इभान राकिटिच

इभान रेकिटिच (जन्म १० मार्च १९८८) क्रोएसियन पेशेवर फुटबलर हुन् जो स्पेनी क्लब बार्सिलोना र क्रोएसिया राष्ट्रिय टिमका लागि केन्द्रिय वा आक्रामक मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् । बसेलबाट व्यवसायिक फुटबल जीवनवृत्ती सुरू गरेका रेकिटिचले साल्के ०४ सँग हस्ताक्षर गर्नुअघि दुई वर्ष बिताएका थिए । बुन्डेसलिगामा साढे तीन सिजन खेलपछी जनवरी २०११ मा सेभिया फुटबल क्लबमा उनको स्थानान्तरण भएको थियो । सेभियामा रहँदा उनी राम्रो लयमा थिए । दुई वर्षपछी उनलाई कप्तान पनि बनाइयो जसको राम्रो नतिजा आयो-सेभियाले यूइएफए यूरोपा लिग जित्यो । २०१४ को जुन महिनामा एफसी बार्सिलोनाका प्रबन्धक लुइस एनरिकेले रेकिटिचलाई बार्सिलोनामा ल्याए जहाँ पहिलो सिजन घरेलु लिगमा उनले ५ गोल गरे । स्विजरल्यान्ड युवा तहका उत्पादन रेकिटिचको जन्म स्विजरल्यान्डमा भएपनि उनी अन्तराष्ट्रिय स्तरमा क्रोएसिया फुटबल टिमको प्रतिनिधित्व गर्छन् । २००७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रेकिटिचले यूइएफए यूरो २००८, यूइएफए यूरो २०१२,युइएफए यूरो २०१६ अनि २०१४ र २०१८ को फिफा विश्वकप खेलिसकेका छन् ।

इभान राकिटिच
व्यक्तिगत जानकारी
पुरा नामइभान रेकिटिच[१]
जन्म मिति (1988-03-10) १० मार्च १९८८ (उमेर ३६)
जन्म स्थानरेनफिल्डेन,स्विट्जरल्यान्ड [२]
उचाइ१.८४ मि[३]
खेल्ने स्थान(हरू)मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
एफसी बार्सिलोना
सङ्ख्या
युवा करियर
१९९२–१९९५Möhlin-Riburg
१९९५–२००५एफसी बसेल
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००५–२००७एफसी बसेल३४(११)
२००७–२०११साल्के ०४९७(१२)
२०११–२०१४सेभिल्ला एफसी११७(२७)
२०१४–एफसी बार्सिलोना१६९(२४)
अन्तर्राष्ट्रिय करियर
२००६–२००७स्विट्जरल्यान्ड अन्डर २१(१)
२००९–२०१०क्रोएसिया अन्डर २१(२)
२००७–क्रोएसिया१०४(१५)
सम्मान
पुरुष फुटबल
 क्रोएसियाको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
उप-विजेता२०१८ फिफा विश्वकप
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:४५, १५ जुलाई २०१८ (युटिसी)

यो पनि हेर्नुहोस

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड