पो नदी

पो इटालीको सबैभन्दा लामो नदी हो। यो नदी कोटियन आल्प्सबाट सुरु भएर उत्तरी इटालीको पूर्वतिर बग्दछ। नदीको लम्बाई ६५२ किलोमिटर (४०५ माइल) वा ६८२ किलोमिटर (४२४ माइल) छ (यदि माइरा, दायाँ किनारको सहायक नदी समावेश गरिएमा)। 'पो' को श्रोत एक झर्ना हो जुन पियान डेल रेमा चट्टानी पहाडबाट निस्कन्छ जुन, मोन्भिसोको उत्तरपश्चिमी पो उपत्यकाकोमा शिरमा पर्छ। 'पो' त्यसपछि, भूमध्य रेखाबाट ४५ डिग्री उत्तर तिर विस्तार हुन्छ र भेनिस नजिकै एड्रियाटिक सागरमा प्रक्षेपण गर्ने डेल्टामा समाप्त हुन्छ।

यसको ठूलो फैलावट यसको विशेषता हो (१,००० किलोमिटर भन्दा माथिका धेरै नदीहरूको विस्तार 'पो' को भन्दा कम वा बराबर छ)।  यो रोन र नील नदीहरूसँगै सबैभन्दा ठूलो पानीको बहाव भएको तीन भूमध्यक्षेत्रका नदीहरू मध्ये एक हो। यस कारण नदी क्षेत्रमा भारी बाढीको सम्भावना रहन्छ। फलस्वरूप, यसको आधा भन्दा बढी लम्बाइ तटबन्धद्वारा नियन्त्रित गरिएको छ।

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड