रणजित सिंह
रणजित सिंह सिख साम्राज्यका पहिलो महाराजा थिए, जसले १९औँ शताब्दीको प्रारम्भिक आधामा उत्तरपश्चिम भारतीय उपमहाद्वीपमा शासन गरेका थिए। उनी बाल्यकालमा बिफरबाट जोगिए तर उनको देब्रे आँखाको दृष्टि गुम्यो। उनले १० वर्षको उमेरमा आफ्नो बुबासँगै आफ्नो पहिलो युद्ध लडेका थिए। उनका बुबाको मृत्यु पछि, उनले किशोरावस्थामा अफगानहरूलाई निष्कासन गर्न धेरै युद्ध लडे र २१ वर्षको उमेरमा उनलाई "पन्जाबका महाराज" भनेर घोषणा गरिएको थियो।[१]
रणजित सिंह | |
---|---|
पन्जाबका महाराजा लाहोरका महाराजा शेर-ए-पन्जाब | |
सिख साम्राज्यको महाराजा | |
शासनकाल | १२ अप्रिल १८०१ – २७ जुन १८३९ |
राज्याभिषेक | १२ अप्रिल १८०१ |
उत्तराधिकारी | खर्क सिंह |
पूर्वाधिकारी | महा सिंह |
जन्म | बुद्ध सिंह १३ नोभेम्बर १७८० गुजरानवाला |
मृत्यु | २७ जुन १८३९ लाहोर | (उमेर ५८)
धर्म | सिख धर्म |
उनको उदय हुनु अघि, पन्जाब क्षेत्रमा धेरै लडाकु सङ्घहरू थिए, जसमध्ये बाह्र सिख शासकहरू र एक मुस्लिमको अधीनमा थिए। रणजित सिंहले सफलतापूर्वक सिख मिसलहरूलाई अवशोषित र एकताबद्ध गरे र सिख साम्राज्य सिर्जना गर्न अन्य स्थानीय राज्यहरू कब्जा गरेका थिए। उनले बारम्बार बाहिरी सेनाहरू, विशेष गरी अफगानिस्तानबाट आएका आक्रमणहरूलाई परास्त गरे र ब्रिटिसहरूसँग मित्रवत सम्बन्ध स्थापना गरेका थिए।[२]