चाप

चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ । यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो । यदि १ वर्गमीटर क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ । कुनैपनि बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।

चाप
साधारण प्रतीकp, P
एसआइ एकाइपास्कल (Pa)
एसआइ आधार एकाइहरूमा१ N/m2 or १ kg/(m·s2)
अन्य मात्रा देखि
व्युत्पत्ति
p = F / A
A figure showing pressure exerted by particle collisions inside a closed container. The collisions that exert the pressure are highlighted in red.
एउटा बन्द कन्टेनर भित्र चाप द्वारा दिइएको टक्करलाई दर्साउछ

सूत्र

गणितको दॄष्टिमा:

जहाँ:

चाप हो,
लागेको बल हो,
बल लागेको क्षेत्रफल हो।

चाप को एसआइ इकाई पास्कल हो; १ Pa = १ N/m

वायुमण्डलिय चाप

पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई वायुमण्डल भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।

जलिय चाप

पानीको गहिराइले गर्दा तलको सतहमा देखिने चापलाई जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ। जलिय चापको अवधारणा सर्वप्रथम फ्रान्सेली प्रसिद्ध गणितिग्य, भौतिकशास्त्री तथा दार्शनिक ब्लेज पास्कल ले प्रतिपादन गरेका थिए जुन पास्कलको नियम ले संसारभर प्रसिद्ध छ ।


P=चाप
ρ=पानीको घनत्व
g=गुरूत्व प्रवेग
h=पानीको गहिराइ/उचाई

वाष्पिय चाप

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड