डिएगो फोर्लान

उरुग्वेका फुटबल खेलाडी

डिएगो फोर्लान
व्यक्तिगत जानकारी
पुरा नामडिएगो फोर्लान कोराज्जो
जन्म मिति (1979-05-19) १९ मे १९७९ (उमेर ४४)
उचाइ१.८० मी (५ फिट ११ इन्च)[१]
खेल्ने स्थान(हरू)अग्रपंक्ति (फुटबल)
क्लब जानकारी
वर्तमान टोली
सेरेजो ओसाका
सङ्ख्या१०
युवा करियर
१९९०–१९९१Peñarol
१९९१–१९९४Danubio
१९९४–१९९७Independiente
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९९७–२००२Independiente८०(३७)
२००२–२००४Manchester United६३(१०)
२००४–२००७Villarreal१०६(५४)
२००७–२०११Atlético Madrid१३४(७४)
२०११–२०१३Internazionale१८(२)
२०१२–२०१४Internacional३४(१०)
२०१४–Cerezo Osaka३९(१६)
अन्तर्राष्ट्रिय करियर
२००२–२०१४Uruguay११२(३६)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १२ मे २०१५

डिएगो फोर्लान कोराज्जो (स्पेनी उच्चारण: [ˈdjeɣo forˈlan]; जन्म १९ मे १९७९) उरूग्वेली फुटबलर हुन जो जापानी क्लब सेरेजो ओसाकाका लागि फरवार्डका रूपमा खेल्ने गर्दछन् । उनी पिचिचि ट्रफि र युरोपियन गोल्डेन सु का दुइ पटकका विजेता हुन भने २०१० फिफा विश्वकपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल जित्न पनि सफल भएका थिए । उनी उरूग्वे राष्ट्रिय फुटबल टिमका तबसम्म उच्च गोलकर्ता थिए जबसम्म उनका सहपाठी लुइस स्वारेजले उनलाई उछिनेनन् ।

प्रारम्भिक जीवन

फोर्लान फुटबलरको परिवारमा जन्मेका थिए – उनका पिता पाब्लोले साओ पाउलो (१९७०–१९७५) र उरूग्वेका लागि १९६६ र १९७४ फिफा विश्वकप खेलेका थिए भने मावली हजुरबुवा जुआन कार्लोस कोराज्जोले अर्जेन्टीनी क्लब इन्डीपेन्डाइन्टका लागि खेलेका थिए । 

क्लब फुटबल

फोर्लानले युवा टोलीबाट माथि उठेर इन्डीपेन्डाइन्ट क्लबमा लागि आफ्नो ४ वर्ष बिताएर आफैँलाई नियमित खेलाडीका रूपमा स्थापित गरेका थिए । उनको खेलले प्रशंशकहरू सम्मोहित हुन थालेका थिए । लगत्तै उनलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले सिलसिला अघि बढायो । सोचेअनुरूप प्रभावकारी नभएपछि म्यान्चेस्टर प्रबन्धक सर एलेक्सले २००४ मा उनलाई भिल्लारियलको बाटो देखाए । उनलाई भित्राउन र निकाल्न दुवै काममा म्यान्चेस्टरले हतारो गर्यो जसको फल उसले राम्रै भोग्यो । भिल्लारियल छिरेको पहिलो सिजनमै उनले तहल्का मच्चाउँदै २५ गोल हानेका थिए। फोर्लानको यो खेलले एट्लेटिको म्याड्रिडका प्रबन्धकमा पनि राम्रो छाप छोड्यो जसको फलत उसले फोर्लानलाई नभित्राइ रहन सकेन। एट्लेटिकोमा पनि एक सिजन उनी उच्च गोलकर्ता बन्दै पिचिचिस ट्रफि कब्जा गर्न सफल भए । २०१० यूरोपा लिग फाइनलमा एट्लेटिकोलाई उपाधि जिताउन उनले फुलह्याम विरूद्ध गोल गरेका थिए । २०११ मा इटालियन क्लब इन्टर मिलान उनलाई भित्राउन उत्सुक भयो र भित्रायो पनि तर २०१२ मै उनी इन्टरनेकियोनल मा स्थानान्तरित भए। उनको अन्तराष्ट्रिय जीवनवृत्ती पनि निकै सफल मानिन्छ ।

अन्तर्राष्ट्रिय फुटबल

सन् २००२ देखि राष्ट्रिय टोलीमा उदाएका फोर्लानले आफ्नो १२ वर्षे अन्तराष्ट्रिय खेलमा कुल ३६ गोल गरेका थिए। उनमा भएको गोल गर्ने खुबी विश्वकप र कोपा अमेरिकामा पनि देख्न सकिन्छ । २००२ फिफा विश्वकपमा उनले गरेको एक गोल हेर्दै सुन्दर थियो । २००६ फिफा विश्वकपका लागि उरूग्वे छनौट हुन सकेन तर २०१० फिफा विश्वकपमा उनले ५ गोल गर्दै लोकप्रियताको चरम चुलीमा पुगेका थिए। उक्त विश्वकपमा उनले घाना विरूद्ध गरेको फ्रि-किक गोल र जर्मनी विरूद्ध तेस्रो स्थानका लागि भएको प्ले-अफमा गरिएको गोलको सँधै चर्चा भइरहनेछ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड