अल ऐन

अबु धावीको एक ठूलो शहर

अल ऐन (अरबी: العين, al-ʿayn, शाब्दिक अर्थ वसन्त), यसको हरियोपनाको कारण गार्डन शहर पनि भनिने, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठुलो भित्री शहर, जुन (दुबई, अबु धाबी र शारजाह पछि) चौथो सबैभन्दा ठुलो, र अबु धाबी इमरातको दोस्रो सबैभन्दा ठुलो शहर हो। सन् २०१३ को जनगणना अनुसार अल ऐनको जनसङ्ख्या ६५०,००० रहेको थियो।[१] यो, राजधानी, अबु धाबी को लगभग १६० किलोमिटर (९९ माइल) र दुबई को लगभग १२० किलोमिटर (७५ माइल) दक्षिण मा स्थित छ।[२] अल ऐन संयुक्त अरब इमिरेट्सको संस्थापक शेख जायद बिन सुल्तान अल नहयनको जन्मस्थान हो र इमराती नागरिकहरूको उच्चतम अनुपात (३०.८)% छ।[३]

अल ऐन
العين
हरियो मुबारजाहको दृश्य
हरियो मुबारजाहको दृश्य
देशसंयुक्त अरब इमिरेट्स
इमरातअबु धाबी
सरकार
 • प्रकारनगरपालिका
 • शेखखलीफा बिन जाएद
 • प्रतिनिधितहनुन मुहम्मद बिन अल नहयन
क्षेत्रफल
 • जम्मा१५,१०० किमी (५८०० वर्ग माइल)
उन्नतांश
२९२ मिटर (९५८ फिट)
जनसङ्ख्या
 (२०१५)
 • जम्मा६५०,०००
 • घनत्व४३/किमी (११०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+४ (संयुक्त अरब इमिरेट्स)

इतिहास

ऐतिहासिक रूपमा अल ऐन लाई तावाम वा अल बुरेमी ओएसिस (मरुभूमिको एक उर्वरा ठाउँ जहाँ पानी पाइन्छ) को एक भाग मानिन्छ। अल-ऐन मा ४,००० वर्ष भन्दा पहिले देखि मानव बसोबास भएको पाइन्छ, जहाँ पुरातत्व स्थलहरू अल-हिली र जाबेल हफीत मा मानव वस्तीहरू देखिएको पाइन्छ। ओएसिसले आधुनिक समय सम्म प्रारम्भिक खेतीको लागि पानी प्रदान गरे।

भूगोल

अल ऐन अबु धाबी इमरातको पूर्व र दुबईको दक्षिणमा र अबु धाबी को पूर्वी क्षेत्र मा स्थित छ। अबु धाबी इमरातको पूर्वी क्षेत्रमा लगभग १३,१०० वर्ग किलोमिटर (५,१०० वर्ग माइल) क्षेत्रफल पर्दछ।

ओएसिस

अल ऐनको ओएसिसहरूलाई तिनीहरूको फालाज (भूमिगत सिंचाई) प्रणालीको लागि चिनिन्छ जसले बोरहोलबाट पानी खेतीपाति र खजूरको लागि प्रयोग गरिन्छ। फालाज सिंचाई एक हजारौँ पुरानो प्रणाली हो जुन हजारौँ वर्ष पहिले पनि ओमान संयुक्त अरब इमिरेट्स, चीन, ईरान र अन्य देशहरूमा अझै पनि व्यापक रूपमा प्रयोग गरिन्छ।

विश्व सम्पदा क्षेत्र

अल ऐन संयुक्त अरब इमिरेट्सको विश्व सम्पदा क्षेत्र हो। यो क्षेत्रलाई युनेस्कोले सन २०११ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो। अल ऐन का साथै हफित, हिली, विदा बिन साउद र ओएसिस सांस्कृतिक क्षेत्रहरू पनि विश्व सम्पदा क्षेत्र मा पर्दछन्।[४]

जलवायु

अल ऐनमा गर्मी जलवायु छ। घमाइलो-नीलो आकाश वर्षभरि आशा गर्न सकिन्छ। जुन देखि सेप्टेम्बर महिना सम्म सामान्यतया अत्यन्तै गर्मी र आर्द्र हुन्छ। यस समयमा अधिकतम ३८ डिग्री सेल्सियस (१०० डिग्री फारेनहाइट) तापमान हुन्छ। नोभेम्बर देखि मार्च सम्म मध्यम तापमानमा हल्का चिसो मौसम हुन्छ। यो अवधिका केही दिनमा घना कुहिरो पनि देखिन्छन्। औसतमा, जनवरी, वर्षको सबैभन्दा जाडो महिना हो र अगस्तमा सबैभन्दा बढी गर्मी हुन्छ। सबैभन्दा जाडो महिना बाहेक यसको औसत मौसम १८.८ डिग्री सेल्सियस (६५.८ डिग्री फरेनहाइट) रहेको हुन्छ।

अल ऐन अन्तर्राष्ट्रिय विमानस्थल (१९९६-२०१५)को मौसम जानकारी
महिनाजनवरीफेब्रुअरीमार्चअप्रिलमेजुनजुलाईअगस्टसेप्टेम्बरअक्टोबरनोभेम्बरडिसेम्बरवर्ष
उच्चतम औसत °से (°फे)२४.३
(७५.७)
२७.५
(८१.५)
३१.७
(८९.१)
३६.५
(९७.७)
४१.६
(१०६.९)
४३.९
(१११.०)
४४.२
(१११.६)
४४.०
(१११.२)
४१.५
(१०६.७)
३७.३
(९९.१)
३०.८
(८७.४)
२६.४
(७९.५)
३५.८
(९६.५)
दैनिक औसत °से (°फे)१८.७
(६५.७)
२१.३
(७०.३)
२४.९
(७६.८)
२९.५
(८५.१)
३४.१
(९३.४)
३६.२
(९७.२)
३७.५
(९९.५)
३७.५
(९९.५)
३४.७
(९४.५)
३०.७
(८७.३)
२५.०
(७७.०)
२०.७
(६९.३)
२९.२
(८४.६)
न्यूनतम औसत °से (°फे)१३.१
(५५.६)
१५.१
(५९.२)
१८.०
(६४.४)
२२.५
(७२.५)
२६.५
(७९.७)
२८.४
(८३.१)
३०.७
(८७.३)
३०.९
(८७.६)
२७.९
(८२.२)
२४.१
(७५.४)
१९.३
(६६.७)
१५.१
(५९.२)
२२.६
(७२.७)
स्रोत: मौसमअनलाइन [५]

चित्रावली

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड