ओपेक

पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ ओपेक (, /ˈpɛk/ OH-pek, or ओपेप OPEP अन्य धेरै भाषाहरूमा ) १५ राष्ट्रहरूको अन्तर सरकारी सङ्गठन हो. यसको स्थापना पाँच संस्थापक सदस्य राष्ट्रहरु  (इरान, इराक, कुवेत, साउदी अरब, र भेनेजुएला)द्वारा  १९६० मा इराकको बग्दादमा भएको थियो र १९६५ देखि यसको मुख्यालय भियना, अस्ट्रियामा छ । सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको  ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ जुन पहिला 'सात बहिनी' भनिएर चिनिने बहुराष्ट्रिय तेल कम्पनीले मुल्य निर्धारण गर्थ्यो । 

पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)को झन्डा
झन्डा
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)
मुख्यालयभियना, अस्ट्रियामा
कार्यालय भाषाअङ्ग्रेजी
किसिमअन्तर्राष्ट्रिय सट्टेबाजी[१]
सदस्यता
नेताहरू
• महासचिव
मोहमद बर्कीन्दो
स्थापनाबगदाद, इराक
• स्थापना
सेप्टेम्बर १९६०
• सक्रिय
जनवरी १९६१
मुद्राअमेरिकी डलर प्रति ब्यारल अनुसार क्रमवद्द गरिएको
वेबसाइट
OPEC.org

यो सङ्गठनको उल्लेखित मिशन '' सदस्य राष्ट्रहरु बीच समन्वय र सहकार्य गर्नु, सदस्य राष्ट्रहरूलाई एक गर्नु र उपभोक्तासम्म कुशल, आर्थिक र नियमित पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्नका लागि तेल बजार स्थिर गर्ने र पेट्रोलियम उद्योगमा लगानी गर्नेको उचित लगानी फिर्ती सुनिश्चित गर्नु हो । "[४] यो सङ्गठन अन्तरास्ट्रिय तेल बजारको महत्त्वपुर्ण सुचना संवाहक समेत हो। हालको ओपेक राष्ट्रहरु निम्न राष्ट्रहरु हुन् हालका ओपेक राष्ट्रहरु अल्जेरिया, एङ्गोला, इक्वेडर, भूमध्यरेखीय गिनी, गाबोन, इरान , ईराक, कुवेत, लिबिया, नाइजेरिया, कतार, गणतन्त्र कङ्गो, साउदी अरेबिया ( अघोषित नेता), संयुक्त अरब इमिरेट्स यु.ए.इ., र भेनेजुएला।  इन्डोनेसिया पुर्व सदस्य राष्ट्र हो । महाद्वीपमा दक्षिण अमेरिकाबाट दुई , अफ्रिकाबाट सात  र एसिया (मध्य पुर्व)बाट छ राष्ट्र रहेका छन् । ओपेक रास्ट्रको दुई-तिहाई तेल उत्पादन र रिजर्भ यसका छ मध्य पूर्वी राष्ट्रहरूमा रहेका छन् जसले पर्सियन खाडीलाई वरिपरी घेरेका छन् ।

ओपेकको स्थापनालाई प्राकृतिक स्रोतमाथि राष्ट्रिय सार्वभौमको लागि परिवर्तनको बिन्दु मानिन्छ र ओपेकको निर्णयहरु विश्वव्यापी

तेल बजार र अन्तरास्ट्रिय सम्बन्धहरूमा महत्त्वपुर्ण भूमिका खेलिरहेको हुन्छ ।    यसको प्रभाव त्यतिबेला झन् बलियोसँग देखिन्छ जव युद्ध, लडाई र आन्दोलन, अस्तव्यस्तताले गर्दा लामो समयसम्म तेलको आपूर्तिमा अबरोध उत्पन्न हुन्छ । १९७० को दशकमा , तेल उत्पादनमा बन्धनको कारणले तेलको मुल्यमा नाटकीय रूपमा वृद्धि भयो र ओपेक रास्ट्रको राजस्व र सम्पतिमा समेत ठुलो वृद्धि आयो , यसले वैश्विक अर्थतन्त्रमा दीर्घकालीन र लामो असरहरु देखियो । १९८० मा, ओपेकले आफ्ना सदस्य राष्ट्रलाई उत्पादनको लक्ष्य दिन सुरु गर्यो , साधारणतया , जब उत्पादन लक्ष्यमा कमि आउथ्यो तब तेलको मुल्यमा बढाव आउँछ ।यस्तो घटना हालसालै २००८ र २०१६ मा ओपेकको तेल उत्पादन कम गर्ने निर्णयबाट भएको थियो ।

अर्थशास्त्रीहरूले ओपेकलाई किताबमा सामुहिक सट्टेबाजीको उदाहरणको रूपमा प्रस्तुत गर्छन जसले आफ्नो बजार प्रतिस्पर्धा न्यूनीकरण गर्छ ।  डिसेम्बर २०१४ मा ''ओपेक र तेलको मानिसहरूलाई '' विश्वको १०० प्रभावशाली जहाजी उद्योगमा तेश्रो स्थानमा रहेको थियो । [५] तथापी , समय-समयमा अन्तरास्ट्रिय व्यापारमा ओपेकको प्रभावलाई गैर-ओपेक उर्जा श्रोतको विस्तार , एक एक सदस्य रास्ट्रको  उत्पादन लक्ष्य बढाउने प्रलोभन र  सदस्य रास्ट्रको विवादित रास्ट्रिय स्वार्थले चुनौती पेश गरेको छ ।

सदस्यता

हालको सदस्य राष्ट्र

२०१८ जुनसम्म , ओपेकमा १५ सदस्य राष्ट्र छन् : छ मध्य पूर्व (पश्चिम एसिया), सात अफ्रिका, र दुई दक्षिण अमेरिकी ।  अमेरिकी उर्जा सूचना प्रशासन ( U.S. Energy Information Administration (EIA)), का अनुसार ओपेकले २०१६ को विश्वको कुल तेल उत्पादनको ४४ प्रतिशत ( ग्यास सहित ) उत्पादन गर्छ। , र ओपेकमा विश्वको ८१.५ प्रतिशत प्रमाणित तेल खानी रहेको छ ,जुन मध्ये पूर्वी सदस्यमा मात्रै ४८ प्रतिशत रहेको छ ।

नयाँ रास्ट्रको अनुमोदनको लागि सस्थापक सबै पांच सदस्य सहित ओपेकको वर्तमान सदस्यको तीन - चौडाई मत आवस्यक पर्छ , अक्टोबर २०१५ मा , सुडानले औपचारिक रूपमा सदस्यताको लागि निवेदन दिएको थियो,[६] तर अहिले सम्म सदस्य बनेको छैन।

राष्ट्र
kshetraसदस्यता वर्षजनसङ्ख्या
(२०१६ अनुमानित.)[७][८]
क्षेत्रफल
(कि.मि.2)[९]
तेल उत्पादन
(bbl/day, 2016)[upper-alpha १][१०]
प्रमाणित रिजर्भ
(bbl, 2016)[upper-alpha १][११]
 अल्जेरियाउत्तर अफ्रिका१९६९–40,606,0522,381,7401,348,36112,200,000,000
 अङ्गोलादक्षिण अफ्रिका२००७28,813,4631,246,7001,769,6158,423,000,000
 इक्वेडरदक्षिण अमेरिका१९७३–१९९२, २००७–16,385,068283,560548,4218,273,000,000
 भूमध्यरेखीय गिनीमध्य अफ्रिका२०१७1,221,49028,051227,0001,100,000,000
 गाबोनमध्य अफ्रिका१९७५–१९९५, २०१६–1,979,786267,667210,8202,000,000,000
 इरानमध्य पूर्व१९६०–80,277,4281,648,0003,990,956157,530,000,000
 इराकमध्य पूर्व१९६०-37,202,572437,0724,451,516143,069,000,000
 कुवेतमध्य पूर्व१९६०–4,052,58417,8202,923,825101,500,000,000
 लिबियाउत्तर अफ्रिका१९६२–6,293,2531,759,540384,68648,363,000,000
 नाइजेरियापश्चिम अफ्रिका१९७१-185,989,640923,7681,999,88537,070,000,000
 कतारमध्य पूर्व१९६१-2,569,80411,4371,522,90225,244,000,000
 गणतन्त्र कङ्गोमध्य अफ्रिका२०१८–[१२]5,125,821342,000260,0001,600,000,000
 साउदी अरबमध्य पूर्व१९६०–32,275,6872,149,69010,460,710266,578,000,000
 संयुक्त अरब इमिरेट्समध्य पूर्व१९६७-–9,269,61283,6003,106,07797,800,000,000
 भेनेजुएलादक्षिण अमेरिका१९६०-31,568,179912,0502,276,967299,953,000,000
OPEC Total483,630,00012,492,69535,481,7401,210,703,000,000
World Total7,657,879,000510,072,00080,622,2871,650,585,000,000
OPEC Percent6.3%2.4%44%73%

पुर्व सदस्य

CountryRegionMembership YearsPopulation
(2016 est.)[१४][८]
Area
(km2)
Oil Production
(bbl/day, 2016)
Proven Reserves
(bbl, 2016)
 इन्डोनेसियादक्षिण पूर्वी एसिया१९६२-२००८

जनवरी-नोबेम्बर २०१६

२६१,११५,४५६१,९०४,५६९833,6673,692,500,000

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड