कोरियाली भाषा

कोरियाली भाषा (한국어/조선말) गणतन्त्र कोरियाप्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको आधिकारिक भाषा हो । करिब ८० लाख मानिसहरूले कोरियाली भाषा बोल्ने अनुमान गरिन्छ ।[२] कोरियाली भाषा र जापानी भाषा एकै भाषा परिवारका हुन या होइनन् भन्ने विषय अझै विवादित विषय हो ।

कोरियाली
한국어 (韓國語) / 조선말 (朝鮮말)
Hanguk-eo, Chosŏnmal
मूलभाषीकोरियाली प्रायद्वीप
मातृभाषी वक्ता~ ७५ लाख
  • कोरियाली
हाङ्गुल (मुख्य)
हान्जा
सरकारी दर्जा
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
चीन
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ko
आइएसओ ६३९-२kor
आइएसओ ६३९-३विविध:
kor
okm
oko
oko
भाषाविद् सूची
okm
 oko
ग्लोटोलगkore1280[१]
भाषाविद् प्रयोगशाला45-AAA-a
कोरियाली भाषीहरू (रातो), कोरिया भन्दा बाहिरका कोरियाली भाषीहरू (हरियो)
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इतिहास

पन्ध्रौँ शताब्दीमा राजा सिजोङले चिनियाँ लिपि (हान्जा) मात्र पर्याप्त नभएको ठानी वर्णमालाको विकास गरे । ती वर्णमाला लाई हाल हाङ्गुल भनिन्छ । हाङ्गुल छिट्टै लोकप्रिय बन्दै गई यसले कोरियाको साक्षरता बढाउँदैँ लग्यो । आजको समयमा हान्जाको कम प्रयोग गरिन्छ तर केही कलात्मक कार्यमा र भाषागत अध्ययनमा प्रयोग गरिन्छन् ।

७० वर्षको कोरियाली युद्धले दक्षिण र उत्तर कोरिया बिचमा भाषिक भिन्नता भने निम्त्याउँदैँ लगेको छ ।

नाम

कोरियाली भाषालाई विभिन्न नामहरू दिइएका छन् । दक्षिण कोरियामा hanguk-eo (कोरियाली भाषा), hanguk-mal, uri-mal (हाम्रो भाषा) जस्ता नाम दिइएका छन् । उत्तर कोरिया र चीनमा भने Chosŏn-ŏ भनिन्छ ।

भाषा प्रयोग

कोरियाली भाषा मुख्य रूपमा कोरिया र चीन, जापान, अमेरिका, रसिया जस्ता मुलुकहरूमा पनि बोलिन्छन् ।

कोरियाली भाषा दक्षिण कोरिया र उत्तर कोरियाली कामकाजको मुख्य भाषा हो । दक्षिण कोरिया अन्तर्गत नेसनल इन्सिच्ट्युट अफ कोरियान ल्याङ्गोयज र उत्तर कोरियाको ल्याङ्गोयज इन्सिच्ट्युट यस भाषाका संस्थाहरू हुन् ।

प्रकार

hanguk

व्याकरण

कोरियाली भाषा कर्ता-कर्म-क्रिया हुने भाषा हो । भाषा प्रयोगका लागि क्रिया नै पुग्दो हुन्छ । वाक्यमा (म, तिमी) जस्ता सर्वनामहरूको प्रयोग कमै गरिन्छन् । वचन, लिङ्ग, विभक्तिका कोरियाली भाषामा छैनन् ।

कोरियाली भाषामा सम्मानार्थ क्रियाको अन्तिममा त्यही स्वरुप दिई बोलिन्छन् । नेपाली भाषामा जस्तै सम्मानार्थ (दाजु, दिदी...) जस्ता शब्दका प्रयोग हुन्छन् । वाक्य आदारार्थ स्वरुप बोलिन्छन् ।

लिपि

यहाँ कोरियाली वर्णमाला दिइएका छन् :

व्यञ्जन
हङ्गुल
नेपालीप्त्च्क्स्अंर / ल
RRbdjgppttjjkkptchkshssmnngr, l
IPAptt͡ɕkt͡ɕ͈t͡ɕʰshmnŋɾ, l
स्वर
हङ्गुल
नेपालीओएएओयीयेयैयायोयुयौवीवेवैवावो
RRieoeaeaoueoeuuiyeyaeyayoyuyeowiwewaewawo
IPAieøɛaouʌɯɰijejajojuɥiwewa

शब्द

कोरियाली शब्दहरू मुख्य रूपमा क, ल, म, न, ङ, प, त जस्ता व्यञ्जनमा अन्त हुन्छन् । अङ्ग्रेजी जस्ता बाह्य शब्दहरू आगन्तुक हुन आएमा इयु (ㅡ) थपिने गरिन्छ । जस्तै 'त' मा अन्त हुने अङ्ग्रेजी शब्दलाई तिउ बनाई उच्चारण गरिन्छ । अङ्ग्रेजी 'फ' मा अन्त हुने शब्दहरूलाई 'प' मा अन्त गरिन्छ ।

उत्तर र दक्षिण कोरियामा भिन्नता

दक्षिण कोरिया र उत्तर कोरियामा उच्चारण, व्याकरण, शब्दगत भिन्नताहरू पाइन्छन् ।[३]

दक्षिण कोेरियामा अङ्ग्रेजी भाषाहरूबाट शब्दहरू विकास हुँदै गएका पाइन्छन् भने उत्तर कोरियामा रसियाली शब्दको प्रवेश वा नयाँ शब्दहरू विकास गरिएका पाइन्छन् ।

भाषा अध्ययन

अरेबिक, चिनियाँ, जापानीसँगै कोरियाली भाषालाई अध्ययनका लागि कठिन भाषा मानिन्छ ।[४] जापानी भाषीहरूलाई भने कोरियाली भाषा सजिलो हुने बताइन्छ ।[५]

कोरियाली भाषा जाँचका लागि मुख्य रूपमा KLPT र TOPIK जाँच रहेका छन् । TOPIK सन् १९९७बाट सुरुवात गरिएको थियो र २२७४ जाना व्यक्तिहरूले परीक्षा दिएका थिए, हालसम्म एक लाख भन्दा बढी व्यक्तिले TOPIK भाषा परीक्षा दिई सकेका छन् ।[६]

नेपालमा

सन्दर्भ सामग्री

बाह्य कडीहरू

  • Korean phrasebook विकियात्रामा यात्रा सहयोगी
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड