भुइँस्याउ

भुइँस्याउलाई हेर्दा तरुल जस्तो देखिने डल्लो मुला आकार को गुलियो फल हो । दक्षिण अमेरिका को रैथाने यो विरुवा न्यानो हावापनी हुने सवै जसो स्थान मा खेती गरिन्छ | अङ्ग्रेजी मा Jícama भनिने "मेक्सिको तरुल" लाई यदाकदा स्वाद मिल्ना ले Yacón पनि भनिन्छ भने यसलाई मैथिली भाषामा "शखरखण्ड" भन्ने गरिन्छ । हिन्दिमा मिश्रीकंद भनिने यस लाई शुद्द फल को रुप मा लिईन्छ र दक्षिण भारत भर उपवास (ब्रत) मा पनि खाने गरिन्छ ,यसैगरी दक्षिण पुर्व एसिया मा जुनसुकै परिकार मा पनि यसको प्रयोग गरिन्छ ।

भुइँस्याउ तरुलजस्तै देखिन्छ र यसलाई ताछेर सिधै खाना मिल्छ । स्वादचाहिं स्याउ, खरभुजा र गाजर जस्तै हुने र नियमित खानाले जन्डिस, सुगर, पथ्थरी, कब्जियत र ग्यास्टिक नियन्णमा सहयोग पुग्ने बैध तथा डाक्टरहरूको दाबि रहेको छ । नदी छेउछाउको बलौटे माटोमा र पानी नजम्ने बलौटे माटोमा सिंचाई हुने र पानी तर्काउन मिल्ने जहाँ पनि खेती गर्न सकिन्छ । एउटा बोटमा ८ किलोसम्म भुइँस्याउ फल्ने र रोपेको ८ महिनामा खेती तयार हुन्छ । नेपालको पूर्वी जिल्ला तेह्रथुममा यसको खेति गर्ने गरिन्छ । [१]


सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड