दार्जिलिङ जिल्ला

दार्जिलिङ जिल्ला (बङ्गाली: দার্জিলিং জেলা) पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। यो जिल्ला भारतको पश्चिम बङ्गाल प्रान्तको १९ वटा जिल्लाहरू मध्ये एउटा जिल्ला हो। यो जिल्ला आफ्नो पहाडी रमणिय स्थलको लागि प्रसिद्ध छ, दार्जिलिङ, कयौँ पटक यस जिल्लालाई हिमालयको रानी भनेर र दार्जिलिङको चिया र यसको बासनालाई पुन:निर्देशित गरिन्छ। कालिम्पोङ, खरसाङसिलिगुडी, तीन अन्य प्रमुख सहरहरू, यस जिल्लाको उप विभागीय सदरमुकाम हुन।

दार्जिलिङ जिल्ला
माथि-बायाँबाट घडीको दिशा: दार्जिलिङमा चिया बारी, दार्जिलिङ हिमालयन रेलवे, घुम मठ, टाइगर हिलबाट कञ्चनजङ्घाको दृश्य, सिलिगुडीको दृश्य
पश्चिम बङ्गालको दार्जीलिङको स्थानको अवस्थिति
पश्चिम बङ्गालको दार्जीलिङको स्थान
देश भारत
राज्य पश्चिम बङ्गाल
विभाजनजलपाईगुडी
सदरमुकामदार्जिलिङ
क्षेत्रफल
 • कुल२,०९२.५ किमी (८०७.९ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • कुल१,५९५,१८१
 • घनत्व७६०/किमी (२०००/वर्ग माइल)
 • सहरी
७२७,९६३
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटhttp://darjeeling.gov.in/

भौगोलिक रूपमा यो जिल्ला दुई भागमा विभाजित गर्न सकिन्छ, पहाड र समतल भू-भागमा। जिल्लाको पुरै पहाडी क्षेत्र दार्जिलिङ गोर्खा पार्वत्य परिषद अन्तर्गत पर्दछ, एउटा स्वायत्त प्रशासनिक क्षेत्र जुन पश्चिम बङ्गाल राज्य सरकारको आधिनमा छ। यो परिषदको अधिकार जिल्लाको तीन पहाडी उपविभाग दार्जिलिङ, खरसाङकालिम्पोङ माथि छ। दार्जिलिङ हिमालयको दक्षिणको समथर क्षेत्र, जुन सिलिगुडी उपविभाग अन्तर्गत आउँछ, तराई भनेर चिनीन्छ। यो तराई उत्तरको पहाडको आधार देखि बिहारको पूर्णिया जिल्ला सम्म फैलेको छ, पूर्वमा जलपाइगुडी जिल्ला देखि लिएर पश्चिममा नेपाल सम्म फैलिएको छ। उत्तर देखि दक्षिण सम्मको यसको दूरी १८ मील (२९ किमी), छ र पूर्व देखि पश्चिम सम्मको यसको दूरी १६ मील (२६ किमी) छ।

नामकरण

दार्जिलिङ नाम तिब्बती शब्द दोर्जेबाट आएको हो, जुन हिन्दु देवता इन्द्रको गर्जनको राजदण्ड हो, र लिङ, जसको अर्थ "स्थान" वा "भूमि" हो।[१]

इतिहास

दार्जिलिङको अधिकांश भाग सिक्किमको छोग्यालको आधिपत्यको एक हिस्सा बनेको थियो, जसले नेपालका गोर्खाहरू विरुद्ध असफल युद्धमा संलग्न थिए। १७८० देखि, गोर्खाहरूले दार्जिलिङको सम्पूर्ण क्षेत्र कब्जा गर्न धेरै प्रयास गरे। १९औँ शताब्दीको प्रारम्भमा, तिनीहरूले सिक्किमलाई टिस्टा नदी जत्तिकै पूर्वमा कब्जा गरिसकेका थिए र पूरै तराईलाई आफ्नो कब्जामा लिएका थिए।

यस बीचमा, अङ्ग्रेजहरू गोर्खाहरूलाई सम्पूर्ण उत्तरी सिमानामाथि कब्जा गर्नबाट रोक्नमा व्यस्त थिए। सन् १८१४ मा नेपाल अङ्ग्रेज युद्ध सुरु भयो, जसको परिणामस्वरूप गोर्खाहरूको पराजय भयो र त्यसपछि १८१५ मा सुगौली सन्धिमा हस्ताक्षर भयो। सन्धिअनुसार नेपालले गोर्खाहरूले विलय गरेको सबै भूभाग फिर्ता गर्नुपर्ने थियो सिक्किमको छोग्याल ब्रिटिस ईस्ट इन्डिया कम्पनीलाई (अर्थात् मेची नदीटिस्टा नदी बीचको क्षेत्र)। १४ फेब्रुअरी २०१७ मा, कालिम्पोङ जिल्ला दार्जिलिङ जिल्लाबाट छुट्टिएको थियो।

सन् १९८० को दसकमा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले उत्तरी पश्चिम बङ्गालका नेपाली भाषी क्षेत्रहरूमा भारत भित्र छुट्टै गोर्खाल्यान्ड राज्य निर्माणको लागि गहन र प्रायः हिंसात्मक अभियानको नेतृत्व गर्‍यो। यो आन्दोलन सन् १९८६–१९८८ को आसपास आफ्नो चरम सीमामा पुग्यो तर १९८८ मा दार्जिलिङ गोर्खा पार्वत्य परिषदको स्थापनासँगै यसको अन्त्य भयो।

दार्जिलिङका पहाडी क्षेत्रहरूले दार्जिलिङ गोर्खा पार्वत्य परिषद अन्तर्गत केही हदसम्म स्वायत्तता पाएका थिए। तर, गोर्खा जनमुक्ति मोर्चा प्रमुख प्रस्तावक बनेसँगै भारतभित्र पूर्ण राज्यको माग फेरि उठेको छ।[२] गोरखा जनमुक्ति मोर्चाले सरकारसँग सम्झौता गरेपछि गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले अगस्त २०१२ मा दार्जिलिङ गोर्खा पार्वत्य परिषदलाई प्रतिस्थापन गर्यो।[३]

जनसाङ्ख्यिकी

ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±% प्र.व. ±%
१९०१२६५,७८०—    
१९११२७९,८९९+०.५२%
१९२१२९४,२३७+०.५%
१९३१३३२,०६१+१.२२%
१९४१३९०,८९९+१.६४%
१९५१४५९,६१७+१.६३%
१९६१६२४,६४०+३.१२%
१९७१७८१,७७७+२.२७%
१९८११,०२४,२६९+२.७४%
१९९११,२९९,९१९+२.४१%
२००११,६०९,१७२+२.१६%
२०१११,८४६,८२३+१.३९%
स्रोत:[४]

२०११ को जनगणना अनुसार दार्जिलिङ जिल्लाको जनसङ्ख्या १,८४६,८२३ छ, लगभग कोसोभोको जनसङ्ख्या बराबर छ।[५][६] २००१ मा, जिल्लाको जनसङ्ख्या १,६०९,१७२ थियो। ग्रामीण जनसङ्ख्या १,०८८,७४० र शहरी जनसङ्ख्या ५२०,४३२ थियो। कुल पुरुष ८३०,६४४ र महिला ७७८,५२८ थिए। जनसङ्ख्याको घनत्व ५११ प्रति किमी२ थियो। दसवर्षीय जनसङ्ख्या वृद्धि दर (सन् १९९१-२००१) २३.७९% थियो।[७]

भाषाहरू

दार्जिलिङ जिल्लामा बोलिने भाषाहरू (२०११)[८]

  नेपाली (३९.८८%)
  बङ्गाली (२६.५१%)
  हिन्दी (१०.९५%)
  रङपुरी (६.१७%)
  नागपुरी (५.३८%)
  कुरुख (२.५२%)
  भोजपुरी (१.५०%)
  सन्थाली (१.१५%)
  अरू (५.९४%)

२०११ को जनगणनाको समयमा, जनसङ्ख्याको ३९.८८% नेपाली, २६.५१% बङ्गाली, १०.९५% हिन्दी, ६.१७% राजबोङ्सी, ५.३८% सदरी, २.५२% कुरुख, १.५०% भोजपुरी र १.१५% ले सन्थाली बोल्थे।[८] सन् १९५१ को जनगणना अनुसार, दार्जिलिङ जिल्लाका तीन पहाडी उपविभागहरू (कालिम्पोङ सहित) मा लगभग २६% जनसङ्ख्याले मातृभाषाको रूपमा नेपाली बोल्थे। पहिले पहाडहरूमा बोलिने अन्य भाषाहरूमा राई, लिम्बू, तामाङ, मगर, गुरुङनेवार समावेश थिए।[९] बङ्गाली जिल्ला जनसङ्ख्याको आधिकारिक भाषा हो जसमा नेपालीलाई दार्जिलिङखरसाङ उपविभागहरूमा मात्र सह-आधिकारिक घोषणा गरिएको छ।[१०][११] पहाडी उपविभागहरूमा नेपाली बोल्ने प्रमुख भाषा हो, दार्जिलिङ, कुर्सियोङ र मिरिक उप-उपविभागहरूमा ९०% भन्दा बढी मानिसहरूले बोल्छन्, यद्यपि अधिकांश पहाडी बासिन्दाहरू खस समुदायका छैनन्। मौलिक पहाडी बासिन्दाहरूमध्ये सयौँले अझै पनि आफ्नो मौलिक भाषाहरू बोल्छन् यद्यपि ठुलो बहुमतले अहिले नेपाली मात्र बोल्छन्।[१२]

धर्म

वर्तमान दार्जिलिङ जिल्लामा धर्म
धर्मजनसङ्ख्या

(१९४१)[१३]:90-91

प्रतिशत

(१९४१)

जनसङ्ख्या

(२०११)[१४]

प्रतिशत

(२०११)

हिन्दु धर्म १४२,५६८४७.९५%१,२१३,३२६७६.०६%
जनजाति धर्म १०९,६२७३६.८७%१२,४६००.७८%
इस्लाम धर्म ८,८०१२.९६ %१०१,०८८६.३४%
ईसाई धर्म १,८८५०.६३%१०४,३९५६.५४%
बुद्ध धर्म ------१५६,५५२९.८१%
अरू३४,४४६११.५९%७,३६००.४७%
कुल जनसङ्ख्या२९७,३२७१००%१,५९५,१८११००%

पहाड र तराईमा हिन्दु धर्म बहुसङ्ख्यक धर्म हो। बौद्ध धर्म र किराँत मुधुम पहाडहरूमा लगभग पूर्ण रूपमा अवस्थित छन्। क्रिस्चियन धर्म मुख्यतया पहाडहरूमा छ, यद्यपि मैदानहरूमा चिया जनजातिहरू बीच उल्लेखनीय सङ्ख्याहरू छन्। इस्लाम लगभग पूरै मैदानमा पाइन्छ।[१४]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड