लुइस स्वारेज

उरुग्वेन फुटबल खेलाडी

लुइ आलबेर्तो स्वारेज दियास (जन्म २४ जनवरी १९८७) उरुग्वेली फुटबल खेलाडी हुन्। उनी एथ्लेटिको म्याड्रिड र उरुग्वेको राष्ट्रिय टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।

लुई स्वारेज
व्यक्तिगत जानकारी
पुरा नामलुई आलबेर्तो स्वारेज दियास
जन्म मिति (1987-01-24) २४ जनवरी १९८७ (उमेर ३७)
जन्म स्थानसाल्तो, उरुग्वे
उचाइ१.८१ मी (५ फिट ११ इन्च)
खेल्ने स्थान(हरू)अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
एफसी बार्सिलोना
सङ्ख्या
युवा करियर
सन् २००३-२००५नास्योनाल
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
सन् २००५-२००६नास्योनाल२७(१०)
सन् २००६-२००७ख्रोनिङेन२९(१०)
सन् २००७-२०११एएफसी आयाक्स११०(८१)
सन् २०११-२०१४लिभरपुल११०(६९)
सन् २०१४–२०२०बार्सिलोना१६३(१३१)
२०२०-एथ्लेटिको म्याड्रिड
अन्तर्राष्ट्रिय करियर
सन् २००६-२००७२० वर्ष मुनिको राष्ट्रिय फुटबल टोली(२)
सन् २०१२-२३ वर्ष मुनिको राष्ट्रिय फुटबल टोली(३)
सन् २००७-उरुग्वे१०६(५५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ जुलाई २०१९

स्वारेजलाई उनको पुस्ताको एक महान खेलाडी र फुटबल इतिहासको महान अग्रपङ्क्ति खेलाडी मध्ये एक मानिन्छ। [note १] स्वारेजले आफ्नो व्यावसायिक फुटबल खेल जीवनमा क्लब स्तरको ७ लिग, १ युएफा च्याम्पियन्स लिग र उरुग्वेको तर्फबाट २०११ कोपा अमेरिका सहित १९ वटा मुख्य उपाधिहरू जितेका छन्। सदावहार गोलकर्ता स्वारेजले दुई युरोपेली सुनौलो जुत्ता, एरिडिभिसी सुनौलो जुत्ता, एक प्रिमियर लिग सुनौलो जुत्ता र पिचिची उपाधि जितेका छन्। उनले क्लब र देशको लागि ५०० भन्दा धेरै गोल गरिसकेका छन्।[९][१०]

स्वारेज आफ्नो फुटबल खेल जीवन भरी विवादले घेरिएका छन्। [note २] उनले तीन पटक आफ्नो विपक्षी खेलाडीलाई टोकेका थिए भने सन् २०१० को विश्वकपमा उनले गोल लाइनमा हातले बल रोकेका थिए। [note ३] स्वारेजलाई मैदानमा लडेको नाटक गर्ने आरोप लाग्ने गरेको छ र यो कुरा उनले स्वीकार गरेका छन्।[१८][१९] सन् २०११ मा फुटबल सङ्गठनले उनलाई पेत्रिस इभ्रालाई जातीय दुर्ववहार गरेकोमा दोषी पाइएको थियो भने यो निर्णयमा स्वारेजले विवाद गरेका थिए।

प्रारम्भिक जीवन

क्लब खेल जीवन

बार्सिलोनाबाट फुटबल खेल्दै स्वारेज

स्वारेज हाल विश्व चर्चित फुटबल क्लब एथ्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन्। यस अघि उनी बार्सिलोनाका एक महत्त्वपूर्ण अग्रपङ्क्ति खेलाडी थिए।

बार्सिलोना

हस्ताक्षर र निलम्बन

स्वारेजले बार्सिलोनाको लागि पहिलो खेलमा क्लब लियोन विरुद्ध सन् २०१४ अगस्टमा खेल खेलेका थिए।

सन् २०१४ जुलाई ११ का दिन स्वारेजले गोप्य स्थानान्तरण मूल्यमा बार्सिलोनासँग पाँच वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। [२०] यद्यपि फुटबल लिकद्वारा सार्वजनिक गरिएको कागजात अनुसार मुल्य £६४.९८ मिलियन (€८२.३ मिलियन) थियो। यसबाट उनी विश्व फुटबल इतिहासमा सबैभन्दा मूल्यवान खेलाडी मध्ये एक बनेका थिए।[२१][२२] बार्साले सन् २०१४-१५ संस्करणमा स्वारेजले ९ नम्बरको खेल पोशाक लगाउने कुरा पक्का गरेको थियो। [२३]

२०१४ फिफा विश्वकपमा इटालीका खेलाडी जर्जो किएलिनीलाई टोकेकोमा उनलाई दोषी पाएकाले स्वारेजले उक्त संस्करणको पहिलो भाग छुटाएका थिए।[२४][२५] उनको निलम्बनको हिस्साको रूपमा उनलाई बार्सिलोनामा प्रशिक्षण सहित (२६ अक्टोबर सम्म) सबै प्रकारको "फुटबल सम्बन्धी गतिविधि" बाट प्रतिबन्ध गरिएको थियो। उनलाई सो अवधिमा दर्शकको रूपमा रङ्गशालामा प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको थियो।[२४][२५]

२४ जुलाईमा स्वारेज र उनका वकिलले खेलकुदको मध्यस्तकर्ता न्यायलयमा अपिल दायर गरेपछि उनको प्रतिबन्ध छोट्ट्याउन वा निलम्बन हटाउन आग्रह गरिएको थियो।[२६] ८ अगस्ट मा स्विट्जरल्यान्डको लाउसानेमा उनको पक्षको सुनुवाई भएको थियो। [२७] ६ दिन पछि खेलकुद न्यायलयले फिफाद्वारा स्वारेज माथि गरिएको ४ महिना खेलबाट निलम्बन र ९ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्धलाई अनुमोदन गरेको थियो। यद्यपि खेलकुद न्यायलयले खेलाडीको "फुटबल सम्बन्धी गतिबिधी"को प्रतिबन्ध हटाएपछि उनलाई बार्सिलोनामा प्रशिक्षण गर्न अनुमति दिएको थियो। यो प्रतिबन्धको कारण स्वारेज २०१५ कोपा अमेरिकामा सहभागी हुन प्रतिबन्धित भएका थिए।

खेलकुद मध्यस्थता न्यायलयले स्वारेजलाई मैत्रीपूर्ण खेलमा सहभागी हुन अनुमति दिएपछि उनले १८ अगस्टमा क्याम्प नाउमा क्लब लियोन विरुद्ध बार्सिलोनाको लागि पहिलो खेल खेलेका थिए। उनी राफिन्याको स्थानमा प्रवेश गर्दै अन्तिम १४ मिनेट खेलेका थिए। स्वारेज मैदान प्रवेश गर्दा सहकर्मी खेलाडी लियोनेल मेसीनेयमारलाई प्रतिस्थापन गरिइसकेको थियो। [२८]

सन् २०१४-१५: एमएसएन त्रीमुर्ती र ट्रिबल विजेता

स्वारेजले बार्सिलोनाको प्रतिस्पर्धा खेलमा अक्टोबरमा २५ का दिन लियोनेल मेसी र नेयमार सँगै एल क्लासिकोमा रियल म्याड्रिड विरुद्ध प्रवेश गरेका थिए। [२९] उनले खेलको चौँथो मिनेटमा सुरुवाती गोलको लागि उनले नेयमारलाई सहायता प्रदान गरेका थिए। दोस्रो हाफमा स्वारेजलाई प्रतिस्थापन गरिएपछि बार्सिलोना त्यस खेलमा ३-१ ले पराजित भएको थियो। [२९] क्लबको लागि उनले पहिलो गोल २६ नोभेम्बरमा अपोएल एफसी विरुद्ध च्याम्पियन्स लिगको समूह चरणको खेलमा गरेका थिए। त्यो खेल बार्सिलोनाले ४-० ले जितेको थियो। [३०] २० डिसेम्बरमा उनको ला लिगाको आठौँ खेलमा उनले क्लबको लागि पहिलो लिग गोल गरेका थिए। कोर्दोवा विरुद्धको खेलमा बार्सिलोना ५-० ले विजयी भएको थियो।[३१]

बर्लिनमा हुने सन् २०१५ युएफा च्याम्पियन्स लिगको अगाडि आक्रमक त्रिमुर्ती मेसी, स्वारेज र नेयमारको तस्वीर प्रदर्शन गर्दै बार्सिलोना समर्थकहरू

स्वारेजले बार्सिलोनामा पहिलो संस्करणको सबै खाले प्रतियोगितामा २५ गोल र गोल गर्नका लागि २० सहयोग गरि अन्त्य गरेका थिए।[३२] बार्सिलोनाले ला लिगा कोपा देल रे र च्याम्पियन्स लिग ट्रिबल जितेको यो दोस्रोपटक थियो। बार्सिलोनाको आक्रमक त्रिमुर्ती मेसी, स्वारेज र नेयमार छोटकरीमा "एमएसएन" ले १२२ गोल गरि स्पेनीी फुटबल इतिहासकै आक्रमक त्रिमुर्तीले एकै संस्करणमा गरेको सर्वाधिक गोलको कीर्तिमान बनाएको थियो। [३३]

अन्तर्राष्ट्रिय खेल जीवन

स्वरेजलाई सन् २००७ को २० वर्ष मुनिको फिफा विश्व कपको छनोट चरण खेल्नको लागि बोलाइएको थियो तर उनको क्लबले उनलाई खेल्न पठाएको थिएन। तैपनी उनले यो प्रतियोगिताको चार खेलमा दुई गोल गरेका थिए।[३४] उनले स्पेन विरुद्ध बराबरी गोल गरेका थिए[३५] र अमेरिका विरुद्ध एक गोल गरेतापनि अमेरिका २-१ गोलले विजयी भएको थियो र उरुग्वे प्रतियोगिताबाट बाहिएको थियो। [३६]

स्वारेजले वरिष्ठ टोलीमा सन् २२०७ फेब्रुअरी ८ का दिन प्रवेश गरेका थिए। कोलम्बिया विरुद्धको खेलमा उरुग्वे ३-१ ले विजयी भएको थियो। खेलको ८५औँ मिनेटमा दोस्रोपटक पहेँलो कार्ड पाएर उनले मैदान छाडेका थिए। स्वारेजले सन् २०१० को विश्व कप छनोटको २० मध्ये १९ खेल र इन्टर कन्फिडिरेसन प्ले अफको खेलमा पाँच गोल गरेका थिए।[३४]

स्वारेज र डिएगो फोर्लान

सन् २०१० फिफा विश्वकप

सन् २०१० जुनमा उरुग्वेका प्रशिक्षक ओस्कार तेबारेजले उरुग्वेको विश्वकप टोलीमा स्वारेजको नाम छनोट गरेका थिए। [३७] उरुग्वेले फ्रान्स विरुद्ध ०-० खेल्दै प्रतियोगिता सुरु गरेको थियो।[३८] दोस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध ३-० को जितमा स्वारेजले पेनाल्टी मार्फत एक गोल र एल्भारो पेरेरालाई थप समयमा एक गोलको सहायता गरेका थिए।[३९] समूह चरणको अन्तिमा खेलमा मेक्सिको विरुद्धको १-० जितमा एडिनसन काभानीको पासमा हेड गर्दै गोल गरेका स्वारेज खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए।[४०][४१] उरुग्वे समूह क को विजेता बनी नक आउट चरणमा पुगेेेेको थियो [४०][४१]

अन्तिम १६ मा दक्षिण कोरिया विरुद्धको खेलमा २-१ को जितमा स्वारेजले दुवै गोल गरेका थिए। बराबरीमा चलिरहेको खेलको उनले ८०औँ मिनेटमा रक्षापङ्क्तिका खेलाडीहरूलाई छलाएर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।[४२] स्वारेज यस खेलको उत्कृष्ट खेलाडी बनेका थिए।[४२] यो जितले उरुग्वे १९७० पछि पहिलो पटक क्वाटर फाइनलमा प्रवेश गरेको थियो। [४३]

घाना विरुद्धको क्वाटर फाइनलको खेलमा नियमित समयको खेल १-१ को बराबरीमा टुङ्गिएको खेलमा समय थप गरिएको थियो। थप समयको उत्तरार्ध तिर घानाको फ्रि किक प्रहारलाई स्वेरजले गोल लाइनमा छेकेका थिए। [४४] उनले त्यस पछिको डोमिनिक अडियाहको हेडरलाई हातले छेकेर व्यवसायिक फल गरेर आफ्नो टोलीलाई जिताएका थिए।[४५] उनको यो हर्कतबाट उनलाई रेड कार्ड दिइएपछि उनले मैदान छाडेका थिए। [४४] खेलबाट बाहिरिएर भित्र छिर्दै गर्दा पेनाल्टी प्रहार हेर्न रोकिएका स्वारेज पेनाल्टीमा गोल नभएपछि खुसी मनाएका थिए।[४६][४७] उरुग्वेले पेनाल्टी सुटआउट ४-२ गोल अन्तरले जित्न सफल हुँदै सेमिफाइनल पुगेको थियो। [४४][४८] खेल पछि स्वारेजले भनेका थिए, "मैले प्रतियोगिता कै उत्कृष्ट बचाउ गरेँ।"[४५] उनले उनीसँग "विकल्प नभएको, आफू स्वाभाविक प्रवृत्ति भन्दा बाहिर भएको र यदि यसले आफ्नो टोलीलाई जिताउँछ भने यो फेरी गर्ने" बताएका थिए।[४९] घानाको मुख्य प्रशिक्षाक मिलोभान राजेभाकले खेल "अन्यायपूर्ण" भएको बताउँदै[४६] उनले स्वारेजलाई खलनायक र धोकेवाजको सङ्ज्ञा दिएका थिए।[५०][४९] अन्यले उनलाई नायकको नजरले हेरेका थिए।[५१] रातो कार्ड पाए पछि उनले स्वत: अर्को सेमिफाइनल खेल गुमाएका थिए।[५०]

घाना विरुद्धको खेलमा रातो कार्ड पाएकाले स्वारेज सेमिफाइनल खेलका लागि निशकाशित भएका थिए।[५२] नेदरल्यान्ड विरुद्धको सेमिफाइनलमा उनको अभाव प्रष्ट देखिन्थ्यो [५३] भने उरुग्वे ३-२ गोल अन्तरले पराजित भएको थियो।[५४][५५] जर्मनी विरुद्धको तेस्रो स्थानको खेलमा स्वारेज खेलमा फर्किएका थिए। [५६] उनले काभानीलाई उरुग्वेको पहिलो गोलका लागि सहायता गरेतापनि[५७] उरुग्वे ३-२ गोल अन्तरले पराजित भएको थियो। [५६] प्रतियोगिता भरी स्वेरजले ६ खेलमा ५४३ मिनेट खेल्दै तीन गोल गरेका थिए। [५८]

सन् २०११ कोपा अमेरिका

२०११ कोपा अमेरिका फुटबलमा स्वारेज सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए

२०११ कोपा अमेरिकामा उरुवेको पहिलो खेलमा स्वारेजले पेरु विरुद्धको खेलमा १ गोल गरेर उरुग्वेलाई अग्रता दिलाएका थिए। त्यो खेल १-१ को बराबरीमा सकिएको थियो। [५९] अर्को खेलमा उनलेे अल्भारो परेेेरालाई चिली विरुद्धको १-१ बराबरीको लागि गोल गर्न सहायता गरेका थिए[६०] उरुग्वे समूहमा दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो। [६१] उसले मेेकसिकोसंँग १-० को जित र पेरु र चिलीसँग बराबरीमा खेलमा टोलीको तर्फबाट खेलेका थिए।[६२] क्वाटरफाइनलमा उरुग्वेले आयोजक अर्जेन्टिनासँग नियमित समय र थप समयसम्म १-१ को बराबरी खेलेेको थियो। उरुग्वेले पेनाल्टी सुटआउट ५-४ गोल अन्तरले खेल जितेेेेको थियो। [६३][६४] स्वारेजलेे सेेेेमिफाइनलमा पेेेरु विरुद्धको २-० को जितमा दुवै गोल गर्दै खेलको उत्कृष्ट खेलाडी बनेका थिए।[६५] फाइनलमा स्ववारेजले सुरुवाती गोल गर्दै र डिएगो फोर्लानलाई दोस्रो गोललाई सहायता गरेका थिए। उरुग्वेले पारग्वेलाई ३-० ले हराएर किर्तिमानी १५ कोपा अमेरिका उपाधी जितेको थियो। [६६][६७] स्वारेजले ४ गोल गर्दै र दुई सहायता गरेका थिए। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। [६६][६८]

२०१४ फिफा विश्व कप, टोकाइको तेस्रो घटना

२०१४ फिफा विश्व कपमा इंल्यान्ड विरुद्ध दुई गोल मध्ये एक गोलको खुसी मनाउँदै स्वारेज (बीचमा)

स्वारेज २०१४ विश्व कपको दक्षिण अमेरिकी छनोट अभियानमा सर्वाधिक गोलकर्ता भए। उनले १४ खेलमा ११ गोल गरेका थिए। [६९] २०१३ नोबेम्बरमा एएफसी-कोन्मेबोल प्ले अफमा, उरुग्वेले जोर्डनलाई ५-० पराजित गरि २०१४ फिफा विश्व कपमा छनोट भयो।[७०]

मे २२ मा, स्वारेजले आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराउनु पर्यो। केही समयको लागि उनी व्हिलचेयरमा सिमित भए। यसबाट उनी विश्वकपमा सहभागी हुन नहुने बारे अडकलबाजी सुरु भयो। [७१][७२][७३] कोस्टा रिका विरुद्धको उरुग्वेको पहिलो खेलमा उनी सब्स्टिच्युट थिए, तर खेल खेलेनन्। त्यो खेलमा उरुग्वे ३-१ ले पराजित भयो। स्वारेजले इंल्यान्ड विरुद्धको उरुग्वेको दोस्रो खेलबाट सुरुवात गरे। साउ पाउलोको एरिना कोरिन्थियन्स मैदानमा भएको खेलमा २-१ को जितमा स्वारेजले दुवै गोल गरे। [७४]

"These are just things that happen out on the pitch. It was just the two of us inside the area and he bumped into me with his shoulder and that's how my eye got like this as well. There are things that happen on the pitch and you should not make such a big deal out of them."

— Suárez's post-match interview against Italy, 24 June 2014.[७५]

"... I lost my balance ... falling on top of my opponent ... I hit my face against [Chiellini], leaving a small bruise on my cheek and a strong pain in my teeth."

— Suárez's defence to the FIFA Disciplinary Committee, 25 June.[७६]

"... the truth is that my colleague Giorgio Chiellini suffered the physical result of a bite in the collision he suffered with me ... I apologize to Giorgio Chiellini and the entire football family. I vow to the public that there will never again be another incident like [this]."

— Suárez on 30 June 2014.[७७]

अन्तर्राष्ट्रिय गोल

अद्यावधिक ८ जुन २०२१ [७८]
राष्ट्रिय टोलीमा वर्ष अनुसार खेल र गोल
राष्ट्रिय टोलीवर्षखेलगोल
उरुग्वेसन् २००७
सन् २००८१०
सन् २००९१२
सन् २०१०११
सन् २०१११३१०
सन् २०१२
सन् २०१३१६
सन् २०१४
सन् २०१६
सन् २०१७
सन् २०१८११
सन् २०१९
सन् २०२०
सन् २०२१
कुल११८६३

जितेका उपाधिहरू

सम्मान तथा पुरस्कारहरू

लिभरपुल

  • फुटबल लिग कप: सन् २०११-१२

बार्सिलोना

  • ला लिगा: सन् २०१४-१५, सन् २०१५-१६, सन् २०१७-१८, सन् २०१८-१९
  • कोपा डेल रे: सन् २०१४-१५, सन् २०१५-१६, सन् २०१६-१७, सन् २०१७-१८,
  • सुपर कोपा दे स्पाना: सन् २०१६, सन् २०१८
  • युएफा च्याम्पियन्स लिग: सन् २०१४-१५
  • युएफा सुपर कप: सन् २०१५
  • फिफा क्लब विश्व कप: सन् २०१५

एथ्लेटिको म्याड्रिड

उरुग्वे

विवादहरू

स्वारेजलाई व्यापक रूपमा लडेको नाटक गर्ने आरोप लाग्ने गरेको छ। [note ४] उनको प्रशिक्षक, सहकर्मीहरू र धेरै विश्लेषकहरूले लडेको नाटक गर्ने उनको क्रियाकलापले गर्दा रेफ्रीहरूले उनले पाउने पर्ने पेनाल्टी समेत दिँदैनन् भनेर टिप्पणी गरेका थिए। [८२][८३] सन् २०१३ को जनवरीमा स्वारेजले स्टोक सिटी विरुद्धको सन् २०१२ अक्टोबरको खेलमा लडेको नाटक गरेको स्वीकर गरेका थिए। त्यसपछि उनका व्यवस्थापक ब्रेन्डन रोड्जर्सले उनको काम "अस्वीकार्य" भएको टिप्पणी गरेका थिए र उनी आन्तरिक रूपमा क्लबमा कुरा गर्ने बताएका थिए [८४] सन् २०१८ को विश्वकपमा पोर्चुगल विरुद्धको खेलमा पोर्चुगेली खेलाडीसँग ठोकिएपछि दुई पटक टाउकोमा चोट लागेको जस्तो नाटक उनले गरेतापनि स्वारेजको टाउको छोइएको थिएन। [८५]

स्वारेजले अनेक पटक विपक्षी खेलाडीलाई टोकेकोमा बद्नाम भएका छन्। सन् २०१४ को विश्वकपको 'समूह घ' खेलमा स्वारेजले इटालीका मध्यपङ्क्ति खेलाडी जर्जो किएलिनीलाई टोकेका थिए। परिणामस्वरूप फिफाले उनलाई ४ महिना सबै प्रकारको फुटबल गतिविधिबाट निश्काशन गरेको थियो। लिभरपुलबाट खेल्दा प्रिमियर लिगको खेलमा स्वारेजले चेल्सीका खेलाडी ब्रानिस्लाभ इभानोभिकलाई टोकेका थिए र सजायस्वरुप उनलाई १० खेलमा प्रतिबन्ध गरिएको थियो। यो भन्दा अघिल्लो घटनामा एएफसी आयाक्सबाट खेल्दा उनले ओट्मान बक्कललाई टोकेकोले उनलाई सात खेलमा निष्कासन गरिएको थियो। स्वारेजलाई प्रिमियर लिग र युएफा युरोपा लिगको खेलमा विपक्षी खेलाडीलाई खुट्टाले हान्नेेेको आरोप पनि लाग्ने गरेको छ। [८६][८७][८८][८९]

उनको लडेको नाटक गर्ने, स्टाम्पिङ र अन्य हास्यास्पद तथा असामान्य क्रियाकलापले गर्दा उनलाई बारम्बार आइस हक्कीको धोकेबाजको रूपमा सङ्ज्ञा दिइन्छ। [९०][९१] सन् २०१३ को डिसेम्बरमा स्पेनी फुटबल वेबसाइट एल गोल डिजिटलले विश्वको सबैभन्दा खराब खेलाडीहरूको सूचीमा उनलाई पाँचौँ स्थानमा राखेको थियो। [९२]

टिप्पणी

सन्दर्भ सूची

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड