२०२१ युरोपेली बाढी

२०२१ युरोपेली बाढी अहिले गम्भीर रुपमा चलिरहेको बाढीको श्रृंखला हो जुन १४ जुलाई २०२१ बाट शुरू भएको थियो। युरोपको यो बाढीले मुख्यतया जर्मनी, लक्जमबर्ग, नेदरल्याण्ड्स र बेल्जियमका कयौ जलाधार क्षेत्रलाई असर गरेका छन्, ।

2021 European floods
को भाग
Countries affected by the floods
मिति२०२१ जुलाइ १२- अझै जारी
स्थानअस्ट्रिया
बेल्जियम
फ्रान्स
जर्मनी
इटाली
Luxembourg
Netherlands
Switzerland
संयुक्त अधिराज्य
कारणजलवायु परिवर्तन[१][२][३][४][५][६][७] सरकारको असफलता[८]
मृत्युकुल २०४
क्षति200,000 properties left without power[१४]

वर्षा

पश्चिमी यूरोपमा उच्च वर्षा भएपछि १४ जुलाई २०२१ मा बेल्जियम, जर्मनी, नेदरल्याण्ड्सस्विजरल्याण्डमा बाढी सुरु भयो, जसले गर्दा थुप्रै नदीहरू किनार पानीको बहाव बढन थाल्यो। [१५]

क्षति र मृत्यु

सबैभन्दा बढी क्षति अह्रेलर, राइनल्याण्ड- प्यालाटिनेट जिल्लामा भएको छ, जहाँ अह्र नदीमा पानीको स्तर बढेर थुप्रै भवनहरू भत्काएको छ र कम्तिमा १८ जना व्यक्तिको मृत्यु भएको छ। [१]

बाढीमा परी जर्मनीमा ५८ , बेल्जियममा ११ र इटालीमा एक गरी ७० जनाको मृत्यु भएको छ। [१५] [१६] [१७] अभिलेख राख्न सुरु गरिए यता, यो सङ्ख्या जर्मनीमा सबैभन्दा घातक हो। [१८]

प्रतिक्रिया

जर्मन चान्सलर एन्जेला मर्केलले भनिन कि बाढीक्षेत्रका मानिसहरूको पिडामा उनी दुखी भएको कुरा बताइन् र उनी "मृतक र बेपत्ताको परिवारप्रति सहानुभूति" प्रकट गरिन् । [१]

राइनल्याण्ड-प्यालेटिनेट राज्यका गभर्नर मालू ड्रेयरले क्षेत्रीय संसदलाई भने कि "त्यहाँ मानिसहरु मरेका छन्, मानिसहरु हराइरहेका छन्, अझै धेरै मानिसहरू जोखिममा छन्। हामीले यस्तो विपत्ति कहिल्यै देखेका छैनौं। यो वास्तवमै विनाशकारी हो। " [१९] [२०]

युरोपेली आयोगका अध्यक्ष, [२१] युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिसेल, [२२] ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन [२३] ले उनीहरूको प्रतिक्रिया दिए भने इटालीअस्ट्रियाले बेल्जियमका प्रभावित क्षेत्रहरूमा बाढी उद्धार टोली पठाउन प्रस्ताव गरे। [१९]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड