२०२१ स्वेज नहर अवरोध

सन् २०२१ मार्चमा, विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक स्वेज नहर गोल्डन-क्लास कन्टेनर जहाज इभरगिभनको दुर्घटनात्मक ग्राउन्डिङ पछि ६ दिनको लागि रोकिएको थियो। कम्पनीले बताएअनुसार ४०० मिटर-लामो (१,३०० फिट) २३ मार्चमा हुरी-बतासको कारणले जहाजल जलमार्गबाट बाहिर गएको थियो।[२] इजिप्टियाली अधिकारीहरूले पछि यो बाहेक "त्यहाँ प्राविधिक वा मानवीय त्रुटि पनि भएको हुन सक्छ" भनेका थिए। जहाज नहरको किनारमा फस्यो , नहर अवरुद्ध भयो र अन्य जहाजहरू यताउता जानबाट रोकिए। [३] यो अवरोध नहरको दक्षिण खण्डतिर थियो जसमा दुईवटा च्यानलहरू छन्, त्यसैले अन्य जहाजहरूका लागि इभर गिभन बाइपास गर्न अर्को कुनै बाटो थिएन । [४]

२०२१ स्वेज नहर अवरोध
को भाग
सन् २०२१ मार्च २४ मा लिइएको नहर अवरोधको भूउपग्रह तस्विर
समय०७:४० इजिवाई (०५:४० युटिसी)
मिति२३–२९ मार्च २०२१ (२०२१-०३-२३ – २०२१-०३-२९)
स्थानस्वेज नहर, स्वेज, इजिप्ट
निर्देशाङ्क३०°०१′०३″N ३२°३४′४८″E / ३०.०१७५°N ३२.५८००°E / 30.0175; 32.5800 ३२°३४′४८″E / ३०.०१७५°N ३२.५८००°E / 30.0175; 32.5800[१]
कारणजाँच प्रगतिशील

यो अवरोधले जहाजी ढुवानीमा अर्थपूर्ण असर पुर्यायो, २८ मार्चमा नहर पार गर्नको लागि कम्तिमा ३६९ जहाजहरू नहरबाट जानका लागि पालो कुरिरहेका थिए । [५] [६] २९ मार्चमा जहाजलाई आंशिक रूपमा पुनः तैरिएको थियो र "८०% सहि दिशामा पुनर्स्थापना गरिएको थियो [७] [८] जहाज अन्ततः त्यस अपरान्ह १५:०५ स्थानीय समय मा स्वतन्त्र गरिएको थियो, [९] र प्राविधिक निरीक्षणका लागि ग्रेट बिटर तालमा तर्फ, किनारमा सारियो। [१०] [११] [१२] एभरग्रिन कम्पनीको स्वामित्वमा रहेको पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन १४ वटा ठूला डुंगाहरू प्रयोग गरिएको थियो । ६ दिनको प्रयासपछि जहाजलाई सुरक्षित रूपमा निकालिएको हो । नहरलाई पुन: खोल्नु अघि क्षतिको जाँच गरियो। स्वेज नहर प्राधिकरणले शिपिङ (ढुवानी) एजेन्सीहरूलाई शिपिङ १९:०० स्थानीय समयबाट पुनः सुचारु हुने जानकारी दियो । [१३]

पृष्ठभूमी

स्वेजमा स्वेज नहरको हवाई दृश्य

स्वेज नहर १८६९ देखि संचालनमा आएको थियो र यो विश्वको सब भन्दा महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक हो।[१४] २०२१ सम्ममा प्रति दिन लगभग पचास जहाजहरू नहरको माध्यमबाट यात्रा गर्थे, यो त्यस समयमा कुल विश्वव्यापी व्यापारको १२% हिस्सा हो ।[१४][१५] यसको धेरै जसो लम्बाईमा, तथापि, ट्राफिकलाई एकै पटकमा दुबै दिशामा यात्रा गर्नको लागि नहर पर्याप्त चौडा छैन; जलमार्गका यी खण्डहरूमा जहाजहरूले ट्रान्जिट गर्दै आफ्नो पालो कुर्नु पर्छ। स्वेज नहरलाई फराकिलो बनाउन विस्तार परियोजना चलिरहेको छ, तर नहरको महत्वपूर्ण खण्डहरू एकल-लेनका नै रहेका छन्। [१६][१७][१८]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड