मोहम्मद बिन सलमान

मोहम्मद बिन सलमान बिन अब्दुला जिज अल साउद (अरबी: محمد بن سلمان بن عبدالعزيز آل سعود) जन्म ३१ अगस्ट १९८५ [२][३]), साउदी अरबका युवराज हुन् र प्रथम उप-प्रधानमन्त्री [४] आर्थिक तथा विकास मामिला परिषदको अध्यक्ष र रक्षा मन्न्री -( समयको सबैभन्दा युवा रक्षामन्त्री) को रूपमा सेवा गरिरहेका छन् [५] उनलाई आफ्नो बुबा,  सलमान बिन अब्दुलाजिज अल साउद, को सिंहासनको शक्तिको रूपमा वर्णन गरिएको छ, जो अल्जाइमरबाट ग्रसित छन्। [६] उनी आफ्ना पिताले मुहमद बिन नयेफलाई सम्पूर्ण पदबाट हटाउने निर्णय गरेर मोहम्मद बिन सलमानलाई आफ्नो उताराधिकारी बनाएपछी , युवराज नियुक्त भएका थिए।[७][८][९][१०] साउदी अरबले आफ्नो छिमेकी  संयुक्त अरब इमिरेट्स आफू भन्दा कनिष्ठ ठान्ने गरेपनि साउदी युवराज आबु धाबी को इमिरेट्स को युवराज तथा वास्तविक नेता मोहम्मद बिन जायद अल नाहयानबाट प्रभावित छन्। [११][१२]

मोहम्मद बिन सलमान
साउदी अरबको युवराज
पद बहाली
२१ जुन २०१७
एकाधिपतिराजा सलमान
पूर्वाधिकारीमुहमद बिन नयेफ
साउदी अरबको रक्षामन्त्री
पद बहाली
२३ जनवरी २०१५
एकाधिपतिराजा सलमान
पूर्वाधिकारीअब्दुल्ला इब्न अलाजिज सऊद
व्यक्तिगत विवरण
जन्म
मोहम्मद बिन सलमान बिन अब्दुला जिज अल साउद

(1985-08-31) ३१ अगस्ट १९८५ (उमेर ३८)
रियाद, साउदी अरब
जीवन साथीसारा बिन्त मशूर[१]
सन्तान(हरू)
अभिभावक
  • सलमान बिन अब्दुलाजिज अल साउद

उनले धार्मिक प्रहरीहरूको नियमन कडाई, र महिला सवारी चालकमाथिको प्रतिबन्ध हटाउने जस्ता धेरै सफल सुधारहरूको नेतृत्व गरे। उनको कार्यकालमा भएका अन्य सास्कृतिक विकासमा महिला कलाकारद्वारा गरिएको पहिलो साउदी सार्वजनिक सांगीतिक कार्यक्रम, साउदी खेलकुद रङ्गशालामा महिलालाई भर्ना, र  कर्मचारी कार्यक्षेत्रमा महिलाको सङ्ख्या वृद्धि रहेका छन्। [१३] उनको प्रस्तावित साउदी २०३० भिजनमा आर्थिक, सामाजिक र धार्मिक परिवर्तन उल्लेख गरिएको छ राज्यको स्वामित्वमा रहेको आरामको कम्पनीलाई सार्वजनिक कम्पनी बनाउने योजना रहेको छ।[१४][१५][१६]

साउदी आन्तरिक मामिलाको उदारीकरण साउदी युवराजको कदमको अन्तरास्ट्रिय रूपमा प्रशंसा भए पनि भाष्यकार र मानव अधिकारवादी समुहहरूले उनको 'मानवअधिकारकर्मी नजरबन्द र यातना', 'यमनमा गरिएको हस्तक्षेप' र 'साउदीको कतारसँगको कुटनीतिक सङ्कट' [१७] र 'लेबनान सँग कुटनीतिक संकटको' सुरुवात र साथ साथै नोबेम्बर २०१७ मा साउदी राजपरिवार सदस्यको पक्राउको लागि सलमानको नेतृत्वको आलोचना गर्छन्।[१८][१९][२०] गरिएको सुधारहरु, मानव अधिकारवादीहरूको पक्राउ तथा उत्पीडनक बाबजुद मोहमद बिन सलमानको कार्यकालमा मानव अधिकारवादीको उपस्थिति बढिरहेको छ। "एमनेस्टी इन्टरनेसनल" र "ह्युमन राइट वाच"ले मानव अधिकार हननको आरोपमा साउदी सरकारको आलोचना गरिरहेका छन्।[२१][२२][२३]

प्रारम्भिक जीवन र शिक्षा

मोहमद बिन सलमानको जन्म ३१ अगस्ट १९८५ मा भएको थियो। उनी राजा सलमान बिन अब्दुलाजिज अल साउद र उनकी तेश्रो पत्नीको पुत्र थिए। [२४][२५]

राजकुमार मोहमद बिन सलमान आफ्नो आमाको सन्तान मध्ये जेठो थिए। उनका सहोदरहरु तुर्की बिन सलमान र खालिद बिन सलमान थिए।[२६] राजकुमार मोहमद बिन सलमानले किङ साउद युनिभर्सिटीबाट कानुनमा स्नातक गरेका छन्।[२७]

वृति

कलेजबाट स्नातक भएपछि, मोहम्मद बिन सलमानले आफ्नो आफ्नो पितालाई व्यक्तिगत सहयोग गर्नु अघि निजी क्षेत्रमा धेरै वर्ष बिताए। उनले साउदी मंत्रिमण्डलका लागि   विशेषज्ञहरू आयोगको लागि परामर्शदाताको रूपमा काम गरे।[२८]

न्यायालयको प्रमुख

जुन २०१२ मा युवराज नयेफ बिन अल साउदको मृत्यु भयो र राजकुमार बिन सलमान मर्यादाक्रममा दुई ओहोदा माथि पुगे जब उनका पिता नया युवराज तथा प्रथम उप प्रधानमन्त्री बने। उनले चाडैनै न्यायालयमा आफ्नो छवी प्रस्तुत गरे। २ मार्च २०१३ मा उनलाई मन्त्रीको दर्जा दिइयो ।[२९][३०][३१] २५ अप्रिल २०१४ मा राजकुमार मोहमद राज्य मन्त्री नियुक्त गरियो ।[३२]

रक्षामन्त्री तथा युवराज

२३ जनवरी २०१५ मा, राजा अब्दुल्लाहको निधन भएपछी उनका पिता राजा सलमानले गद्धी सम्हाले र राजकुमार बिन सलमान रक्षामन्त्री नियुक्त भए। [३३] यसै मितिमा उनलाई शाही न्यायालयको सह-सचिव तोकियो।[३४] यसैमा उनको राज्य मन्त्रीको ओहोदाको पनि निरन्तरता दिइयो।[३५][३६]

युवराज

मोहमद बिन सलमान २१ जुन २०१७ मा युवराज नियुक्त भए जब उनका पिताले मोहमद बिन नयेफलाई हटाएर उनलाई सिंहासनको उत्तराधिकारी बनाउने निर्णय गरे। [३७] उत्तराधिकारीको परिवर्तनको अनुमान डिसेम्बर २०१५ तिर जर्मनीको गुप्तचरले गरेको थियो। [३८][३९][४०]

विवादहरू

सिरिया तथा यमनमा सैन्य हस्तक्षेप

२०१६ अमेरिकी राष्ट्रपतीय निर्वाचन र ट्रम्पको कार्यकाल

कतारमाथिको नाकाबन्दी

लेबनानी प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाइनु

साउदी-क्यानडा सङ्कट

जमाल खसोग्गीको हत्या

मुसलमानको लागि चीनको शिविर

जेफ बेजोसको ह्याक

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड