बाजुरा जिल्ला

बाजुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो।[२] यस जिल्लाको सिमाना बझाङ जिल्ला, हुम्ला जिल्ला, मुगु जिल्ला, कालीकोट जिल्लाअछाम जिल्लासँग जोडिएको छ।[२] यस जिल्लाको क्षेत्रफल २१८८ वर्ग कि.मि. छ।[२] यो जिल्ला प्रशासनिक हिसाबले पहिला २७ गाविस, ९ इलाका, १ निर्वाचन क्षेत्रमा विभक्त थियो।[२] नयाँ विभाजनअनुसार ९ वटा स्थानीय तहमध्ये ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन्।

बाजुरा जिल्ला
मार्तडी
बाजुरा जिल्लाको अवस्थिति
बाजुरा जिल्ला
निर्देशाङ्क: २९°२६′४९″उ॰ ८१°२९′१२″पू॰ / २९.४४६९४°N ८१.४८६६७°E / 29.44694; 81.48667 ८१°२९′१२″पू॰ / २९.४४६९४°N ८१.४८६६७°E / 29.44694; 81.48667
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सदरमुकाममार्तडी
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, बाजुरा
क्षेत्रफल
 • जम्मा२,१८८ किमी (८४५ वर्ग माइल)
उन्नतांश
६,४०० मिटर (२१००० फिट)
जनसङ्ख्या
 • जम्मा१३८५२३
 • घनत्व६३/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली[बजुरेल भाषा ]
वेबसाइटआधिकारिक वेबसाइट

जिल्लाको नामाकरण

जिल्लाको नाम कसरी बाजुरा रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण भेट्न सकिएको छैन तापिन पुराना कहावतहरू अनुसार पहिले यो जिल्लाको आफ्नै स्वतन्त्र अस्थित्व नभई यो क्षेत्र त्यस बेलाको सिंजा हालको जुम्ला जिल्ला पर्दथ्यो। त्यसकारण केन्द्रीय शासन जुम्लाबाट सञ्चालन गरिए तापनि शासकका प्रतिनिधिहरू हालको बाजुरा जिल्लामा पनि सहायक दरबार बनाएर बस्ने गर्दथे। उक्त सहायक दरबारलाई "कोट" भनिन्थ्यो। तत्कालिन सिजांदरबारका राजाको आदेश अनुसार यस बाजुरा दरबारबाट वाज चराको नाम समातेर पक्रेर त्यहा पठाउनु पर्दथ्यो। वाजलाई पासोमा हालेर समातिन्थ्यो। भालेबाजंलाई शाही वाज र पोथि वाजलाई झुर्रा वाज भनिन्थ्यो। एक पटक राजाको आफ्नो दरबारमा वाज पठाई दिने आदेश अनुसार पासो थाप्दा उक्त पासोमा शाही वाज न परि झुर्रा वाज पर्न गएछ। शाहीवाज पासोमा पार्न नसकि झुर्रावाज मात्र परेको खबर सहित झुर्रावाज राजाको दरबारमा पठाएछन। राजाले शाहिवाजको चाहना गरेको तर झुर्रावाज प्राप्त भएकोले यस ठाउँको नाम त्यहि पोथीवाजको नाम "भुर्रावाज" लाई उल्टोबाट बाझुर्राकोट राखेछन। त्यहि बाझुर्राकोट पछि अपभ्रंश हुँदै बाजुरीकोट भयो र त्यसै बाजुरीकोटको नामबाट बाजुरा रहेको किंवदन्ति पाइन्छ। अर्को भनाई अनुसार यो ठांउमा "बाजुगार्ड" भन्ने नदिको नामबाट बाजुरा जिल्ला नाम रहन गएको हो भन्ने भनाई पनि पाइन्छ।

भूगोल

यो जिल्ला २८ डि १८“उत्तरी देखि २९डि ५” उत्तरी अक्षांश र ८०डि ९ “ पूर्व देखि ८१डि ५” पूर्व देशान्तरसम्म फैलिएको छ।[२] यो जिल्लाको सिमानामा पूर्वमा मुगु र कालिकोट, पश्चिममा बझाङ, उत्तरमा हुम्ला, दक्षिणमा अछाम र कालिकोट जिल्ला पर्दछन्।[२] यो जिल्लाको क्षेत्रफल २१८८ वर्ग किलोमिटर वा २१८८०० हेक्टर रहेको छ।[२] भौगोलिक रूपमा यो जिल्ला हिमाली क्षेत्रमा १३.५%, उच्च पहाडि क्षेत्र –८४.७% मध्य पहाडि क्षेत्र १.७% रहेको छ।[२] यो जिल्ला समुद्री सतहबाट न्युनतम ७२६ मी.(ईकडि गार्ड) देखि अधिकतम ७०३६ मि.(हंशिरेलेख)उचाइ सम्म फैलिएको छ।[२] यो जिल्लाको प्रमुख नदिहरू कर्णाली नदि, बुढिगङ्गा, मालागाड, बार्जुगाड, कोदिगाड, दानसाग,कवाडि, ईकडिगार्ड आदि हुन् भने प्रमुख तालहरू खप्तड ताल, छेडेदह, बुढिनन्दा देवीको पवित्र स्थलमा रहेका ७ वटा ताल आदि हुन्।[२] धरातलीय स्वरूपको आधारमा यो जिल्लाको हावापानी निर्भर गर्दछ। यो जिल्लामा अर्ध उष्ण, समशितोष्ण, शितोष्ण र ठण्डा शितोष्ण गरी चार प्रकारका हावापानी रहेका छन्।[२] यो जिल्लाको औसत तापक्रम गृष्म ऋतुमा १८ डिग्री – ३२ डिग्री र हिउँदमा ० डी — ५ डिग्री तथा औसत वर्षा अधिकतम ८० इन्चदेखि न्यूनतम २५ इन्चसम्म हुन्छ।[२] यस जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रमा बुढीनन्दा देवी, बडिमालिका, नाटेश्वरी, खप्तड, छेडेदह आदि तथा व्यापारिक महत्त्वका क्षेत्रमा मार्तडी बजार, कोल्टी बजार, शेरा बजार, डाब बजार, कुल्देवमाडौँ बजार आदि रहेका छन्।[२]

जनसङ्ख्या

वि सं २०५८ को जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या १,०८,७८१ थियो[२] भने विसं २०६८ मा १,३४,९१२ पुग्यो। विसं २०६८ मा महिला ६९,१०६ र पुरुष ६५,८०६ थियो। यस जिल्लाको जनसङ्ख्या नेपालको जनसङ्ख्याको ०.५० प्रतिशत छ। यीमध्ये ५ वर्ष मुनिको जनसङ्ख्या १८,९३५ थियो भने ७५ वर्ष र सोभन्दा माथिको जनसङ्ख्या जम्मा १७०७ थियो। यो जिल्लामा घर परिवार सङ्ख्या २४९०८ थियो भने औसत परिवार सदस्य सङ्ख्या ५.५ थियो। यो जिल्लाको जनघनत्व ६१.७ र जनसङ्ख्या वृद्धिदर २.१५ थियो। यस जिल्लाको लैङ्गिक अनुपात ९५.२ छ।[३]

प्रशासनिक विभाजन

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ४ सहरी नगरपालिका र ५ गाउँपालिका छन्।[३]

बाजुरा जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याजनसङ्ख्या
बडीमालिका नगरपालिका१६,८१८
त्रिवेणी नगरपालिका१८,३३६
बुढीगंगा नगरपालिका१०२१,६७७
बुढीनन्दा नगरपालिका१०१८,७७६
गौमुल गाउँपालिका८,५१५
पाण्डव गुफा गाउँपालिका९,४३२
स्वामीकार्तिक गाउँपालिका१२,७८४
छेडेदह गाउँपालिका१८,५७५
हिमाली गाउँपालिका९,२१४

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड