स्वेज सङ्कट

स्वेज सङ्कट, वा दोश्रो अरब-इजरायल युद्ध,[१०][११][१२] त्रीपक्षीय आक्रमण (अरबी: العدوان الثلاثي) अरब जगतमा [१३] र इजरायल मा सिनाइ युद्ध ,[१४] १९५६को उत्तरार्धमा इजिप्ट माथि इजरायल, र पछि संयुक्त अधिराज्य र फ्रान्स ले गरेको आक्रमण थियो । यो आक्रमण स्वेज नहर माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थापित गर्न तथा मिस्रको राष्ट्रपति नासेर, जसले नहरलाई राष्ट्रियकरण गरेका थिए, लाई सत्ताबाट हटाउने उद्देश्यले गरिएको थियो।[१५] सन् १९५६ मा पहिले इजराइल तथा पछि ब्रिटेन र फ्रान्सद्वारा मिस्र माथि गरिएको आक्रमणलाई स्वेज संकट (Suez Crisis) भनिन्छ। युद्ध शुरू भए पछि संयुक्त राज्य अमेरिका राष्ट्रपति ड्वीट डी. आइजेनहावर, सोवियत सङ्घ र संयुक्त राष्ट्र सङ्घले यसमा राजनयिक हस्तक्षेप गरे र आक्रमणकारी देशहरू पछि हट्नलाई बाध्य भए। यसले संयुक्त अधिराज्य र फ्रान्सलाई लज्जित बनायो र नासेरको शक्तिलाई अझै मजबुत बनायो।[१६][१७][१८]

The location of the Suez Canal, which connects the Mediterranean and the Indian Ocean via the Red Sea.
  • Suez Crisis
  • Tripartite Aggression
  • Sinai War
शीतयुद्धको भाग
मिति२९ अक्टोबर १९५६ (1956-10-29) – ७ नोभेम्बर १९५६ (1956-11-07)
(१ हप्ता र २ दिन)
सिनाइ प्रान्तमा इजरेली कब्जा Sinai (until March 1957)
स्थान
गाजा पट्टि and इजिप्ट (सिनाइ प्रान्त र स्वेज नहर zone)
परिणाम

गठबन्धन शैन्यको विजय;[१][२][३]
इजिप्टको राजनीतिक विजय[१]

  • अन्तराष्ट्रिय दबाब पछि ब्रिटेन फ्रेन्चको फिर्ता(December 1956)
  • सिनाइ प्रान्तमा इजरेली कब्जा (until March 1957)
  • संयुक्त रास्ट्रिय सेना परिचालन[४]
  • एन्टोनी इडेनद्वारा बेलायती प्रधानमन्त्री पदबाट राजिनामा
  • महाशक्तिको भूमिकाबाट बेलायतको अन्त्य
योद्धा
  • इजिप्ट इजिप्ट
सेनापतिहरू
शक्ति
  • इजरायल 175,000
  • संयुक्त अधिराज्य 45,000
  • फ्रान्स 34,000
3,००,०००[५]
मृत्यु र क्षति
  • इजरायल:
  • बेलायत:
    • १६ मृत्यु
    • ९६ घाइते
  • फ्रान्स:
    • १० मृत्यु
    • ३३ घाइते
  • १,६५० [६][७]–3,००० वीरगति
  • १,००० सर्वसाधारण मृत्यु
  • ४,९०० घाइते
  • 5,000[८]–३०,००० + बन्दि[९]

स्वेज नहरको राष्ट्रियकरण

Nasser announces the nationalisation of the canal (Universal Newsreel, 30 July 1956).
Port Said, at the entrance to the Suez Canal from the Mediterranean.

२६ जुलाई १९५६ मा अलेक्जेद्रिया-(अलेक्जान्ड्रिया) मा सबोधन गर्दै नासेरले इजिप्टको सेनालाई स्वेज नहर नियन्त्रण गर्न र नहरको राष्ट्रियकरण कार्वान्ययन गर्न आदेश दिए। [१९] उनले राष्ट्रियकरण कानुन प्रकाशित भएको , स्वेज नहरको सबै सम्पत्ति रोक्का भएको, र सबै शेयरधनीहरूलाई पेरिस स्टक एक्सचेन्जको अन्तिम मूल्य अनुसारको पैसा चुक्ता गरिने घोषणा गरे ।[२०] त्यहि दिन, इजिप्टले इजरायली जहाजहरूलाई बन्द गरियो ।[२१]

मिस्त्रका राष्ट्रपति कर्नल गमाल नासेरले २६ जुलाई १९५६ मा स्वेज नहरलाई राष्ट्रियकरण गरे तथा ब्रिटेन र फ्रान्सको सेनालाई इजिप्टबाट हट्न आदेश दिए । त्यसपछि ब्रिटेन र फ्रान्सका सेनाले मिस्त्रमाथि आक्रमण गरे। सुरक्षा परिषदमा रुसले आक्रमण नरोकिए युद्धमा उत्रने धम्कि दिए र ब्रिटेन तथा फ्रान्सले युद्ध बन्द गरे संयुक्त राष्ट्र सङ्घका महासचिव ड्याग ह्यामरसोल्डले एक संयुक्त राष्ट्रिय सेनालाई मिस्त्र पठाए र त्यहाँ शान्ति स्थापित गराए । तथा १९५७ मा स्वेज नहर सबै देशको जहाजको आबगमनको लागि खुला गरियो।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड