पृथ्वी जयन्ती

पृथ्वी जयन्ती, जसलाई नेपाल एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ, अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते मनाइने एक दिवस हो।[१] १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। यस अवसरमा धेरैले शाहको शालिकमा माल्यार्पण गर्ने, परेडमा सहभागी हुने र नेपालका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्ने गर्दछन्। वि.सं २००४ देखि वि.सं २०६२ सम्म पृथ्वी जयन्तीको उन्मूलन नहुञ्जेलसम्म सार्वजनिक बिदाको रूपमा मनाइँदै आएको थियो। गोरखानुवाकोट जिल्लाका केही स्थानीय तहले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने गरेका छन्। यसलाई सार्वजनिक बिदाका रूपमा पुनःस्थापित गर्न पनि माग गरिएको छ। पुष्पकमल दाहाल नेतृत्वको नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा विक्रम सम्वत् २०७९ सालमा सार्वजनिक विदा दिएको थियो।[२]

पृथ्वी जयन्ती
सिंहदरबार बाहिर पृथ्वी जयन्तीको एक समारोह
अनुयायीनेपाल
प्रकारदेशभक्त
महत्त्वराजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा
मिति२७ पुस
आवृत्तिवार्षिक

इतिहास

एकीकरण

अठारौँ शताब्दीको मध्यतिर गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए।[३] नुवाकोटको युद्धमा विजय प्राप्त गरेपछि उनी काठमाडौँ उपत्यका तर्फ लागेका थिए, जहाँ तीन मल्ल राज्यहरू भक्तपुर, पाटन र कान्तिपुरले शासन गरिरहेका थिए।[४] शाह कीर्तिपुर सहरलाई लिएर पाटन राज्यसँग युद्धमा होमिएका थिए र वि.सं १८२३ मा यो सहर गोरखालीको हातमा परेको थियो।[४] यसले कान्तिपुरलाई खतरा उत्पन्न गरेको थियो, पछि कान्तिपुरका राजा जयप्रकाश मल्लले गोरखाको तीव्र विस्तार रोक्न इस्ट इन्डिया कम्पनीसँग सहयोगको अनुरोध गरेका थिए।[४]

पछि शाहले तिब्बतचीनसँगको इष्ट इन्डिया कम्पनीको हिमालयपार व्यापारमा असर पार्ने गरी राज्यमाथि नाकाबन्दी पनि लगाएका थिए किनभने उनीहरूले कान्तिपुर हुँदै जाने बाटो प्रयोग गरेका थिए।[५] कम्पनीले उक्त अनुरोध स्वीकार गर्दै क्याप्टेन किनलोकलाई पठाएको थियो जसले वि.सं १८२३ मा सिन्धुलीको युद्धमा पृथ्वीनारायण शाहका सेनासँग सामना गरेको थियो।[६] यो युद्ध कम्पनीका लागि विनाशकारी साबित भएको थियो, किनलोक सहित उनका लगभग २४,००० सैनिकहरू मध्ये लगभग ८०० सैनिकहरूसँग भागेका थिए।[५] यसपछि शाहले उपत्यका विजय गर्न सफल भएका थिए र १८२५ असोज १३ मा आफूलाई नेपालको राजाको रूपमा घोषणा गरेका थिए।[७] पृथ्वीनारायण शाहको मृत्युपछि राजकुमार बहादुर शाह, रानी राजेन्द्र लक्ष्मीभीमसेन थापाले नेपाल एकीकरण अभियानलाई निरन्तरता दिएका थिए।[८][९] नेपाल अधिराज्य पश्चिममा सतलज नदीदेखि पूर्वमा टिस्टा नदीसम्म फैलिएको थियो।[१०]

समकालीन

पृथ्वीनारायण शाहको चित्र

पृथ्वी जयन्तीलाई नेपाल एकता दिवस (राष्ट्रिय एकता दिवस) वा राष्ट्रिय एकता दिवसका रूपमा पनि चिनिन्छ।[११][१२] वि.सं २००४ देखि पृथ्वी जयन्तीलाई परम्परागत रूपमा सार्वजनिक बिदाको रूपमा मनाइन्थ्यो, तर २०६२/६३ को जनआन्दोलन पछि यसलाई उन्मुलन गरिएको थियो।[१२][१३] वि.सं २०७७ सालमा, गोरखा नगरपालिकाका प्रमुखले पृथ्वीनारायण शाहको सम्झना र सम्मान गर्न र उनको सम्झनामा दिवस मनाउन पृथ्वी जयन्तीलाई नगरपालिकामा सार्वजनिक बिदाको रूपमा घोषणा गरेका थिए।[१२][१३] गोरखा जिल्लामा पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिका लगायत अन्य नगरपालिकाहरूले पनि यस दिनलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरेको थियो।[१४] अर्को वर्ष नुवाकोट जिल्लाको राजधानी विदुर नगरपालिकाले पनि यसलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरेको थियो।[१५] पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन केही नेपाली नागरिकहरू, विशेष गरी राजशाही पक्षधरहरूबाट दबाब रहेको छ।[१३][१६][१७]

वि.सं २०७८ मा सिंहदरबार बाहिर निषेधित क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न खोज्दा नेपाल प्रहरी र राजतन्त्र पक्षधर समर्थकबीच झडप भएको थियो।[१८][१९] पृथ्वी जयन्ती मनाउने विषयमा मानिसहरू विभाजित भएको पाइन्छ। पृथ्वीनारायण शाहको एकीकरण अभियान नभएको भए नेपाल ब्रिटिस साम्राज्यको उपनिवेश हुने थियो भन्ने कतिपयको धारणा रहेको छ।[११][२०] वि.सं २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र पठाएका थिए[२१] र उनीहरूको आग्रह पूरा नभए देशव्यापी आन्दोलन गर्ने पनि पार्टीले जनाएको थियो।[११] विवेकशील साझा पार्टीले पनि पृथ्वी जयन्तीलाई नेपाल दिवसका रूपमा मनाउनुपर्ने भन्दै यसलाई सार्वजनिक बिदा घोषणा गर्नुपर्नेमा जोड दिएको थियो।[२२] नेपाल सरकारले २०७९ पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको थियो।[२३]

समारोह

पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् २७ पौष १७७९ मा गोरखा दरबारमा भएको थियो।[२४] उनको स्मरणका यो दिवस मनाउने गरिन्छ।[२५] पृथ्वी जयन्तीको अवसरमा प्रधानसेनापति, नेपालको राष्ट्रपति र प्रधानमन्त्री, नेपाली नागरिक लगायत उच्च अधिकारीहरूले शाहको योगदानलाई स्मरण गर्दछन्।[२६][२७] परेडमा भाग लिने मानिसहरूले पृथ्वीनारायण शाहको प्रशंसा गर्दै नारा लगाउँछन्।[२८] शाहको शिक्षाहरूको सङ्ग्रह दिव्योपदेशबाट उद्धरणहरू पनि व्यक्त गरिन्छ।[२९][३०] नेपालभरि शाहका मूर्तिहरूमा माल्यार्पण गरिन्छ। नेपाली सेनाले गोरखामा शाहको जन्मस्थानबाट एकीकरण मशाल र्‍यालीको आयोजना गर्दछ र यो २७ पुसमा राजधानी काठमाडौँमा पुगेर समापन हुन्छ। अन्य कार्यक्रमहरू पनि नेपालभरि आयोजना गरिन्छ।[१२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड