेल्दै उच्च बजार पुँजीकरण कायम गर्न सफल भएको थियो जसको फलस्वरूप जुकरबर्गको स्वामित्वमा रहेको सेयरको मूल्य $१९० करोड पुगेको थियो।[१४][१५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड