स्थानीय तह निर्वाचन, २०७४

सङ्घीता पश्चात् भएको पहिलो स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचन, २०७४ नेपालको ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा तीन चरणमा मिति २०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २ मा भएको थियो।[१][२] २० वर्ष र नेपालको संविधान २०७२ लागू भए पश्चात सम्पन्न भएको यो पहिलो स्थानीय तहको निर्वाचन थियो।[३]यस स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठुलो दल बन्न सफल भएको थियो।

स्थानीय तह निर्वाचन, २०७४

← २०६३२०७४ बैशाख ३१, २०७४ असार १४ र २०७४ असोज २२०७८ →
कुल मतदान७३.४% (पहिलो चरण)
७३.७% (दोस्रो चरण)
७७% (तेस्रो चरण)
 
दलनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाली काङ्ग्रेसनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सिट१४,०९७११,४५४५,४४२

 
दलससफोनेराजपानेनेपाल लोकतान्त्रिक फोरम
सिट१,४३९१,११२४६१

 
दलराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालराष्ट्रिय जनमोर्चानयाँ शक्ति पार्टी, नेपाल
सिट२८४१८६११६

पृष्ठभूमि

वि.सं २०६२ मा ज्ञानेन्द्र शाहको राज्यसत्तामा नेपालका ५३ नगरपालिकामा स्थानीय निर्वाचन गराइएको थियो तर प्रमुख राजनीतिक दलहरूद्वारा निर्वाचन वहिष्कारका कारण निर्वाचनमा जनताको झिनो उपस्थितिका साथै न्यून मतदान भएको थियो।[४] वि.सं २०६२ भन्दा पहिले वि.सं २०५३ मा स्थानीय निकायको निर्वाचन भएको थियो जसको अवधि ५ वर्ष तोकिएको थियो। वि.सं २०५८ मा निर्वाचन हुने भएपनि आन्तरिक गृहयुद्धका कारण सो निर्वाचन हुन सकेन।

नेपालको संविधान २०७२ लागू भएपछि राष्ट्रिय स्तरीय, प्रदेश स्तरीय र स्थानीय स्तरीय गरी ३ स्तरीय शासन प्रणालीको आरम्भ गरिएको थियो। संविधान अनुरुप स्थानीय तह कार्यान्वयन गर्नका निमित्त नेपाल सरकारले बालानन्द पौडेलको अध्यक्षतामा स्थानीय निकाय पुनर्संरचना आयोगको गठन गरेको थियो। सो आयोगले ७१९ वटा स्थानीय तहको अवधारणा सरकार समक्ष प्रस्तुत गरेको थियो जसलाई पछि सरकारले सुधार गरेर ७५३ बनाएको हो। २०७३ फागुन २७ मा नयाँ नीति अनुरुप पुराना गाउँ विकास समितिहरूलाई गाभेर गाउँपालिका गठन गरेको हो।[५]

निर्वाचन प्रणाली

स्थानीय निकायमा एउटा अध्यक्ष/मेयर र एउटा उपाध्यक्ष/उपमेयर रहने व्यवस्था गरिएको छ। यस वाहेक स्थानीय निकायलाई वडामा विभाजन गरिएको छ जसमा एउटा वडा अध्यक्ष र ४ सदस्य रहने व्यवस्था गरिएको छ। ४ सदस्यहरू मध्ये अनिवार्य रूपमा २ महिला हुनुपर्ने उल्लेख छ। सम्पूर्ण पदहरूको अवधि ५ वर्षको लागि तोकिएको छ। प्रत्यक्ष रूपमा निर्वाचन व्यवस्था भएको हुनाले सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजय घोषित गरिनेछ।[६]

स्थानीय निकाय प्रकारविकल्प
महानगरपालिकाएक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
उप महानगरपालिकाएक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
नगरपालिकाएक मेयर, एक उपमेयर, एक वडा अध्यक्ष र ४ वडा सदस्य
गाउँपालिकाएक अध्यक्ष, एक उपाध्यक्ष, एक वडा अध्यक्ष र ४ वडा सदस्य

आयोजन

निर्वाचन खर्च

स्थानीय तहको निर्वाचन गर्न प्रमुख राजनीतिक दलहरू तयार भएपछि निर्वाचन गर्नका लागि नेपाल सरकारको मन्त्रिपरिषदद्वारा निर्वाचन आयोगसँग सल्लाह सुझाव गरेर वि.सं. २०७४ वैशाख ३१ मा निर्वाचन गर्ने निर्णय गरेको थियो।[७][८][९] स्थानीय निकायको निर्वाचन गर्नका लागि मन्त्रिपरिषदले निर्वाचन आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ छुट्याएको हो।[९]

वि.सं. २०७४ वैशाख ३१ मै देशभर निर्वाचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएको मोर्चासँग सरकारको सहमति भएपछि स्थानीय निकायको निर्वाचन तीन चरणमा हुने भएको थियो।[१०][११] सहमति अनुसार पहिलो चरणको निर्वाचन वि.सं. २०७४ बैशाख ३१, दोश्रो चरणको निर्वाचन वि.सं. २०७४ असार १४ गते र तेस्रो चरणको निर्वाचन वि.सं. २०७४ असोज २ गते हुने भएको हो।[१०][१२]

स्थानीय तहको निर्वाचन गराउन सुरक्षा व्यवस्था कडा र चुस्त बनाउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याएको थियो।[१३]

निर्वाचन कार्यक्रम

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन ३ चरणमा गर्ने भएको थियो। निर्णयअनुसार पहिलो चरणको निर्वाचन वि.सं. २०७४ बैशाख ३१ (सन् २०१७ मार्च १४) मा नेपालको नयाँ गठित बागमती प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेशमा सञ्चालन गरिएको थियो भने दोस्रो चरणको निर्वाचन वि.सं. २०७४ असार १४ मा कोशी प्रदेश, लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेशमा सञ्चालन भएको थियो भने मधेश प्रदेशमा तेस्रो चरणको निर्वाचन वि.सं. २०७४ असोज ०२ मा गरिएको थियो।[१४]

मतदान

निर्वाचन परिणाम

पूर्ण परिणाम

पार्टीमेयर/अध्यक्षउप-मेयर/उपाध्यक्षवार्ड अध्यक्षवार्ड सदस्य
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)२९४३३१२,५६०१०,९१२
नेपाली काँग्रेस२६६२२३२,२८६८,६७९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)१०६११११,१०२४,१२३
सङ्घीय समाजवादी फोरम, नेपाल३४३२२६२१,१११
राष्ट्रिय जनता पार्टी नेपाल२५३०१९५८६२
नेपाल लोकतान्त्रिक फोरम८८३५६
स्वतन्त्र९११३१
राष्ट्रिय प्रजातन्त्र पार्टी५९२१४
राष्ट्रिय जनमोर्चा३३१४६
नयाँ शक्ति पार्टी, नेपाल२२९१
नेपाली जनता दल३०
नेपाल मजदुर किसान पार्टी२२७५
बहुजन शक्ति पार्टी३४
राष्ट्रिय जनमुक्ति पार्टी१७
राष्ट्रिय प्रजन्तन्त्र पार्टी (प्रजातान्त्रिक)
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
नेपाल परिवार दल
जम्मा७५३७५३६,७४२२६,९७०

पहिलो चरण

पहिलो चरणको निर्वाचन सकिए लगत्तै थालिएको मतगणना अनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी स्थानमा मेयर/अध्यक्ष बनाउन सफल भएको थियो। पहिलो चरण अन्तर्गत ३ प्रदेशहरूको ३४ जिल्लाको २८३ स्थानमा भएको निर्वाचन परिणाममा एमाले अगाडि रहेको छ भने नेपाली काङ्ग्रेस दोस्रो स्थानमा रहेको थियो।[१५][१६] पहिलो चरणको निर्वाचनमा ७१% मतदान भएको नेपाल निर्वाचन आयोगले जनाएको थियो।[१७]

१२५१०५४६
एमालेनेपाली काङ्ग्रेसमाओवादी केन्द्रराप्रपाजनमोर्चानेमकिपा
पार्टीनेकपा (एमाले)काङ्ग्रेसनेकपा (माके)राप्रपाजनमोर्चानेपाल मजदुर किसान पार्टी
नेताखड्गप्रसाद ओलीशेरबहादुर देउवाप्रचण्डकमल थापाचित्रबहादुर केसीनारायणमान बिजुक्छे
सिट१२५ (४४%)१०५ (३७%)४६ (१६%)१ (०.२%)१ (०.२%)१ (०.२%)
११५ / २८३
१०२ / २८३
४६ / २८३
१ / २८३
१ / २८३
१ / २८३

पार्टीगत विवरण

पार्टीविजय सिट[१८]मत प्रतिशतपरिवर्तन
नेकपा (एमाले)१२५४४%
काङ्ग्रेस१०५३७%
नेकपा (माके)४६१६%
राप्रपा०.२%
जनमोर्चा०.२%
सङ्घीय समाजवादी फोरमनयाँ शक्ति पार्टी०.२%
नेपाल मजदुर किसान पार्टी०.२%
स्वतन्त्र उम्मेदवार१.४१%-
जम्मा२८३

दोस्रो चरण

दोस्रो चरणको निर्वाचन सकिए लगत्तै थालिएको मतगणना अनुसार नेकपा (एमाले)ले सबैभन्दा बढी स्थानमा मेयर/अध्यक्ष बनाउन सफल भएको थियो। दोस्रो चरण अन्तर्गत ३ प्रदेशहरूको ३५ जिल्लाको ३३४ स्थानमा भएको निर्वाचन परिणाममा एमाले अग्रस्थानमा रहेको थियो भने नेपाली काङ्ग्रेस दोस्रो स्थानमा रहेको थियो। पहिलो चरणको निर्वाचनमा ७०.५% मतदान भएको नेपाल निर्वाचन आयोगले जनाएको थियो जसमा सबैभन्दा बढी मतदान बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको थियो।[१९][२०][२१][२२]

१५०१२२३८
एमालेनेपाली काङ्ग्रेसमाओवादी केन्द्रनयाँ शक्तिनेलोफोराप्रपाजनमोर्चा
पार्टीनेकपा (एमाले)काङ्ग्रेसनेकपा (माके)नयाँ शक्ति पार्टीलोकतान्त्रिक फोरमराप्रपाजनमोर्चा
नेताखड्गप्रसाद ओलीशेरबहादुर देउवाप्रचण्डबाबुराम भट्टराईबिजयकुमार गच्छदारकमल थापाचित्रबहादुर केसी
सिट१५० (४४.९१%)१२२ (३६.५२%)३८ (११.३७%)८ (२.३९%)६ (१.७९%)४ (१.१९%)२ (०.५९%)
१५० / ३३४
१२२ / ३३४
३८ / ३३४
८ / ३३४
६ / ३३४
४ / ३३४
२ / ३३४

पार्टीगत विवरण

पार्टीविजय सिट[१८][२३]मत प्रतिशतपरिवर्तन
नेकपा (एमाले)१५०४४%
काङ्ग्रेस१२२३६%
नेकपा (माके)३८११%
नयाँ शक्ति पार्टी२%
लोकतान्त्रिक फोरम१%
राप्रपा१%
जनमोर्चा०.२%
स्वतन्त्र उम्मेदवार१%-
जम्मा३३४

तेस्रो चरण

तेस्रो चरणको निर्वाचन सकिए लगत्तै थालिएको मतगणना अनुसार नेपाली काङ्ग्रेसले सबैभन्दा बढी स्थानमा मेयर/अध्यक्ष बनाउन सफल भएको थियो। तेस्रो चरण अन्तर्गत प्रदेश नं २ को ८ जिल्लाको १३६ स्थानमा भएको निर्वाचन परिणाममा नेपाली काङ्ग्रेस अगाडि रहेको छ भने सङ्घीय समाजवादी फोरम, नेपाल दोस्रो स्थानमा रहेको थियो।[१५][१६] तेस्रो चरणको निर्वाचनमा ७७% मतदान भएको नेपाल निर्वाचन आयोगले जनाएको थियो।[२४]

४०२६२५२११८
नेपाली काङ्ग्रेसससफोराजपामाओवादी केन्द्रएमालेलोफनेनेजद
पार्टीकाङ्ग्रेससङ्घीय समाजवादी फोरमराष्ट्रिय जनता पार्टीनेकपा (माके)नेकपा (एमाले)नेपाल लोकतन्त्रिक फोरम
नेताशेरबहादुर देउवाउपेन्द्र यादवमहन्थ ठाकुरप्रचण्डखड्गप्रसाद ओलीबिजयकुमार गच्छदार
सिट४० (२९%)२६ (१९%)२५ (१८%)२१ (१५%)१८ (१३%)३ (२%)
४० / १३६
२६ / १३६
२५ / १३६
२१ / १३६
१८ / १३६
३ / १३६

पार्टीगत विवरण

पार्टीविजय सिट[२५]मत प्रतिशतपरिवर्तन
काङ्ग्रेस४०२९%
सङ्घीय समाजवादी फोरम२६१९%
राजपा२५१८%
नेकपा (माके)२११५%
नेकपा (एमाले)१८१३%
नेपाल लोकतन्त्रिक फोरम२%
नेपाल जनता दल१%
नयाँ शक्ति पार्टी१%-
जम्मा१३६

नगरहरूको निर्वाचन परिणाम

नगरमेयरउप मेयर
काठमाडौँ

#DC241F

विद्यासुन्दर शाक्य (नेकपा एमाले)

green

हरी प्रभा खड्गी (नेका)
ललितपुर

green

चिरीबाबु महर्जन (नेका)

green

गीता सत्याल (नेका)
पोखरा लेखनाथ

#DC241F

मन बहादुर जिसी (नेकपा एमाले)

#DC241F

मञ्जु देवी गुरुङ (नेकपा एमाले)
भरतपुररेणु दाहाल (नेकपा माके)

green

पार्वती शाह ठकुरी (नेका)
हेटौडा

#DC241F

हरि बहादुर महत (नेकपा एमाले)

#DC241F

मीना कुमारी लामा (नेकपा एमाले)
घोराही

#DC241F

नरु लाल चौधरी (नेकपा माके)

#DC241F

सीता न्योपाने (नेकपा एमाले)
नेपालगञ्ज

gold

धवल शमशेर जबरा (राप्रपा)

green

उमा थापा मगर (नेका)
बुटवल

#DC241F

शिवराज सुबेदी (नेकपा एमाले)

#DC241F

गुमा देवी आचार्य (नेकपा एमाले)
तुलसीपुर

#DC241F

घनश्याम पाण्डे (नेकपा एमाले)

#DC241F

माया शर्मा (नेकपा एमाले)
इटहरी

#DC241F

दौरिक लाल चौधरी (नेकपा एमाले)

#DC241F

लक्ष्मी कुमारी गौतम (नेकपा एमाले)
धनगढी

green

नृप बहादुर वाड (नेका)

green

सुशिला मिश्रा (नेका)
बिराटनगर

green

भीम पराजुली (नेका)

green

इन्दिरा कार्की (नेका)
धरान

#DC241F

तारा सुब्बा (नेकपा माके)

#DC241F

मञ्जु भण्डारी (नेकपा एमाले)
जनकपुर

#FFb300

लाल किशोर शाह (राजपा)

#FFb300

रीता कुमारी मिश्रा (राजपा)
जीतपुर सिमरा

#DC241F

कृष्ण प्रसाद पौडेल (नेकपा माके)

#DC241F

सरस्वति देवी चौधरी (नेकपा माके)
कलैया

green

राजेश राय यादव (नेका)

green

रहिमा खातुन (नेका)
वीरगञ्ज

pink

विजय कुमार सरावगी (ससफो)

green

शान्ति कार्की (नेका)
राजविराज

#FFb300

शम्भु प्रसाद यादव (राजपा)

#FFb300

साधना झा (राजपा)

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड