सामसङ

दक्षिण कोरियाको विद्युतीय समान उत्पादन गर्ने कम्पनी

सामसङ (कोरियाली: 삼성) (हन्जा: 三星); (कोरियाली उच्चारण = सामसङ जुलुब) (अनुवादित "तीन तारा") (उच्चारण), एक दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हो जसको मुख्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ।[७] यसले असङ्ख्य सम्बद्ध व्यवसायहरू समावेश गरेको छ। तिनीहरू मध्ये अधिकांश सामसङ ब्रान्ड अन्तर्गत एकजुट भएका छन्। यो दक्षिण कोरियाको सबैभन्दा बहु-उद्योग कम्पनी समेत हो। [७]

सामसङ
मौलिक नाम
삼성 (三星)
व्यवसाय प्रकार
निजी
उद्योगबहु-उद्योग कम्पनी
स्थापित१ मार्च १९३८; ८६ वर्ष पहिले (१९३८-०३-01)
स्थापनाकर्तालि ब्योङ-चुल[१]
केन्द्रीय कार्यालय
सियोचो जिल्ला, सउल
,
सेवा क्षेत्र
संसारभरि
मुख्य व्यक्ति
लि कुङ-ही
(अध्यक्ष)
लि जे-योङ
(उपाध्यक्ष)
उत्पादनहरूवस्त्र, मोटर वहान, रसायन, उपभोक्त विद्युतीय सामग्री, विद्युतीय घटक, शल्य उपकरण, अर्धचालक, एकीकृत परिपथ, पानीजहाज, दूरसञ्चार उपकरण, घरायसी सामग्री[२]
सेवाहरूविज्ञापन, निर्माण, मनोरञ्जन, वित्तीय सेवा, अतिथिसत्कार, जानकार तथा सूचना प्रविधि, चिकित्सकिय र स्वास्थ्य सेवा, खुद्रा व्यापार, पानी जहाज निर्माण
राजश्ववृद्धि २०८.५ अर्ब[३] (सन् २०१८[४])
परिचालन आय
6,700,000,000 अमेरिकी डलर (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
खुद आम्दानी
वृद्धि ३७.१. अर्ब[५] (2017)
कुल सम्पत्तिवृद्धि $२६५ अर्ब[५] (सन् २०१७)
कुल इक्विटीवृद्धि $१८८.९ अर्ब[५] (सन् २०१७)
कर्मचारी सङ्ख्या
३०९,६३०[६] (2018)
सहायक कम्पनीहरूसामसङ विद्युतीय कम्पनी
सामसङ अभियान्त्रिक
सामसङ निर्माण तथा व्यापार निगम
सामसङ ठूला उद्योग
सामसङ एसडिएस
सामसङ जीवन बिमा
सामसङ आगो र समुद्री बिमा
चिले
वेबसाइटsamsung.com

सामसङलाई सन् १९३८ मा, व्यापारिक कम्पनीको रूपमा लि ब्योङ चुलले स्थापना गरेका थिए।[८] अर्को तीन दशकहरूमा, समूहले खाद्य प्रसोधन, कपडा, बीमा, धितो, र खुद्रा लगायतका क्षेत्रहरूमा विविधीकरण गरेको थियो।[३] सामसङले सन् १९६० को दशकको अन्त्यतिर विद्युतीय उद्योगमा प्रवेश गरेको थियो र सन् १९६० को मध्यमा विभिन्न प्रकारका नर्माण तथा जहाज निर्माण उद्योगमा अग्रसर भएको थियो। सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ चार व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह र हाल्सोल समूह समावेश छ।[९]

त्यसबेलादेखि सामसङको नामबाट व्यापारलाई वृद्धिलाई बढाउनका लागि कम्पनीले धेरै सम्बद्ध कम्पनीहरू स्थापना गरेको छ। [१०][११] सन् १९६० को दशकको अन्ततिर, समायोजन र अधिग्रहणको प्रतिनिधिको रूपमा, यो हाल संसारको सबैभन्दा ठूलो संयुक्त समूहको रूपमा अघि बढेको छ। (कोरियाली ) सन् १९९० उत्तरार्ध, सामसङले आफ्ना गतिविधि र विद्युतीय निर्माणमा उल्लेखनीय वृद्धि हासिल गरेको थियो।[१२] हाल, विशेष गरी यसका मोबाइल फोन र अर्धचालकहरू यसको सबैभन्दा महत्त्वपूर्ण आयको स्रोत भएको छ। सन् २०१७ सम्म, सामसङले छैटौँ उच्चतम विश्वव्यापी ब्रान्ड मान कायम गर्न सफल भएको थियो।

उल्लेखनीय रूपमा सामसङको औद्योगिक सम्बद्ध कम्पनीले सामसङ विद्युतीय कम्पनीको समावेश गर्दछ जुन विश्वको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनीहरू मध्ये एक हो भने यो उपभोक्ताका लागि समर्पित विद्युतीय निर्माता हो।[१३] यो सन् २०१७ को राजस्वद्वारा मापन गरिएको चिम निर्माताहरू मध्ये सबैभन्दा ठूलो कम्पनीहरू मध्ये एक हो। सामसङको ठूलो उद्योग, सन् २०१० मा राजस्वले मापन गरेको विश्वको दोस्रो ठूलो जहाज निर्माणकर्ता हो। यसैगरी सामसङ अभियान्त्रिक र सामसङ निर्माण तथा व्यापार निगम क्रमशः विश्वको १३ र ३६औँ सबैभन्दा ठूलो निर्माण कम्पनीहरू हुन्।[१४] अन्य उल्लेखनीय सहायक कम्पनीहरूमा सामसङ जीवन वीमा पर्दछ जुन विश्वको १४औँ सबैभन्दा ठूलो जीवन वीमा कम्पनी हो।[१५][१६] सामसङ एभरल्यान्ड, एभरल्यान्ड नामक आश्रयको सञ्चालक दक्षिण कोरियाको सबैभन्दा पुरानो मनोरञ्जन केन्द्र हो र कम्पनीको स्वामित्वमा रहेको चिले सन् २०१२ मापन गरिएको राजस्वका आधारमा विश्वको १५औँ सबैभन्दा ठूलो विज्ञापन आयोग हो।[१७]

सन् २०१३ मा सामसङले ३८० खर्ब बिक्रीको तथ्याङ्क सार्वजनिक गरेको थियो। कोरियाको केन्द्रिय बैङ्कका अनुसार, कोरियाको कुल ग्रहस्थ उत्पादन एकै वर्षमा १४२८ खर्ब रहेको थियो थियो।सामसङको बिक्री, जुन यसको विदेशी बिक्रीको अधिक भाग हो। यसको बाबजुद, सामसङको बिक्री दक्षिण कोरियाको कुल ग्रहस्थ उत्पादनको २६.६% रहेको छ।सन् २०१३ सम्ममा सामसङको निर्यात १९७२ अर्ब अमेरिकी डलर रहेको थियो जसले कोरियाको कुल निर्यातको २५% ओगट्दछ जुन $ ६१.७ अर्ब अमेरिकी डलर हुन आउँछ। सन् २०१८ मा, ब्रान्ड फाइनान्स नामक कम्पनीले सामसङको ब्रान्डको मूल्य ९२.२८९ अर्बको मुल्याङ्कन गरेको थियो।[१८]

शब्दको उत्पत्ति

सामसङका संस्थापकका अनुसार कोरियाली हन्जा शब्द सामसङ () को अर्थ "तीन तारा" हो जुन तीन शब्दले केहि "ठूलो, असङ्ख्य र शक्तिशाली" प्रतिनिधित्व गर्दछ।[१९][२०]

इतिहास

सन् १९३८–१९७०

सामसङका संस्थापक लि ब्योङ चुल, सन् १९५० मा

सन् १९३८ मा, लि ब्योङ चुलले देगु सहरमा सामसङको (삼성 상회,三星商會) स्थापना गरेका थिए। [२१]सामसङले एउटा सानो व्यापारिक कम्पनीको रूपमा सेवा सञ्चालनको प्रारम्भ गरेको थियो जसमा यसको सुरुवाती अवस्थामा ४० कर्मचारीहरू कम्पनीमा कार्यरत थिए। यसले माछा तथा चाउचाउको व्यापार सुरु गरेको थियो।[२१] पछि, कम्पनीको प्रगति भएको थियो र लिले यसको कार्यालयलाई राजधानी सउमा स्थानान्तरण गरेका थिए। कोरियाली युद्ध सुरु भएसँगै, उनी सउल छोड्न बाध्य भएका थिए। सामसङ धेरै विभिन्न क्षेत्रहरूमा विविधता बनाएको थियो। [२२] लिले सामसङलाई उद्योगहरूको एक विस्तृत शृङ्खलामा एक अग्रणीको रूपमा स्थापित गर्ने प्रयास जारी राखेका थिए। सामसङले यसको व्यवसायलाई बीमा, धितो र खुद्रामा अग्रसर गराएको थियो।[२३]

सन् १९४७ मा, ह्योसुङ समूहका संस्थापक चो ह होङ-जाईले सामसङको संस्थापक लि ब्योङ-चुलको साथ सामसङ मुल्सन गोङ्सा वा सामसङ व्यापार निगम नामक एक नयाँ कम्पनीमा संयुक्त लगानी गरेका थिए।[२४] उक्त व्यापारिक कम्पनी वर्तमान समयको सामसङ निर्माण तथा व्यापार निगममा वृद्धि भएको थियो। केहि वर्ष पछि, चो र ली व्यवस्थापक शैलीमा भिन्नताका कारण अलग भएका थिए। चोलाई ३०% स्वामित्व कायम गर्न चाहेका थिए। सामसङ सामसङ समूह र ह्योसुङ समूह, हान्गुक टायर र अन्य विभिन्न कम्पनीमा विभाजित भएको थियो।[२५]

सन् १९६० को दशकको अन्ततिर, सामसङ समूहले विद्युतीय उद्योगमा प्रवेश गरेको थियो। यसले विभिन्न विद्युतीय उपकरण निर्माण गर्न सुरु गरेको थियो। पछि यसले, अर्धचालक र दूरसञ्चार क्षेत्रसँग सम्बन्धित उत्पादनहरूमा विशेष वृद्धि हासिल गरेको थियो। यसले पहिलोपटक स्यामश्वेत दूरदर्शन जारी गरेको थियो।[२६][२७]

सन् १९७०–१९९०

सन् १९८० मा, सामसङले कुमी सहरमा आधारित हाङ्गुक जियोन्जा तङ्सिनलाई अधिग्रहण गर्दै र दूरसञ्चार हार्डवेयर क्षेत्रमा प्रवेश गरेको थियो। [२८] यसको प्रारम्भिक उत्पादनमा विद्युतीय पाटी पर्दछ।यसका सेवा तथा सुविधाहरू दूरभाष र फ्याक्स निर्माण प्रणालीमा विकसित भएको थियो जुन सामसङको मोबाइल फोन निर्माणको केन्द्र बन्न गएको थियो। [२९]उनीहरूले हालसम्म ८० करोड भन्दा भन्दा बढी मोबाइल फोनहरूको उत्पादन गरेका छ। सामसङले सन् १९८० को दशकमा सेवालाई सामसङ विद्युतीय कम्पनी अन्तर्गत समूहीकृत गरेको थियो।

सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ पाँच व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह, हाल्सोल र जोङअङ्ग समूह समावेश छ।[३०]शिन्सेगे (बृहत किराना भण्डार) मूल रूपमा सामसङ समूहको नियन्त्रणमा रहेको थियो। सन् १९९० को दशकमा यो सामसङ समूहबाट, सीजे समूह (खाना / रसायन / मनोरञ्जन / रसद), हान्सोल समूह (कागज / दूरसञ्चार) र जोङ्अङ्ग (सञ्चार माध्यम)बाट अलग्गिएको थियो।[८]हाल यी विभाजित समूहहरू स्वतन्त्र छन् र तिनीहरू सामसङ समूहमा नियन्त्रणमा छैनन्। [३१]सन् १९८० को दशकमा, सामसङ विद्युतीय कम्पनीले अनुसन्धान र विकासमा ठूलो लगानी गर्न सुरु गरेको थियो जुन कम्पनीलाई विश्वव्यापी रूपमा विद्युतीय उद्योगमा अगाडि बढाउन महत्त्वपूर्ण लगानी थियो। [२१] सन् १९८२ मा, यसले पुर्तुगालमा दूरदर्शन निर्माण गर्ने शाखाको स्थापना गरेको थियो भने यसले सन्‌ १९८४ मा, न्यु योर्क, सन् १९८५ मा तोक्यो, सन् १९८७ मा, इङ्ल्यान्ड र सन् १९९६ मा टेक्सासमा दूरदर्शन निर्माण शाखाहरू खोलेको थियो।[२१]सन् २०१२ सम्म, सामसङले टेक्सासमा रहेको आफ्नो शाखामा $१३,००,००,००,००० भन्दा बढी अमेरिकी डलर भन्दा बढीको लगानी गरेको छ, जुन सामसङ अस्टिन अर्धचालक नामद्वारा सञ्चालित छ जसले अस्टिनलाई टेक्सासको सबैभन्दा ठूलो विदेशी लगानी र संयुक्त राज्यमा सबैभन्दा ठूलो एकल विदेशी लगानीको रूपमा उभ्याएको छ।[३२]

सन् १९९०–२०००

सामसङ सन् १९९० को दशकमा एक अन्तर्राष्ट्रिय निगमको रूपमा उठ्न थालेको थियो।[३३] सामसङको निर्माण शाखालाई हाल मलेसियामा रहेको जुम्ल्याहा पेत्रोनस स्तम्भहरू मध्ये एकको निर्माण गर्ने जिम्मा पाएको थियो भने यसले ताइवानमा रहेको ताइपेई १०१ र संयुक्त अरब इमारातको बुर्ज खलिफा निर्माण गर्न सम्झौता पनि प्राप्त गरेको थियो। [२०][३४] सन् १९९३ मा, लि कुन हिले सामसङ समूहको १० सहायक कम्पनीहरूलाई बिक्री गर्दै कम्पनीलाई घटाएका थिए र अन्य सञ्चालनहरू तीन उद्योगहरूमा केन्द्रित गर्न मिलाइएको थियो जसमा  विद्युतीय, अभियान्त्रिक र रसायन लगायतका क्षेत्रहरू समावेश छन्।[३५]

सामसङ सन् १९९२ मा संसारको सबैभन्दा ठूलो मेमोरी चिपहरूको निर्माता बन्न पुगेको थियो भने यो अमेरिकी कम्पनी इन्टेल पछिको विश्वको दोस्रो ठूलो चिप निर्माणकार्ता समेत हो सन् १९९५ मा, यसले यसको पहिलो तरल स्फटिक छवी पर्दाको सृजना गरेको थियो। [३६]दश वर्ष पछि, सामसङ तरल स्फटिक छवी पर्दाको विश्वको सबैभन्दा ठूलो निर्माता बन्न पुगेको थियो।[३७] ठूलो आकारमा उक्त क्षेत्रमा लगानी नगरेको सोनीले सामसङलाई सहयोग गर्नका लागि आह्वान गरेको थियो र सज् २००६ मा, सामसङ र सोनीको बीच संयुक्त लगानीको रूपमा एस-एलसिडी कम्पनीको स्थापना गरिएको थियो। [३८] एस-एलसीडीमा सामसङको (५१% ) र सोनी (४९%) को स्वामित्व रहेको थियो जसले दक्षिण कोरियाको तानजुङ यसको कारखाना र सुविधाको सञ्चालन गर्दछ। २६ डिसेम्बर २०११ सम्म, सामसङले यस संयुक्त लगानीमा सोनीको स्वामित्व प्राप्त गरेको घोषणा गरेको थियो।[३९]

अन्य प्रमुख कोरियाली कम्पनीहरूको तुलनामा, सामसङ सन् १९९७ को एसियाली वित्तीय सङ्कटको तुलनात्मक रूपमा क्षति हुनबाट बचेको थियो।[४०] यद्यपि, सामसङ मोटरलाई सामसङले फ्रान्सेली कम्पनी रेनोँलाई घाटा व्यहोरेर बिक्री गरेको थियो।[४१] सन् २०१० सम्म रेनोँ सामसङको ८०.१ प्रतिशत रेनोँको स्वामित्वमा छ भने १९.९% सामसङको स्वामित्वमा रहेको छ। [४२] यसको अतिरिक्त, सामसङले सन् १९८० देखि सन् १९९० को दशकमा विभिन्न प्रकारका विमानहरूको उत्पादन गरेको थियो। कम्पनीको स्थापना सन् १९९९ मा कोरिया हवाई उद्योगको रूपमा भएको थियो।[३८]

सन् २०००–हाल

न्युयोर्क सहर स्थित सामसङको विज्ञापन

सन् २००० मा, सामसङले पोल्यान्डको वार्सामा एक विकास केन्द्र खोलेको थियो। यसको काम अङ्कीय दूरदर्शन र स्मार्टफोनको बिक्री वितरण गरेको थियो।[४३] स्मार्टफोन मञ्च साझेदारहरूसँगै विकसित गरिएको थियो। सन् २००८ मा यसले विभिन्न प्रकारमा स्मार्टफोनहरू जारी गरेको थियो जुन पछि गएर सामसङ ग्यालेक्सी शृङ्खलामा परिणत भएको थियो जसमा नोट्स, एज र अन्य थुप्रै उत्पादनहरू समावेश छन्।[४४][४५] सन् २०१० मा, सामसङले १० वर्षे बृद्धि रणनीतिको घोषणा गरेको थियो जसमा यसका ५ वटा व्यवसायहरू केन्द्रित थियो। यी मध्ये एक व्यवसाय चिकित्सा क्षेत्रसँग सम्बन्धित छ जसको लागि ₩ २१,००,००,००,००,००० छुट्याइएको थियो।सन् २०१२ को पहिलो त्रैमासमा, सामसङ विद्युतीय कम्पनीले, नोकिआलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता बनेको थियो भने नोकिआ सन् १९९८ देखि बजारमा अग्रसर रहेको थियो।[४६][४७]

२४ अगस्ट २०१२ मा, स्मार्टफोन प्रविधिमा एप्पलको एकस्व उल्लङ्घन गरेबापत नौ अमेरिकी न्यायाधीशहरूले सामसङ विद्युतीय कम्पनीले एप्पललाई १.०५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए। क्षतिपूर्ति अझै कम भएको भन्दै एप्पलले २.५ अर्ब अमेरिकी डलरको अनुरोध गरेको थियो।[४८]सामसङ उक्त मुद्दामा उल्लेख गरिएको एप्पलका एकस्वहरू उल्लङ्घन नगरेको फैसला सुनाएको थियो।अमेरिकी पत्रिका फर्च्युनमा छापिएको एक प्रतिवेदनका अनुसार सामसङलाई सन् २०१२ को सुरुवातमा भएको फैसलामा पनि दोषी पाइएको थियो। [४९]सामसङले यो निर्णयले क्षेत्रको नवप्रवर्तनलाई हानि पुर्‍याउने बताएको थियो। यी दुई कम्पनीहरू एक अर्काको बौद्धिक सम्पत्ती उल्लङ्घनको दोषी भएको दक्षिण कोरियाली आदेश थियो।[५०][५१]सामसङको व्यापारिक सूचकाङ्क कोस्पीमा यसको सेयरमा ७.७% ले गिरावट आएको थियो जुन २४ अक्टोबर पछि सबैभन्दा ठूलो गिरावट हो।

त्यसपछि, एप्पलले संयुक्त राज्य अमेरिकामा आठवटा सामसङका फोनहरू (ग्यालक्सी एस जी, ग्यालक्सी एस २ एटी एन्ड टी, ग्यालक्सी एस २ स्काइरकेट, ग्यालक्सी एस २ टि-मोबाइल, ग्यालक्सी एस २ एपिक ४ जी, ग्यालक्सी एस शोकेस, ड्रोइड चार्ज र ग्यालक्सी प्रेभेल) बिक्रीमा प्रतिबन्ध गर्न खोजेको थियो भने उक्त कदमलाई अदालतले अस्वीकार गरेको थियो।[५२]

सन् २०१५ मा, सामसङलाई आइबीएम, गुगल, सोनी, माइक्रोसफ्ट र एप्पल लगायतका कम्पनीहरूले धेरै अमेरिकी एकस्वहरू प्रदान गरेका थिए । कम्पनीले ११ डिसेम्बरमा, ७,६७९ उपयोगिता एकस्वहरू प्राप्त गरेको थियो। ग्यालेक्सी नोट स्मार्टफोन १९ अगस्ट २०१६बाट बिक्रीमा आएको थियो। तथापि, सेप्टेम्बर २०१६ को सुरुमा सामसङले फोनको बिक्री स्थगित गरेको थियो [५३]सन् २०१५ मा, सामसङलाई आइबीएम, गुगल, सोनी, माइक्रोसफ्ट र एप्पल लगायतका कम्पनीहरूले धेरै अमेरिकी एकस्वहरू प्रदान गरेका थिए । कम्पनीले ११ डिसेम्बरमा, ७,६७९ उपयोगिता एकस्वहरू प्राप्त गरेको थियो। ग्यालेक्सी नोट स्मार्टफोन १९ अगस्ट २०१६बाट बिक्रीमा आएको थियो। तथापि, सेप्टेम्बर २०१६ को सुरुमा सामसङले फोनको बिक्री स्थगित गरेको थियो [५४]मोबाइलको केही एकाईहररूसँग ब्याट्रीको समस्या पाइएको थियो जसमा ब्याट्री अत्यधिक धेरै तात्ने, आगो र विस्फोटहरू समेत हुनसक्ने बताइएको थियो।[५५] सामसङले फिर्ता गरेका मोबाइलहरू इकाइलाई नयाँ संस्करणको साथ बदलिएको थियो। यद्यपि ग्यालक्सी नोट ७ को नयाँ संस्करणमा पनि ब्याट्रीको समस्या रहेको खुल्न आएको थियो। सामसङले १० अक्टुबर २०१६ मा विश्वभरका सबै ग्यालक्सी नोट ७ स्मार्टफोनहरू पुन: फिर्ता गर्दै अर्को दिन उक्त मोबाइलको उत्पादनलाई स्थायी समाप्त गरेको थियो।[५६][५७][५८]सन् २०१८ मा, सामसङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका अतिथिहरूको साथ भारतको नोएडामा विश्वको सबैभन्दा ठूलो मोबाइल निर्माण सुविधाको सुरु गरेको थियो।[५९]

सहायक कम्पनीहरू

सामसङसँग आवद्ध ८० भन्दा बढी कम्पनीहरू छन्। निर्माण सेवा, उपभोक्ता विद्युतीय उत्पादन, वित्तीय सेवा, जहाज निर्माण र चिकित्सा सेवाहरू सहित क्षेत्रहरूमा गतिविधिहरूको साथ यसलाई अत्यधिक विविधीकरण गरिएको छ। आर्थिक वर्ष सन् २००९ मा सामसङले २२० खर्ब कोरियाली वन राजस्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष सन् २०१० मा, सामसङले २८० खर्ब कोरियाली वन सङ्कल गरेको थियो जसबाट यसले ३० खर्ब वन कुल मुनाफा निकालेको थियो। यी रकमहरूले दक्षिण कोरिया बाहिरका सामसङका सबै सहायक कम्पनीहरूबाट राजस्व समावेश गर्दैन।

सामसङ आगो र समुद्री बिमाको प्रधान कार्यालय

सामसङ विद्युतीय कम्पनी

सामसङ विद्युतीय कम्पनी लिमिटेड (कोरियाली: 삼성 전자;( हन्जा: 三星 電子), एक दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय कम्पनी हो[६०] जसको प्रधान कार्यालय दक्षिण कोरियाको सुवानमा रहेको छ।[६१] यो बहुराष्ट्रिय कम्पनी सामसङको सहायक कम्पनी हो। सन् २०१२ को तथ्याङ्क अनुसार, यसको प्रमुख कम्पनीलाई राजस्वको ७० योगदान गर्दछ। सामसङ विद्युतीय कम्पनीको उत्पादक र बिक्री सञ्जाल ८० भन्दा बढी देशहरूमा विस्तारित रूपमा छरिएर रहेको छ। यसले ३ लाख भन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गरेको छ।  यो राजस्वका आधारमा उपभोक्ता प्रति समर्पित विद्युतीय उपकरण र अर्थचालकहरूको विश्वको सबैभन्दा ठूलो निर्माता हो। जुन २०१८ सम्ममा, सामसङ विद्युतीय कम्पनीको बजार पूँजीकरण ३२५.९ अर्ब अमेरिकी डलर रहेको थियो। [६२]

सामसङ विभिन्न विद्युतीय घटकहरू जस्तै लिथियम-आयन ब्याट्री, अर्धचालक, एकीकृत परिपथ, छवि संवेदक, छायाग्राहिका र एप्पल, सोनी, एचटीसी र नोकिआ जस्ता ग्राहकहरूको लागि फ्ल्यास मेमोरी उपकरणहरूको प्रमुख निर्माता हो।[६३]यो मोबाइल फोन र स्मार्टफोनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता हो। कम्पनीद्वारा उत्पादित ग्यालेक्सी शृङ्खलाका लागि यो संसार भरि नै लोकप्रिय छ। यसको एन्ड्रोइडद्वारा सञ्चालित सामसङ ग्यालेक्सीको ट्याब शृङ्खलाहरूको पनि प्रमुख विक्रेता हो। सामसङ ग्यालेक्सी नोट शृङ्खला यसको बजार प्रतिनिधि समेत बनेको छ।[६४] यसले ग्यालक्सी एस १० र ग्यालक्सी नोट १० मार्फत पाँचौँ पुस्ता सक्षम स्मार्टफोनहरू जारी गरेको थियो जुन खुम्च्याउन योग्य छ।[६५]सामसङ सन् २००६ पछि विश्वको सबैभन्दा ठूलो दूरदर्शन निर्माता भएको छ  र सन् २०११ पछि विश्वको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता पनि बन्न सफल भएको छ। यो विश्वको सबैभन्दा ठूलो मेमोरी परिपथको निर्माता समेत हो। जुलाई २०१७ मा, सामसङ विद्युतीय कम्पनीले विश्वको सबैभन्दा ठूलो अर्धचालक परिपथ निर्माताको रूपमा इन्टेल निगमलाई उछिल्न सफल भएको थियो। कम्पनी राजस्वका आधारमा विश्वको दोस्रो ठूलो प्रविधि कम्पनी हो।[६६]

सन् २०१७ मा, अमेरिकी आर्थिक पत्रिका फर्च्युनले चयन गरेको ५०० कम्पनीहरूको विश्वव्यापी सूचीमा यो शीर्ष १२ मा पर्न सफल भएको थियो। फर्च्युनले वार्षिक विक्रीमा आधारित शीर्ष ५०० विश्वव्यापी कम्पनीहरूको घोषणा गरेको थियो जसमा यो १२औँ स्थानमा परेको थियो। [६७]सन् २०१७ को दोस्रो त्रैमासिकमा कम्पनीले १४ खर्ब वन परिचालन मुनाफा निकालेको थियो जसले गर्दा कम्पनी एप्पललाई पछि पार्दै विश्वकै सबैभन्दा बढी लाभदायक निर्माता  कम्पनी बनेको थियो भने एप्पल सन् २०१७ दोस्रो त्रैमासिकमा ८ वर्षमा विश्वव्यापी परिचालन नाफामा पहिलो स्थानमा रहेको थियो। यस अवधिमा, विश्वको सबैभन्दा ठूलो खुद्रा भण्डा वालमार्ट, र विश्वको शीर्ष गाडी निर्माणा तोयोताले सामसङको भन्दा आधा नाफा निकालेका थिए।[६८]

सामसङ अभियान्त्रिक

सामसङ अभियान्त्रिक एक बहुराष्ट्रिय निर्माण कम्पनी हो जसको प्रधान कार्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ। यसको स्थापना जनवरि १९६९ मा भएको थियो। यसको प्रमुख गतिविधि तेल प्रशोधन, उत्पादनको विस्तार तथा निर्माण, तेल र ग्यास उत्पादन, रसायन तथा ग्यासको उत्पादन, उर्जा गृह निर्माण आदि पर्दछन्। यसले सन् २०११ मा, ९२९८.२ अर्ब वन (अमेरिकी $ ८.०६ अर्ब अमेरिकी डलर) को कुल राजस्व प्राप्त गरेको थियो।[६९] कम्पनी कोरिया सेयर बजारमा सूचीकृत छ।[६३]

सामसङ आगो र समुद्री बिमा

सामसङ आगो र समुद्री बिमा, एक बहुराष्ट्रिय बिमा कम्पनी हो जुन सउलमा आधारित छ।[७०] यसको स्थापना सन् १९५२ मा, कोरिया आन्बो आगो र समुद्री बिमाको रूपमा भएको थियो भने यसलाई पुन: नामकरण डिसेम्बर १९९३ मा, हालको नाममा गरिएको थियो। [७१] सामसङ आगो र समुद्री बीमाले दुर्घटना बीमा, वाहन बीमा, आगो बीमा, देयता बीमा, समुद्री बीमा, व्यक्तिगत निवृत्तिभरण, ऋण सहितका सेवाहरू प्रदान गर्दछ। मार्च २०११ सम्म यसले १० देशमा र ६ करोड भन्दा बढी ग्राहकहरूमा सेवा सञ्चालन गरेको थियो।[७२] सन् २०११ मा सामसङ आगो र समुद्री बीमाको कुल भुक्तान आय $११.७ अर्ब अमेरिकी डलर रहेको थियो भने मार्च २०११ सम्म यसको कुल सम्पत्ति २८.८१ अर्ब अमेरिकी डलर रहेको थियो।[७३] यो दक्षिण कोरियाको सामान्य बीमा प्रदायक हो। कम्पनी सन् १९७५ देखि कोरिया सेयर बजारमा सूचीबद्ध छ।[७४]

सामसङ ठूला उद्योग

सामसङ ठूला उद्योग एक जहाज निर्माता तथा अभियान्त्रिक कम्पनी हो जसको प्रधान कार्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ। यसको स्थापना अगस्ट १९७४ मा भएको थियो।[७५] यसको प्रमुख उत्पादनहरू भनेको, कच्चा तेल प्रशोधन, तेल उत्खनन, जहाज निर्माण, पुल निर्माण आदि हुन्सन् २०११ मा यसले १३,३६८.६ अर्ब वन कुल राजस्व प्राप्त गरेको थियो। राजस्वका आधारमा यो हुन्दाई पछिको विश्वको दोस्रो सबैभन्दा ठूलो जहाज निर्माता हो। कम्पनी कोरिया सेयर बजारमा सूचीकृत छ।[७६]

सामसङ जीवन बिमा

सामसङ जीवन बिमा कम्पनी लिमिटेड, एक बहुराष्ट्रिय जीवन बिमा कम्पनी हो जसको प्रधान कार्यालय सउलमा रहेको छ। यसको स्थापना मार्च १९५७ मा, दोङबाङ जीवन बिमा कम्पनी लिमिटेडको रूपमा भएको थियो भने यस कम्पनी जुलाई १९७३ मा, सामसङ समूहमा आबद्ध भएको थियो। [७७] सामसङ जीवन बिमाको प्रमुख गतिविधि व्यक्तिगत जीवन बीमा, वार्षिकी उत्पादन र सेवाहरूको प्रावधान हो। डिसेम्बर २०११ सम्म, यसले १७ देशहरूमा सेवा सञ्चालन गरेको थियो भने यसले ८ करोड भन्दा बढी मानिसहरूका माझ सेवाको प्रस्ताव गरेको थियो भने यसमा ५,९८५ कर्मचारीहरू कार्यरत थिए। सन् २०११ मा, यसले २२,७१७ अर्ब वन बराबरको बिक्री गर्न सफल भएको थियो। उक्त वर्षमा यसको कुल सम्पत्ति १,६१,०७२ अर्ब वन रहेको थियो। यो दक्षिण कोरियाको सबैभन्दा ठूलो जीवन बिमा कम्पनी हो। कम्पनी कोरिया सेयर बजारमा सूचीकृत छ।[७८][७९]

सामसङ निर्माण तथा व्यापार निगम

सामसङ निर्माण तथा व्यापार निगम पूर्व सामसङ निगम (कोरियाली: 삼성물산), को स्थापनम सन् १९३८ मा भएको थियो।[८०] सन् १९९५ देखि, यो मुख्यतया विश्वव्यापी अभियान्त्रिकरण, निर्माण परियोजना, व्यापार र लगानी, फेशन र आश्रयमा केन्द्रित छ। निगमलाई ११ सदस्यीय निर्देशकद्वारा सञ्चालित हो। यसले सन् २०१८ सम्म २०,००० भन्दा बढी कर्मचारीहरूलाई सेवा प्रदान गरेको छ।[८१]

प्रतिकहरू

सामसङका हालसालैका प्रतिकहरू निलो रङ्गका छन्।[८२]

प्रायोजन

सन् २००२ को ओलम्पिकमा सामसङको विज्ञापन

सामसङ विद्युतीय कम्पनीले सन् २०१३ मा विज्ञापन र बजारशास्त्रमा १४ अर्ब अमेरिकी डलर खर्च गरेको थियो। वार्षिक आम्दानीको ५.४% खर्चको गरेको कम्पनी बिक्रीको आधारमा विश्वको शीर्ष २० कम्पनीहरूको भन्दा ठूलो अनुपात कायम गर्न सफल भएको थियो जहाँ एप्पलले ०.६% र जेनरल मोटर्सले ३.५% खर्च गरेका थिए। प्रतिद्वन्दी एप्पलले सन् २०१२ मा, १ अर्ब अमेरिकी डलर खर्च गरेको थियो जहाँ कम्पनीले यसको भन्दा ४ गुणा बढी ४.३ अर्ब अमेरिकी डलरको खर्च गर्दै सामसङ विश्वको सबैभन्दा ठूलो विज्ञापनदाता बनेको थियो। सामसङ विश्वव्यापी ब्रान्ड मुल्य $३९.६ अर्ब अमेरिकी डलर रहेको थियो जुन एप्पलको भन्दा आधा भन्दा कम हो।[८३] देश र विदेशमा विभिन्न गतिविधिहरूको प्रायोजन गरेको छ। दक्षिण कोरियामा, कोरिया खेलकुद सङ्घको मातहत आधारभूत खेलकुद प्रतियोगिता समूहहरूलाई समर्थन गर्दै, यसले आधारभूत खेलकुद र वातावरणको विकासमा योगदान पुर्‍याएको छ।[८४] कोरिया बाहिर, यो ओलम्पिक खेल र एसियाली खेलहरूको रूपमा विश्व स्तरीय प्रतियोगिताहरूको एक आधिकारिक प्रायोजकको हो भने यो व्यावसायिक टोलीहरूको प्रायोजकको भूमिकामा सक्रिय रूपबाट संलग्न छ। [८५]

आलोचना

भ्रष्टाचार

सामसङका अध्यक्षको लि जे योङ सन् २०१७ मा, भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए।दक्षिण कोरियाको उच्च अदालतबाट उनी बिरुद्ध दुई पटक सुनुवाई भएपछि उनलाई पक्राउ गरिएको थियो। [८६] उनी विरुद्ध गैरनाफामुखी संस्थाहरूमा चन्दा दिएर राजनीतिक फाइदा उठाएको लिएको आरोप लागेको थियो भने उनी माथि ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लागेको थियो। उनलाई  पक्राउ गरी २० दिनसम्म अनुसन्धानका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।[८७]उनले आफूले केही गलत कार्य नगरेको दावी समेत गरेका थिए। सामसङको सहायक सामसङ विद्युतीय कम्पनीका प्रमुख भ्रष्टाचारको मुद्दामा परेका कारण कम्पनीलाई घक्का लागेको बताइएको थियो। पक्राउको परे पश्चात् सामसुङको शेयरमा गिरावट आएको थियो। उनलाई भ्रष्टाचार आरोपमा ५ वर्ष जेल सजाय सुनाइएको थियो।[८८]

झुठो प्रचार

ताइवानको व्यापार सङ्गठनले सामसङ र यसको स्थानीय ताइवान विज्ञापन आयोगलाई झूटा विज्ञापनको लागि अनुसन्धान गरेको थियो।[८९] यो आयोगले विद्यार्थीहरूलाई अनलाइन फारममा सामसङका प्रतिस्पर्धीहरूलाई हमला गर्न लगाएको भन्दै आयोगले उजुरी पाएपछि यो मुद्दा सुरु भएको थियो। सामसङ ताइवानले आफ्नो फेसबुक पृष्ठ कुनै मूल्याङ्कन प्रतिवेदनमा हस्तक्षेप नगरेको र अनलाइन फारममा सामग्री सार्वजनिक गर्ने वा प्रतिक्रिया गर्ने अनलाइन अभियान रोकेको जनाएको थियो।[९०]

श्रम दुरुपयोग

सामसङले सन् २०१२ देखि २०१५ सम्म यसको आपूर्ति शृङ्खलामा बाल श्रम प्रयोग बारेमा धेरै उजुरीहरूको सामना गरेको थियो।जुलाई २०१४ मा, बाल श्रम कानून उल्लङ्घन गरेको गुनासो प्राप्त गरेपछि शिनयाङ विद्युतीय कम्पनीले सामसङसँग सम्झौता रद्द गरेको थियो।[९१][९२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड