पेत्रा

अरबी ऐतिहासिक र पुरातात्विक सहर

पेत्रा (Greek: "πέτρα" (petra), meaning rock; Arabic: البتراء, Al-Batrāʾ)जोर्डनको ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सहर हो । यो सहर चट्टानमा कुँदिएका कलाकृति तथा तत्कालिन समयमा जल प्रवाहका लागि निर्माण गरिएका सुरुङहरूका लागि प्रख्यात छ । यशुको जन्मभन्दा करीब ६०० वर्ष पहिले नबाताइन्स राज्यको राजधानी सहरको रूपमा स्थापना भएको मानिने पेत्रा जोर्डनको पहिचान मात्र नभएर सबैभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने स्थान पनि हो । यो सहर 'हर' नामक पर्वतको काखमा अरबाह (Wadi Araba) उपत्यकाको पूर्वी खण्डको रूपमा रहेको छ । अरबाह उपत्यका मृत सागरदेखि अकाबाको खाडीसम्म फैलिएको एक ठूलो उपत्यका हो । सन् १९८५मा पेत्रा सहरलाई युनेस्को(UNESCO)ले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । स्विस खोजकर्ता जोहान लडविङ बर्खार्डले सन् १८१२मा विश्वमाझ परिचित गराउनु पूर्व यो सहर पश्चिमाहरूको लागि अज्ञात थियो । जोन विलियम बर्गनको Newdigate Prize जित्न सफल एक कवितामा पेत्रालाई "आधा समय जतिकै पुरानो, गुलाफ झैं रातो" सहरका रूपमा चित्रित गरिेएको छ । त्यस्तै युनेस्कोले "सम्पूर्ण मानव समुदायको बहुमुल्य सांस्कृतिक सम्पदाहरूमध्ये एक सांस्कृतिक धरोहर"को रूपमा ब्याख्या गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पेत्रालाई "मानिसले मर्नुभन्दा पहिला भ्रमण गर्नैपर्ने ४० स्थानहरू"को सूचीमा समेत समावेस गरेको छ ।

पेत्रा
पेत्राको खजाना गृह
स्थानMa'an Governorate, जोर्डन
अवनति८१० मी (२,६५७ फिट)
Settled7000 BC[१]
निर्मित1200 BC[१]
पर्यटकहरू580,000 (2007 मा)
प्रशासनिक निकायPetra Region Authority
प्रकारCultural
मापदण्डi, iii, iv
नामाङ्कित1985 (9th session)
सन्दर्भ नं.326
State PartyJordan
RegionArab States
websitewww.petrapark.com
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Jordan" उपलब्ध छैन्.

भौगोलिक अवस्थिति

लेखक तथा इतिहासकारहरूले पेत्रालाई तत्कालिन नबाताइन्स राज्यको राजधानी सहर तथा व्यापारिक केन्द्रको रूपमा परिचित गराएकाछन । अग्ला चट्टानहरूले घेरिएको तथा प्रसस्त पानीका मुहान भएको पेत्रा एक सुरक्षित किल्ला थियो । यतिमात्र नभएर पेत्रा, यही सहर भएर पश्चिममा गाजा, उत्तरमा बासरा र दमास्कस, लालसागर आसपासका अकाबा लगायतका क्षेत्रहरूमा तथा मरुभूमीपारि रहेको पर्सियन खाडीसम्म गरिने व्यापारिक कारोबारको केन्द्र पनि थियो ।यो क्षेत्रमा गरिएका उत्खननबाट प्राप्त तथ्यहरूका अनुसार नबाताइन्सका बासिन्दाहरूको पानीको प्रवाहलाई नियन्त्रण गर्ने अद्भुत क्षमताले नै मरुभूमीमा कृतिम मरुद्यानको रूपमा यो सहरलाई स्थापित गराएको हो । पुरातात्विक अध्ययन तथा अनुसन्धानबाट पेत्राका बासिन्दाहरूले बाँध, नाली तथा पोखरीहरूको उपयोग गरेर यहाँ आउने आकस्मिक बाढी नियन्त्रण गर्ने गरेको तथ्य पत्तालागेको छ । पेत्राबासीहरू यही प्रविधिको प्रयोग गरी सङ्कलन गरिएको पानी लामो खडेरीको समयमा प्रयोग गर्ने तथा मरुभूमीको यात्रामा रहेका व्यापारीहरूलाई बेचेर उपयोग गर्ने गर्दथे ।प्राचिन समयमा मानिसहरू दक्षिण तर्फबाट जबाल हारुन(आरोनको पर्वत) वा उत्तर तर्फको उच्चसमस्थली हुँदै पेत्राको मैदानी भूभागसम्म पुग्नेगर्दथे । तर आजभोलि मानिसहरू पूर्वी बाटोको प्रयोग गर्ने गर्दछन । पेत्राको पूर्वी प्रवेश मार्ग पत्रेदार चट्टानमा दरार परेर प्राकृतिक रूपमा बनेको अँध्यारो र भिरालो खोंच हुदै गएको छ । सिक नामक उक्त खोंच ३ देखि ४ मिटर फराकिलो छ, जसले पानीको निकासको रूपमा समेत काम गरेको छ । यो खोंच हुदै गएको पानी वादी मुसा नामक नगरमा प्रवेश गर्दछ । उक्त खोंचको अर्को छेउ पेत्राको अत्यन्तै कलात्मक भवन अल खज्नाहमा पुगेर खुल्छ । खजानागृहको नामले समेत चिनिने यो भवन पनि पत्रेदार चट्टानमा खोपेर बनाइएको हो । यो खजानागृहको केही पर पहाडको फेदीमा एउटा एन-नेज्र नामक भव्य रंगशाला छ । सकेसम्म वरिपरि रहेका धेरैभन्दा धेरै समाधिहरू देख्न सकिनेगरी यो रंगशालाको निर्माण गरिएको छ । यही स्थानबाट अरबाह उपत्यकाको समथर भूमी सुरुहुने भएकोले, यो स्थानबाट सहरका मनोरम दृष्यावलोकनगर्न सकिन्छ ।


सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड