टोङ्गा

टोङ्गा, आधिकारिक रूपमा टोङ्गा अधिराज्य, पोलिनेसियामा अवस्थित एक द्वीप देश हो जुन ओसिनियाको एक भाग हो। यस देशमा १७१ टापुहरू छन् जसमध्ये ४५ टापुहरूमा बसोबास भएको छ।[१] यसको कुल सतह क्षेत्रफल लगभग ७५० वर्ग किलोमिटर (२९० वर्ग माइल) रहेको छ, जुन दक्षिणी प्रशान्त महासागरमा ७,००,००० वर्ग किलोमिटर (२,७०,००० वर्ग माइल) भन्दा बढी फैलिएको छ। सन् २०२१ सम्म, जोनसन्स ट्रिब्यूनका अनुसार, टोङ्गाको जनसङ्ख्या १,०४,४९४ रहेको छ जसमध्ये ७०% मुख्य टापु, टोङ्गा टापुमा बस्छन्।[७] यो देश लगभग ८०० किलोमिटर (५०० माइल) उत्तर-दक्षिणमा फैलिएको छ। यसको उत्तर-पश्चिममा फिजी र वालिस र फुतुना (फ्रान्स), उत्तरपूर्वमा सामोआ, पश्चिममा न्यु क्यालेडोनिया (फ्रान्स) र भानुअटु, पूर्वमा नियु (निकटतम विदेशी क्षेत्र) र दक्षिण-पश्चिममा केर्माडेक (न्युजिल्यान्ड) ले घेरेको छ। टोङ्गा न्युजिल्यान्डको उत्तरी टापुबाट करिब १,८०० किलोमिटर (१,१०० माइल) टाढा रहेको छ। टोङ्गा राष्ट्रमण्डलको सदस्य हो।

टोङ्गा अधिराज्य
Puleʻanga Fakatuʻi ʻo Tonga (टोङ्गाली)
टोङ्गाको झन्डा
झन्डा
टोङ्गाको निशान छाप
निशान छाप
आदर्श वाक्य: "Ko e ʻOtua mo Tonga ko hoku tofiʻa"
"भगवान र टोङ्गा मेरो उत्तराधिकार हुन्"
राष्ट्रिय गान: "Ko e fasi ʻo e tuʻi ʻo e ʻOtu Tonga"
"टोङ्गाली टापुका राजाको गीत"
टोङ्गा
राजधानी
र सबैभन्दा ठुलो सहर
नुकुअलोफा
२१°०८′द॰ १७५°१२′प॰ / २१.१३३°S १७५.२००°W / -21.133; -175.200
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(सन् २०१८[१])
  • ९७% टोङ्गाली
  • ०.७% युरोनेसियाली
  • २.३% अन्य
धर्म
(सन् २०१६)[२]
रैथाने(हरू)टोङ्गाली
सरकारएकात्मक संसदीय अर्थ-संवैधानिक राजतन्त्र
• राजा
टुपोउ छैटौँ
• प्रधानमन्त्री
सियाओसी सोभालेनी
• सभामुख
फाताफेई फाकाफानुआ
व्यवस्थापिकासंसद
स्वतन्त्र 
• स्वतन्त्र घोषणा
४ जुन १९७०
क्षेत्रफल
• जम्मा
७४८ किमी (२८९ वर्ग माइल) (१७५औँ)
• पानी (%)
४.०
जनसङ्ख्या
• सन् २०२१ जनगणना
१,००,२०९[३] (१९९औँ)
• घनत्व
१३९ /किमी2 (३६०.० /वर्ग माइल) (७६औँa)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$६५.५ करोड
• प्रति व्यक्ति
$6,496[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$४९.३ करोड
• प्रति व्यक्ति
$४,८८८[४]
गिनी (सन् २०१५)३७.६[५]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०२१)०.७४५[६]
उच्च · ९१औँ
मुद्रापाङ्गा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१३
सडक प्रयोगदायाँ
टेलिफोन कोड+६७६
इन्टरनेट डोमेनडटटिओ
  1. सन् २००५ को तथ्याङ्क अनुसार।

लगभग २,५०० वर्ष पहिले टोङ्गामा लापिटा सभ्यता, पोलिनेसियाली जातिहरूले बसोबास गरेका थिए जसले बिस्तारै टोङ्गाली जातिहरूको रूपमा एक विशिष्ट र बलियो जातीय पहिचान र भाषा र संस्कृतिको विकास गरेका थिए। उनीहरू दक्षिण प्रशान्त महासागरमा एक शक्तिशाली आधार स्थापित गर्न सफल भएका थिए। टोङ्गाको विस्तारवाद र उपनिवेशीकरणको यस अवधिलाई तुई टोङ्गा साम्राज्यको रूपमा चिनिन्छ। पहिलो टोङ्गाली राजाको शासनबाट, अहोइतु, टोङ्गा एक क्षेत्रीय शक्तिको रूपमा विकसित भएको थियो। थालासोक्रेसी नामक साम्राज्यले सोलोमन टापुका केही भागहरू र पश्चिममा न्यु क्यालेडोनिया र फिजीदेखि समोआ र नियुसम्म र पूर्वमा आधुनिक समयको फ्रान्सेली पोलिनेसियाको केही भागसम्म प्रशान्त महासागरको अभूतपूर्व क्षेत्रहरू माथि विजय प्राप्त गर्दै नियन्त्रण गरेको थियो। तुई टोङ्गा प्रशान्त महासागरमा यसको आर्थिक, जातीय र सांस्कृतिक प्रभावको लागि प्रसिद्ध भएको थियो, जुन १३औँ शताब्दीको सामोन क्रान्ति र सन् १६१६ मा युरोपेलीहरूले टापुहरूको खोज पछि पनि बलियो रहेको थियो।[८]

सन् १९०० देखि १९७० सम्म टोङ्गालाई बेलायती संरक्षित राज्यको दर्जा प्राप्त थियो। संयुक्त अधिराज्यले मित्रताको सन्धि अन्तर्गत टोङ्गाको विदेश मामिला सम्हालेको थियो, तर टोङ्गाले आफ्नो सार्वभौमिकता कुनै पनि विदेशी शक्तिलाई कहिल्यै छोडेन। सन् २०१० मा, टोङ्गाले आफ्नो परम्परागत निरङ्कुश राजतन्त्रबाट निर्णायक कदम चालेको थियो र संसदीय सुधारहरूले यसको पहिलो आंशिक प्रतिनिधि निर्वाचनको लागि मार्ग प्रशस्त गरेपछि पूर्ण रूपमा क्रियाशील संवैधानिक राजतन्त्र बनेको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड