गाम्बिया
गाम्बिया (आधिकारिक रूपमा गणराज्य गाम्बिया), पश्चिमी अफ्रिकामा अवस्थित एक देश हो। गाम्बिया अफ्रिकी मुख्यभूमिमा अवस्थित सबैभन्दा सानो देश हो। यसको उत्तरी, पूर्वी तथा दक्षिणी तर्फको सीमालाई सेनेगलले घेरेको छ[६] भने यसको पश्चिममा आन्ध्र महासागरसँग जोडिएको एक सानो तटीय क्षेत्र रहेको छ। यस देशको नाम गाम्बिया नदीबाट आएको हो जसको प्रवाहका यसको सीमासँग जोडिएको छ। गाम्बिया नदी देशको मध्य भागबाट बग्दै आन्ध्र महासागरमा गएर मिसिन्छ।[७] यस देशको कुल क्षेत्रफल लगभग १०,५०० वर्ग किलोमिटर रहेको छ भने यहाँको जनसङ्ख्या १७ लाख रहेको छ। सन् १९६५ फेब्रुअरी १८ का दिन बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको गाम्बिया राष्ट्रमण्डलको एक सदस्य राष्ट्र हो। यस देशको राजधानी बान्जुल हो भने यसको सबैभन्दा ठूलो महानगर सेरिकुन्दा हो।[८]
गणतन्त्र गाम्बिया | |||||||
---|---|---|---|---|---|---|---|
आदर्श वाक्य: "उन्नति, शान्ति, र समृद्धि" | |||||||
राष्ट्रिय गान: "हाम्रो मातृभूमि गाम्बियाका लागि" | |||||||
पश्चिमी अफ्रिकामा गाम्बियाको अवस्थिति | |||||||
राजधानी र महानगरीय क्षेत्र | बन्जुल १३°२८′उ॰ १६°३६′प॰ / १३.४६७°N १६.६००°W १६°३६′प॰ / १३.४६७°N १६.६००°W | ||||||
आधिकारिक भाषाहरू | अङ्ग्रेजी | ||||||
राष्ट्रिय भाषाहरू | सूची:
| ||||||
जातिगत समूहहरू (सन् २०१३ को जनगणना अनुसार) |
| ||||||
रैथाने(हरू) | गाम्बियाली | ||||||
सरकार | एकात्मक राष्ट्रपतीय, गणतन्त्र | ||||||
• राष्ट्रपति | अदामा बर्रो | ||||||
• उपप्रधानमन्त्री | इसातु तुरे | ||||||
व्यवस्थापिका | राष्ट्रिय सभा | ||||||
स्वतन्त्रता | |||||||
• बेलायतबाट | सन् १९६५ फेब्रुअरी १८ | ||||||
• सेनेगाम्बिया महासङ्घको विघटन | सन् १९८९ सेप्टेम्बर ३० | ||||||
क्षेत्रफल | |||||||
• जम्मा | १०,६८९ किमी२ (४,१२७ वर्ग माइल) (१५९औँ) | ||||||
• पानी (%) | ११.५ | ||||||
जनसङ्ख्या | |||||||
• सन् २०२० अनुमानित | २,१७३,९९९[२] (१४४औँ) | ||||||
• सन् २०१३ जनगणना | १,८५७,१८१[१] | ||||||
• घनत्व | १७६.१ /किमी2 (४५६.१ /वर्ग माइल) (७४औँ) | ||||||
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२० लगत | ||||||
• जम्मा | $५.४२० अरब[३] | ||||||
• प्रति व्यक्ति | $२,२४०[३] | ||||||
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२० लगत | ||||||
• जम्मा | $१.८१० अरब[३] | ||||||
• प्रति व्यक्ति | $७४६[३] | ||||||
गिनी (सन् २०१५) | ३५.९[४] मध्यम | ||||||
मानव विकास सूचकाङ्क (सन् २०१९) | ०.४९६[५] न्यून · १७२औँ | ||||||
मुद्रा | डालसी (जिएमडी) | ||||||
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय (ग्रिनविच प्रमाणिक समय) | ||||||
सडक प्रयोग | दायाँ | ||||||
टेलिफोन कोड | +२२० | ||||||
आइएसओ ३१६६ सङ्केत | जिएम | ||||||
इन्टरनेट डोमेन | डटजिएम | ||||||
|
गाम्बिया अन्य पश्चिम अफ्रिकी देशहरूको साथ एतिहासिक दास व्यापारको एक भाग थियो जुन गाम्बिया नदीमा उपनिवेश स्थापित गरेपछि सुरु भएको थियो। यस क्षेत्रमा सुरुमा पोर्तुगालीहरूद्वारा उपनिवेश बनाइएको थियो भने त्यसपछि यहाँ अङ्ग्रेजहरू उपनिवेश रहेको थियो।[९]गाम्बिया १९औँ शताब्दीमा बेलायती उपनिवेश बनेको थियो। सन् १९६५ मा यस देशले स्वतन्त्रता प्राप्त गरेको थियो। स्वतन्त्र भएपछि मुलुकलाई स्थिर प्रजातन्त्र मानिन्छ। सन् १९९४ मा रक्तपात सैन्य विद्रोहद्वारा राष्ट्रपतिलाई हटाइएपछि त्यस स्थानमा सैनिक नेता याह्या जम्मेहले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। जम्मेहले पछि गाम्बियामा आयोजित राष्ट्रपतीय निर्वाचनमा पनि जित हासिल गरेका थिए।[१०] डिसेम्बर सन् २०१६ को डिसेम्बरमा सम्पन्न निर्वाचनमा जम्मेहलाई हराएपछि सन् २०१७ को जनवरीमा अदामा बर्रो गाम्बियाको तेस्रो राष्ट्रपति बनेका थिए।[११][१२][१३]
गाम्बिया एक कृषिप्रधान देश हो भने देशको अर्थव्यस्थामा खेतीपाती, मत्स्यपालन तथा पर्यटन उद्योगको प्रमुख भूमिका रहेको छ। पर्यटकहरू आन्द्र महासागरको तटवर्ती समुद्री किनारमा घुम्न र गम्बिया नदीका विविध पाण्डुलिपिहरू हेर्न आउने गर्दछन्।[१४] यस देशको लगभग एक तिहाई जनसङ्ख्या अन्तर्राष्ट्रिय गरीबी रेखाको सीमा १.२५ डलर प्रतिदिन भन्दा तल रहेका छन्।[१४]
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
सरकार
- राष्ट्रपति कार्यालयको वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-२७ मिति
साधारण जानकारी
- गाम्बिया – विविध विषय
- गाम्बिया दैनिक – राष्ट्रिय समाचारपत्र
- गाम्बिया – गाम्बियाको जानकारी समावेश पृष्ठ
- गाम्बिया। द वर्ल्ड फ्याक्टबुक। केन्द्रीय गुप्तचर संस्था।
- गाम्बिया कर्लीमा
- गाम्बिया बीबीसी समाचार
- विकिमिडिया मानचित्रावलीमा गाम्बिया
- यस पृष्ठ सम्बन्धित भौगोलिक तथ्याङ्क गाम्बिया ओपन स्ट्रिट नक्सामा रहेको छ।
- गाम्बियाको लागि विकास पूर्वानुमान इन्टरनेसनल फ्युचर्सबाट
पर्यटन
- गाम्बिया – आधिकारिक सरकारी पर्यटन वेबसाइट
- गाम्बियाका चराहरू