साइबेरिया

रूसको भौगोलिक क्षेत्र

साइबेरिया (रुसी: Сибирь) (उच्चारण:सिबिर), युरोप-एसिया र उत्तरी एसियामा अवस्थित एक फराकिलो भौगोलिक क्षेत्र हो। साइबेरिया १६औँ शताब्दीको उत्तरार्धदेखि नै आधुनिक रूसको अंश हो।[१]

साइबेरिया
Сибирь (सिबिर)
भौगोलिक क्षेत्र
       साइबेरियाली सङ्घीय जिल्ला        भौगोलिक रूसी साइबेरिया        उत्तर एसिया, साइबेरियाको सिमाना

       साइबेरियाली सङ्घीय जिल्ला
       भौगोलिक रूसी साइबेरिया
       उत्तर एसिया, साइबेरियाको सिमाना

निर्देशाङ्क: ६०°०′उ॰ १०५°०′पू॰ / ६०.०००°N १०५.०००°E / 60.000; 105.000 १०५°०′पू॰ / ६०.०००°N १०५.०००°E / 60.000; 105.000
देशरूस
क्षेत्रउत्तर एसिया
अंशपश्चिम साइबेरियाली समथर भूमि
मध्य साइबेरियाली उच्चसमस्थली
अन्य...
क्षेत्रफल
 • जम्मा१३,१००,००० किमी (५१००००० वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०१७)
 • जम्मा३३,७६५,००५
 • घनत्व२.६/किमी (६.७/वर्ग माइल)
साइबेरियाको निशान छाप

साइबेरियाको क्षेत्र पूर्वीदेखि उराल पर्वतबाट प्रशान्त र उत्तरघ्रुवीय जल निकासी नदीको बीचमा पानीको क्षेत्रसम्म फैलिएको छ। येनीसे नदीले साइबेरियालाई पश्चिम र पूर्व गरि दुई भागमा विभाजन गर्दछ। साइबेरिया उत्तरध्रुवीय महासागरदेखि दक्षिण-मध्य कजाख्स्तानको पहाड र मङ्गोलिया र चीनको राष्ट्रिय सीमानासम्म दक्षिणतर्फ फैलिएको छ। रूसमा देशको पूर्वी भागलाई साइबेरियाको रूपमा लिइदैँन। साइबेरिया पछिको रूसको पूर्वी क्षेत्रलाई ऐतिहासिक रूपमा युरोप र रूसमा सुदूर पूर्वको रूपमा परिचित थियो भने सुदूर पूर्वको स्थानीय जनसङ्ख्याले आफूलाई साइबेरियाली मान्दैनन्।[२]

१.३१ करोड वर्ग किलोमिटर (५१,००,००० वर्ग माइल) क्षेत्रफलमा फैलिएको साइबेरियाले रूसको भूमि क्षेत्रको ७७% ओगटेको छ भने करिव ३.३ करोड जनसङ्ख्या भएको यस क्षेत्रमा देशको कुल जनसङ्ख्याको २३% हुन आउँदछ। यो प्रति वर्ग किलोमिटर (७.८ / वर्ग माइल) (लगभग अस्ट्रेलियाको बराबर) को ३ औसत जनसङ्ख्या घनत्वको बराबर हो। साइबेरियालाई पृथ्वीको सबैभन्दा विरलै जनसङ्ख्या भएको क्षेत्र मानिन्छ। यदि यो आफै एक देश भएको भए, यो अझै पनि क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो देश हुने थियो भने जनसङ्ख्याको आधारमा यो विश्वको ३५औँ ठूलो र एसियाको १४औँ ठूलो हुनेछ।

विश्वव्यापी, साइबेरिया मुख्यतया यसको लामो र अत्याधिक जाडोका लागि प्रख्यात छ। जनवरीमा यहाँको औसत तापक्रम −२५ डिग्री सेल्सियस (−३१° फ) हुने गर्दछ। हालसालैका वर्षहरूमा क्षेत्रमा तापक्रम बढेको उल्लेख गरिएको छ।[३][४] यसका साथै रूसी र सोभियत सरकारले यस क्षेत्रलाई कारागार, श्रम शिविर, र आन्तरिक निर्वासनको रूपमा व्यापक प्रयोग गरेको थियो।

साइबेरिया भौगोलिक रूपमा सम्पूर्ण एसियामा अवस्थित छ, यद्यपि यो रूसको अंश हो त्यसकार् यसलाई सांस्कृतिक र राजनीतिक हिसाबले युरोपको एक अंश मानिन्छ। १८औँ शताब्दीमा क्षेत्रमा बसोबास गर्न थालेका अधिक रूसी जनसङ्ख्याको कारण यस क्षेत्रको दक्षिण र मध्य भागको धेरै भागहरूमा रूसीहरूको बाहुल्यता रहेको छ।[५]

शब्दको उत्पत्ति

यस नामको वास्तविक उत्पत्ति अज्ञात छ। केही स्रोतहरूले यसको रूसी नाम साइबेरियाली तातार भाषाको "निदाइरहेको भूमि (सिब इर)बाट आएको मान्दछन्। रूसी साम्राज्यले साइबेरियाली खानात माथि विजय हासिल गरे पश्चात् यस नामको आधुनिक प्रयोग रूसी भाषामा गरिएको थियो। अर्को प्रकारको दावी अनुसार यो क्षेत्र सिबे व्यक्तिहरूको नामबाट गरिएको थियो। पोल्यान्डेली इतिहासकार चिलिक्स्कोभ्स्कीले यस नाम "उत्तर" (север, सेभर), सेभेरिया जस्तै प्राचिन-स्लाभी शब्दबाट आएको हो भनेर प्रस्ताव गरेका थिए।

आनातोले बैकालअफफे यस विवरणलाई खारेज गरेका थिए। उनको अनुसार छिमेकी चिनियाँ, तुर्क र मङ्गोलियालीहरूले यस क्षेत्रका लागि समान नामबाट चिन्दछन्। उनले यस नाम तुर्केली मूल, "सु" (पानी) र "बिर" (जङ्गली भूमि) जस्ता दुई शब्दहरूको संयोजनबाट आएको हुन सक्ने सुझाव पेश गरेका थिए।

भूगोल

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड