अक्सफोर्ड विश्वविद्यालय

अक्सफोर्ड विश्वविद्यालय (कानूनी रूपमा द चान्सलर, मास्टर्स एन्ड स्कलर्स अफ द युनिभर्सिटी अफ द अक्सफोर्ड) अक्सफोर्ड, अक्सफोर्डसायर, इङ्ल्यान्डमा रहेको एउटा कलेजिएट अनुसन्धान विश्वविद्यालय हो। यहाँ सन् १०६९ देखि नै अध्यापन हुँदै आइरहेको प्रमाणहरू भेटिएका छन्,[२] जसले यस विश्वविद्यालयलाई अङ्ग्रेजी-बोल्ने विश्वको सबैभन्दा पुरानो विश्वविद्यालयको तथा नियमित सञ्चालनमा रहेको विश्वको दोस्रो पुरानो विश्वविद्यालयको रूपमा चिनाउँछन्।[२][१०] यसको द्रुतदर विकास सन् ११६७ देखि भएको पाइन्छ जति बेला हेनरी द्वितीयले अङ्ग्रेज विद्यार्थीहरूलाई पेरिस विश्वविद्यालयमा भर्ना हुनबाट रोक लगाएका थिए।[२] सन् १२०९ मा विद्यार्थीहरू र अक्सफोर्ड नगरवासीहरू बीच विवास पश्चात् केही शिक्षाकर्मीहरू उत्तर-पूर्वी क्षेत्र क्याम्ब्रिज गए जहाँ उनीहरूले छुट्टै शिक्षालयको स्थापना गरे जुन क्याम्ब्रिज विश्वविद्यालय बन्यो।[११] यी दुई अङ्ग्रेजी प्राचीन विश्वविद्यालयहरूका विभिन्न समान विशेषताहरू रहेका छन् र सामूहिक रूपमा अक्सब्रिजको नामले पनि चिनिन्छन्।

अक्सफोर्ड विश्वविद्यालय
निशान छाप
रोमन: Universitas Oxoniensis
उपनाम
द चान्सलर, मास्टर्स एन्ड स्कलर्स अफ द युनिभर्सिटी अफ द अक्सफोर्ड[१]
आदर्श वाक्यरोमन: Dominus illuminatio mea
नेपालीमा आदर्श वाक्य
The Lord is my light
प्रकारसामुदायिक अनुसन्धान विश्वविद्यालय
स्थापनाअन्दाजी १०९६; ९२८ वर्ष अघि (१०९६)[२]
इन्डोमेन्ट£६.१ बिलियन (कलेजहरू सहित) (३१ जुलाई २०१९ अनुसार)[३]
बजेट£२.४५ बिलियन (कलेजहरू बाहेक) (सन् २०१८–२०१९)[३]
कुलपतिद लर्ड प्याटन अफ बार्नेस
उप-कुलपतिलुइन रिचार्डसन[४][५]
शैक्षिक कर्मचारी
७०००+ [६]
विद्यार्थीहरू२४,५१५ (सन् २०१९) [७]
स्नातकहरू११,९५५
स्नातकोत्तरहरू१२,०१०
अन्य विद्यार्थीहरू
५४१ (सन् २०१७)[८]
स्थान
अक्सफोर्ड, अक्सफोर्डसायर
,
इङ्ल्यान्ड, संयुक्त अधिराज्य

५१°४५′१८″उ॰ ०१°१५′१८″प॰ / ५१.७५५००°N १.२५५००°W / 51.75500; -1.25500 ०१°१५′१८″प॰ / ५१.७५५००°N १.२५५००°W / 51.75500; -1.25500
क्याम्पसविश्वविद्यालय नगर
रङ्गहरू  अक्सफोर्ड निलो[९]
एथ्लेटिक्सखेल सम्बन्धित निलो
सम्बन्धनहरूआइएआरयु
रुसेल समूह
युरोपियम
इयुए
सुनौलो त्रिभुज
जी५
एलइआरयु
एसइएस
युनिभर्सिटिज युके
वेबसाइटox.ac.uk

यो विश्वविद्यालय ३९ वटा अर्ध-स्वायत्त आङ्गिक क्याम्पसहरू, ५ स्थायी नीजि हलहरू, र चार वटा प्रभागमा व्यवस्थित विभिन्न शैक्षिक विभागहरूले बनेको छ।[१२] सबै कलेजहरू विश्वविद्यालय भित्र रहेका स्वशासित संस्थाहरू हुन्, जसले आफ्नो सदस्यता तथा आन्तरिक संसचना र क्रियाकलापहरूको व्यवस्थापन स्वयं गर्दछन्। सबै विद्यार्थीहरू कलेजका सदस्यहरू हुन्।[१३] यसको कुनै मुख्य क्याम्पस रहेको छैन्, र यसका भवन तथा संसाधनहरू नगर केन्द्रमा छरिएर रहेका छन्। अक्सफोर्डमा स्नातक शिक्षण साप्ताहिक रूपमा साना-समूहमा कलेजहरू र हलहरूमा ट्युटोरियलहरूको रूपमा चलाइन्छ - यो अक्सब्रिज प्रणालीको एउटा नितान्त फरक विशेषता हो। यसको अलावा केन्द्रीय विश्वविद्यालय फ्याकल्टी र विभागहरूले कक्षाहरू, लेक्चरहरू, सेमिनारहरू, प्रयोगात्मक कृयाकलाप र कहिलेकाँही थप ट्युटोरियलहरू समेत प्रदान गर्ने गर्दछन्। स्नातकोत्तर शिक्षा मुख्य रूपमा केन्द्रीय रूपमा प्रदान गरिन्छ।

अक्सफोर्डले विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय सङ्ग्रहालय सञ्चालन गर्दछ, साथै यसले विश्वकै ठूलो युनिभर्सिटि प्रेस [१४] र सबैभन्दा ठूलो देशव्यापी शैक्षणिक पुस्तकालय प्रणाली समेत सञ्चालन गर्दछ।[१५] आर्थिक वर्षको समाप्ति २१ जुलाई २०१९ मा विश्वविद्यालयको जम्मा आय £२.४५ बिलियन थियो, जस मध्ये £६२४.८ मिलियन अनुसन्धान अनुदान र अनुबन्धहरूबाट प्राप्त भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड