मुख
मुख जन्तु जगतको प्राणीको बाह्य संरचनामा हुने खुल्ने भाग हो। मुखको खाना खाने र आवाज निकाल्ने प्रक्रियामा भुमिका रहन्छ। यो पाचन पक्रिया निमित्त एलिमेन्ट्री क्यानल सँग जोडिएको हुन्छ भने उच्च विकसित जन्तुमा ओठ, दाँत, जस्ता विकास भएका हुन्छन्।[१] यसलाई बक्कल क्याभिटी, (बक्कल भन्नाले ल्याटिनमा गाला भन्ने अर्थ हुन्छ)[२] ओरल क्याभिटी जस्ता शब्द पनि प्रयोग गरिन्छन्।
ढाड भएका जन्तुमा पाचन प्रक्रियाका सबै संरचनागत प्रणाली विकास भएका हुन्छन् (यस अन्तर्गत मुख देखि मलद्वार सम्म विकास भएका हुन्छन्)। भ्रुण अवस्था देखि विकास हुने अवस्थामा मुखको या मलद्वारको विकास हुने भिन्नतामा, प्रोटोस्टोमस् वा डियुटोरोस्टोमस् जस्ता शब्द प्रयोग गरिन्छन्।
संरचना
स्पंजहरू र प्लाकोजोआन्स बाहेक, प्राय सबै पशुहरूको आन्तरिक पेटको संरचना हुने गर्दछ। यसलाईग्यास्ट्रोडर्मल कोषहरूद्वारा संरचनाहरु विकास भएका हुन्छन्। कम विकासित, ढाड नभएका प्राणी जस्तै सि एनिमोनमा मुख नै मलद्वार को काम गर्दछ। मुखको वरिपरि रहेका गोलाकार मांसपेशीहरूले यसलाई खोल्न वा बन्द गर्न क्रममा आराम गर्न वा संकुचन गर्न मदत गर्दछन्। खाना आफुतिर समाहित गर्न टेन्न्टेकलहरुले सहयोग गर्दछ। खाना पहिले फ्यारेन्क्समा जान्छ र पाचन गैस्ट्रोभास्कुलर क्याभिटीमा बाह्य क्षेत्रमा हुन्छ।
एनेलिड्समा साधारण ट्यूब-जस्तो हुन्छ र अनावश्यक अपाच्य सामग्रीहरुलाई मलद्वाराबाट नै निषकासन गर्दछन्। मोलुस्कहरुको भने रेडुलाले सुक्ष्म कणहरुलाई कोतर्न सहयोग गर्दछ। केही साह्रो भाग (एक्जोस्केलेटन) विकास भएका किरा बर्गमा भने मुखका विभिन्न भाग विकास भएका हुन्छन्।
ढाड भएका जन्तुमा भने मुखको संरचनागत विकास भएका हुन्छ। माछामा मुखनेरै ओपरकुलर क्याभिटीको पनि विकास भएका हुन्छन्। पानी मुखमा जान्छन्, गिल्स् सम्म पुग्दछन् र ओपेरकुलम बाट पानी निसक्न्छन्।